समाचार
बजारलाई सुन पुगेन, आयात बढाउनुपर्योः महासंघ
बकाठमाडौं । पछिल्ला दिनमा स्थानीय बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति बढाउन सुनचाँदी व्यवसायीले सरकारसँग माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको प्रतिनिधिमण्डलले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका दिनेश भट्टराईसँग भेट गरी कच्चा पदार्थको अभावका कारण बजारमा विकराल समस्या सिर्जना भएकाले तत्काल...
तेल चोर्ने हजार ट्यांकरमाथि कारवाही, पाँचले जीवनभर निगम प्रवेश गर्न नपाउने
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजार बढी ढुवानीकर्तालाई कारवाही गरेको छ । निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्यांकरले लकिङ तथा फिटिङमा कैफियत गरेको पाइएपछि पछिल्लो तीन महिनामा उनीहरूलाई कारवाही गरिएको हो । निगमको १ नं. प्रादेशिक कार्यालय विराटनगरले तोकिएको मापदण्डभन्दा...
पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध विद्यार्थीको मसाल जुलुस
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बिरोधमा विद्यार्थीहरुले राजधानीमा मसाल जुलुस निकालेका छन् । नेकपा माधव प्रचण्ड समुहका विद्यार्थीहरुले भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाट मसाल जुलुस निकालेका हुन् । उनीहरुले इन्धनको मूल्य पटक पटक वृद्धि गरेर सरकारले सांसद खरिद बिक्रिका लागि श्रोतको जोहो गरेको आरोप लगाएका थिए ।...
नेप्सेमा सूचिकृत भयो ७२ लाख ६१ हजार कित्ता बोनस शेयर, कसको कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा मंगलबार एकै दिन ७२ लाख ६१ हजार ५ सय ९९।६५ कित्ता बोनस शेयर सूचिकृत भएको छ । नेप्सेमा मंगलबार नेपाल एसबीआई बैंकको ६ प्रतिशत बोनस बापतको ५३ लाख ७३ हजार ७ सय २३.३३ कित्ता शेयर सूचीकृत भएको हो । त्यस्तै, मंगलबार नै तिनाउ...
मार्सी खुवाउने दुर्गा प्रसाईको मेडिकल कलेजलाई सम्बन्धन दिने प्रधानमन्त्री ओलीको घोषणा
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्धन दिने तयारी रहेको बताएका छन् । उनले बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन गर्दै केही समयभित्रमै अस्पताललाई शिक्षण अस्पताल बनाइने र सम्बन्धनको कार्य पनि अघि बढेको बताए । उनले यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिने जानकारी दिए । प्रधानमन्त्री ओलीले दुर्गा...
५९.७० अंकले घट्यो नेप्से, लगानीकर्ताले गुमाए २ खर्ब ५० अर्ब भन्दा बढी
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार ओरालो लाग्दा बजार पूँजीकरणसमेत उल्लेख्यरुपमा घटेको छ । पछिल्ला केही दिनमा मात्रै लगानीकर्ताले झण्डै २ खर्ब ५० अर्ब बढी गुमाएका छन् । नेप्सेमा आज पनि ठूलो अङ्कको गिरावट देखिएको छ । गिरावटपछि बजार पूँजीकरणसमेत खुम्चिएको छ । नेपाल स्टक...
पार्टी आधिकारिकताका सबै प्रमाण हामीसँगै छः नेपाल
मोरङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) माधव-प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने जिकिर गरेका छन् । बहुमत सदस्य आफूहरुका पक्षमा रहेको पनि जिकिर गर्दै पार्टीका अधिकारिकता विषयमा समस्या नहुने नेपालको धारणा रहेको छ । नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने भन्दै...
सरकारले गठन गर्यो वार्ता टोली, विप्लव समूह पनि टोली गठनको तयारीमा
काठमाडौं । नेपाल सरकारले प्रतिबन्धित ने.क.पा नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि टोली गठन गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित दुई सदस्यीय टोलीवार्ता टोली गठन गरेको हो । तेस्तै सरकारले...
३५ वर्षपछि लामोसाँघु–जिरी सडक कालोपत्रे हुँदै
दोलखा । लामोसाँघु–जिरी सडक अन्तर्गत चरीकोट जिरी सडक खण्डको निर्माण समयमानै सम्पन्न गर्न धमाधम कालोपत्र भइरहेको छ । कोरोनाले लामो समयसम्म प्रभावित सडक खण्ड विस्तार तथा निर्माणको काम तोकिएकै समयावधिमा सक्न छिटो काम भइरहेको छ । लामोसाँघु जिरी सडक अन्तर्गत दोलखाको चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक खण्डको विस्तार...
बढी मूल्यमा सामान बिक्री गर्ने फर्मलाई ३० लाख जरिवाना
पर्सा । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगरेको भन्दै १०५ वटा व्यापारीक फर्मलाई कार्वाही गरी रु ३० लाख २३ हजार जरिवाना...










