समाचार

आईओसीले पठायो नयाँ मूल्यसूची, निगमलाई १५ दिनमै डेढ अर्ब नोक्सान

काठमाडौं । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीचको सहमति अनुसार आईओसीले आजदेखि सोमबार (मार्च १) गतेदेखि लागु हुनेगरी मूल्य बढाएर पठाएको हो । आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ४.२० रुपैयाँ, डिजेलमा ४.०७ रुपैयाँ, मट्टितेलमा ४.६५...

मेक इन नेपाल अभियानः सरकारी सहयोग खोज्दै परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले मेक इन नेपाल–स्वदेशी अभियान कार्यान्वयनका लागि सरकारसँग हात फैलाएको छ । परिसंघका अध्यक्ष सतिश मोरसहितको टोलीले अर्थमन्त्री बिष्णु पौडेल र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलार्य भेटेर सहकार्यका लागि हात फैलाएको हो । भेटमा अर्थमन्त्री र उद्योग मन्त्री दुबैले मेक इन नेपाल– स्वदेशी...

दुर्गा प्रसाईको क्यान्सर अस्पताल ओलीले उद्घाटन गर्ने, ६ अर्ब लागत

झापा । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो । यसका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा जनशक्ति अस्पतालमा...

कर्जा लगानीमा आक्रामक बन्दै बाणिज्य बैंकहरु, १० अर्ब निक्षेप उठाएर २७ अर्ब ऋण

काठमाडौं । कोरोना कहर कम हुँदै गएपछि बाणिज्य बैंकहरुले आक्रामक ढंगले कर्जा लगानी विस्तार गर्न थालेका छन् । एक हप्ताकै अवधीमा बाणिज्य बैंकहरुले २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जबकी सो अवधीमा निक्षेप भने जम्मा १० अर्ब रुपैयाँ मात्रै बढेको देखिन्छ । २७ वटा बाणिज्य बैंकहरुको फागुन...

४० अंकले बढ्यो सेयर बजार, साढे पाँच अर्बको कारोबार

काठमाडौं । सोमबार सेयर बजार ४०.६४ अंकले बढेको छ । केहिदिन देखि लगातार भारी अंकले घटिरहेको बजार सोमबार भने ४० अंक भन्दा बढीले उकालो लागेको हो । सोमबार बजार २५१५.०३ अंकमा पुगेर रोकिएको छ । सोमबार २०९ कम्पनीको एक करोड १८ लाख ३८ हजार ४ सय ८८ कित्ता सेयर...

जलविद्युत् आयोजना पुनःनिर्माणपछि सञ्चालन

  रुकुम (पूर्व) । सिस्ने गाउँपालिका-८ धपेमा रहेको जामाखोला लघुजलविद्युत् आयोजना पुनःनिर्माण गरी सञ्चालन गरिएको छ । पहिरोले विद्युत् गृह बगाएर अवरुद्ध भएको दुई वर्षपछि विद्युत् पुनःनिर्माण गरी सञ्चालन गरिएको हो । शुरुमा २०७२ माघ २६ गते उद्घाटन गरी सञ्चालन भएको ९० किलावाटको विद्युत् आयोजना करीब चार वर्षसम्म चलेर...

निकुञ्जका गैँडा बासस्थान खोज्दै भारततर्फ

चितवन । चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशतभन्दा बढी गैँडा केन्द्रित भएका हुन् । पूर्वी क्षेत्रमा बासस्थानमा खलल आउन थालेपछि उचित घाँसे मैदान र पानीको स्रोतको खोजी गर्दै गैँडा पश्चिमी क्षेत्रमा केन्द्रित भएका हुन् । निकुञ्जका प्रमुख...

वि.सं. २०७८ मा तीन दशैँ, पञ्चाङ्ग निर्णायक समितिले गर्यो स्वीकृत

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो ९पञ्चाङ्ग० मा उल्लेख छ । यसैगरी विसं २०७८...

सिनो हाइड्रो र मजदूरबीच सहमतिपछि शुरुभयो काम

तनहुँ । ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको प्याकेज-२ अन्तर्गतको निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेशन र मजदुरबीच भएको विवाद समाधान भएको छ । सिनो हाइड्रो र नेपाली मजदुरबीच शुक्रबारदेखि विवाद हुँदा मजदुर आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि काम अवरुद्ध भएको थियो । शुक्रबार राति विद्युत्गृहमा चालक पुष्कर थापाले स्काभेटर...

बढ्यो सुनको मूल्य

  काठमाडाैं । स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा आज सामान्य सुधार भएको छ । अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो नै लागेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा रु ४०० ले उकालो लागेको छ । प्रतितोला रु ८८ हजार...