समाचार

नयाँ सरकारको विषयमा कांग्रेसको मत बाझियो, नेतैपिच्छे अलग-अलग धारणा

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) माधव-प्रचण्ड समूहलार्ई सहयोग गर्न सकिने बताएका छन् । प्रतिनिधि सभा पुनर्स्थापनापछि नयाँ राजनीतिक परिस्थितिकाे बारेमा प्रमुख प्रतिपक्षी दलको स्पष्ट धारणा नआइरहेकाे बेला पौडेलले  माधव-प्रचण्ड समूहलार्ई सहयोग गर्ने संकेत दिएका हुन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको...

गुरुकुलका विद्यार्थीलाई सांस्कृतिस्थलमा भ्रमण गराइँदै

कास्की । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र पुतलीबजार नगरपालिकाको सहकार्यमा गुरुकुलका विद्यार्थीलाई अवलोकन भ्रमण गराइने भएको छ । धार्मिक एवं सांस्कृतिक महत्वकास्थललाई पर्यटनसँग जोड्ने ध्येयले पुतलीबजार नगरपालिकास्थित पाणिनी गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारीसम्मको अवलोकन भ्रमण गराउँन लागिएको हो । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख...

जापान पुग्यो जुम्ली मार्सी, क्यानाडा निर्यातको तयारी

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक छ लाखभन्दा बढीका ती सामग्री जापान निर्यात भएको छ । अग्र्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी निर्यात गर्नुभएको हो । व्यावसायिकरूपमा कर्णालीका खाद्य पदार्थ अन्तररष्ट्रिय बजारमा...

काँग्रेसले सरकारको नेतृत्व गर्दैन, मलाई राष्ट्रपति पनि चाहिँदैनः पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहलाई सहयोग गर्न सकिने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई सङ्कटबाट पार लगाउन सक्ने बताए । वरिष्ठ नेता पौडेलले भने, “कांग्रेसले आफ्नो हैसियतमा रहेर...

एक हजारले घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा बिहिबार सुनको मूल्य तोलामा नै एक हजारले ओरालो लागेको छ । तोलामा ८७ हजार ५०० मा बुधबार कारोवार भएको छापावाला सुन बिहिबारका लागि भने ८६ हजार ५०० मूल्य निर्धारण भएको छ । त्यसैगरी बुधबार ८७ हजार ५० मा कारोवार भएको तेजाबी सुन बिहिबार। लागि भने...

अरुण तेस्रो हेर्न पाँच सचिव पुगे फिल्डमै, कहिले बन्छ ९०० मेगावाटको आयोजना

सङखुवासभा । नेपाल सरकारका विभिन्न मन्त्रालयका पाँच सचिवले सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अवलोकन गरेका छन् । सेनाको हेलिकप्टरबाट बुधबार बाँध निर्माणस्थल फ्क्सिन्दा र पावर हाउस निर्माणस्थल दिदिङको पुखुवा पुगेर उहाँहरुले अरुण तेस्रोको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका हुन् । गृहसचिव महेश्वर न्यौपाने, ऊर्जा...

नेकपा विवाद छिटो टुङग्याउन निर्वाचन आयोगका पूर्वप्रमुखहरुको अपिल

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानून र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले संयुक्त विज्ञप्ति प्रकाशन गरी उक्त सुझाव दिएका हुन् ।...

रक्सी पिउनुहुन्छ ? याद गर्नुस्ः सस्तो मदिरा बेस्वादको हुन्छ, लत पनि सस्तैले बसाउँछ (कारणसहित)

काठमाडौं । हरेक वर्ष नेपालमा मदिराको उपभोग दर वृद्धि हुँदै गइरहेको तथ्याँकले देखाउँछ । यसको पुष्टि अन्तर्राष्ट्रिय ब्राण्डहरुले विभिन्न स्वादका मदिराहरु प्रस्तुत गरेर नेपालका बारहरुको शोकेसमा सजाउन गरेको तानातानले पनि गरेको छ । यी आयातित अन्तर्राष्ट्रिय ब्राण्डका मदिराहरुसँग प्रतिस्पर्धा गर्न हाम्रै अन्य मदिरा कम्पनीहरुले पनि आफ्नो उत्पादनहरुका लागि बृहत्...

एक अर्ब घुस अफर गर्नेको नाम सार्वजनिक गर्नुसः वन पैदावर व्यवसायी

काठमाडौं । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ (फेनफिट) ले एक अर्ब घुस अफर गर्ने व्यवसायीको नाम सार्वजनिक गर्न वनमन्त्री प्रेमबहादुर आलेलाई चुनौती दिएको छ । “वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न लेनदेनको कुरा भएको भए निजको नाम सार्वजनिक गर्न अनुरोध गर्दछौं, त्यस्तो गर्नेलाई नियमअनुसार कडा कारबाही गर्न पनि...

भट्टामा जिउँदै मानिस जलाएको अभियोग झुटो हो, आलमलाई छुटाउने प्रयास हुँदैछ: सभापति देउवा

रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै आलमलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् । गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्न आज यहाँ आएका पूर्वप्रधानमन्त्री देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका...