समाचार
हाम्रो नियति सधैँ पुँजीवादीहरुकै चक्रमा घुम्नुपर्ने हो ?
हामी कम्युनिस्ट जतिबेला अन्याय हुन्छ, जतिबेला आफ्ना मान्यताहरु माथि हमला भएको महसुस हुन्छ । आफ्नो देशमाथि अतिक्रमण भएको वा कसैले हस्तक्षेप गरेको अनुभुति हुन्छ । उनीहरु विद्रोह गर्छन् । हामी कम्युनिस्टहरु हाम्रा मान्यतामाथि हमला हुँदा, हाम्रा आकांक्षा माथि हमला हुदाँ, हाम्रो देशमाथि धावा हुँदा, हाम्रो देशमाथि कसैले अलिकति गिद्दे...
नेकपा विवाद टुंगो लगाउने प्रक्रिया सुरु हुँदै, माधव-प्रचण्ड समुहलाई सुर्य चिन्हसहित आधिकारीकता
काठमाडौं । निर्वाचन आयोगले नेकपा आधिकारीकताको टुंगो लगाउन आइतबारदेखि प्रक्रिया थाल्ने भएको छ । अध्यक्षद्धय माधव नेपाल र प्रचण्डले पठाएको पत्र बुझ्दै आयोग प्रमुख दिनेश थपलियाले आइतबारबाट नेकपा विवाद निरुपणको प्रक्रिया आरम्भ हुने बताएका हुन् । नेकपा अध्यक्षद्धयले आयोगलाई पत्र लेखेर आधिकारीकता विवाद तत्काल टुंगो लगाउन अनुरोध गरेका थिए...
कालिका लघुवित्तका लगानीकर्तालाई १० प्रतिशत लाभांश
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको फागुन २० गते सम्पन्न बैठकले आफ्ना लगानीकर्तालाई गत आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।गत वर्ष जनसेवी...
लोमान्थाङमा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन थालियो
मुस्ताङ । चीनको स्वसासित क्षेत्र तिब्बतको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिकामा सुक्खा बन्दरगाहा निर्माणको सम्भाव्यता अध्ययन सुरु भएको छ । नेपाल–चीनबीचको २४ नम्बर सीमास्तम्भ रहेको कोरोला नाकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टर मोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डले बन्दरगाह बनाउन भौगोलिक अवस्था पहिचान, बन्दरगाह निर्माणको विस्तृत खाका र लागत...
सेती जलाशययुक्त आयोजनाले नौ सय घरधुरी जनतालाई सार्नुपर्ने, ९१ अर्ब लगानी
डोटी । बोगटान फुड्सिल गाउँपालिकामा निर्माण गरिन लागेको जलाशययुक्त सेती आयोजनाले डोटी र अछामका गरी कम्तीमा पनि ८८४ घरधुरीमा असर पर्ने भएको छ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग सानोगौचरण काठमाडौँले जिल्लाको बोगटान फुड्सिलमा गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सो जानकारी दिइएको हो । कूल...
लोबुचे र मनास्लु हिमाल चढेको बहराइन राजपरिवार टोलीले सगरमाथा आरोहण गर्ने
काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ । बहराइनका लागि...
सुनको भाउ निरन्तर ओरालो, शुक्रबार पनि ९ सयले घट्यो
काठमाडौं । यो साता सुनको भाउ निरन्तर घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारेदेखि शुक्रबारको अवधीमा सुनको मूल्य २७ सय रुपैयाँले घटेको छ । आइतबार ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ शुक्रबार ८५ हजार ६ सय रुपैयाँमा आईपुगेको छ । यस्तै चाँदीको भाउ...
डिप्रोक्स लघुवित्तको २० प्रतिशत लाभांशलाई राष्ट्र बैंकको स्वीकृति
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तिय संस्थाको २० प्रतिशत लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । डिप्रोक्सको माघ २८ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) दिने निर्णय गरेको थियो । सञ्चालक समितिको सो निर्णयलाई राष्ट्र बैंकले फागुन २०...
४० प्रतिशत नगद लाभांश पास गर्न टेकिमले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । नेपाल दुर सञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले ४० प्रतिशत नगद लाभांश पास गर्न साधारण सभा बोलाएको छ । फागुन १९ गतेको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीले चैत १३ गते ११ बजेका लागि साधारण सभाको मिति तोकेको हो । सोही साधारण सभाबाट पास भएपछि कम्पनीका लगानीकर्ताले ४० प्रतिशत नगद...
रिलायन्स फाइनान्सका लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश
काठमाडौं । रिलायन्स फाइनान्सका लगानीकर्ताले १०.५३ प्रतिशत लाभांश पाउने भएका छन् । फागुन २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी...










