समाचार

४१ करोड बढी राजश्व छल्ने व्यवसायी विरुद्ध कर छली मुद्धा

काठमाडौं । ४१ भन्दा बढी राजश्व छल्ने व्यवसायीहरु विरुद्ध कर छलिको मुद्धा दायर भएको छ । राजश्व अनुसन्धान विभागले बीरगञ्ज उप(महानगरपालिका वडा नं १० स्थित रजनीश ट्रेडिङ कन्सर्न र डल्फीन ट्रेडर्स प्रालिका संचालक रजनीश कुमार गुप्ता विरुद्ध पच्चीस करोड असी लाख पैसठ्ठी हजार चार सय तेईस रुपैँया विगो दावीसहित...

सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्तालाई ५.२६३२ प्रतिशत लाभांश

काठमाडौं सांग्रीला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.२६३२ प्रतिशत लाभांश पाउने भएका छन् । बैंक सञ्चालक समितिको फागुन १६ गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पास भएपछि...

चितवनका ३७ हजार सुकुम्बासीलाई लालपुर्जा दिने प्रक्रिया सुरु

चितवन । जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । सैतीस हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी काम अघि बढाइएको हो । सातवटै पालिकाले आफ्नो निकायभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत सङ्कलन गर्ने काम शुरु गरेका छन् । वडा तहबाटै...

सरकारले सहयोग गरे निजी क्षेत्रले छोटो समयमै धेरै विकास गरिदिन सक्छः बरिष्ठ उपाध्यक्ष ढकाल

उदयपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरे निजी क्षेत्रमार्फत छोटो समयमा धेरै विकास गर्न सम्भव रहेको बताएका छन् । उदयपुर उद्योग वाणिज्य संघको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले तीनवटै तहका सरकार तथा अन्य सरोकारवाला निकायबाट मुलुकभित्र लगानी मैत्री वातावरण...

शिखरका लगानीकर्तालाई बम्परः २९.२३१ % लाभांश लाभांशपछि ३० % हकप्रद

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्ना लगानीकर्ताले २९.२३१ प्रतिशत लाभांशपछि ३० प्रतिशत हकप्रद सेयर पाउने भएका छन् । शिखरले चैत ९ गते १५ औं र १६ औं साधारण सभाबाट लगानीकर्तालाई २७.७६ प्रतिशत बोनस सेयर र १.४६२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिँदैछ । कम्पनीले सोही साधारण सभाबाट ३० प्रतिशत...

पाँच वर्षपछि नेपाल विकासशील राष्ट्रमा रुपान्तरण हुँदै, त्यतिञ्जेल अल्पविकसित नै

न्यूयोर्क । पचास वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपाल अबका पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति हुन सिफारिस गरेसँगै गरिब देशको समूहबाट स्तरोन्नति हुन लागेको हो । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका...

गरिबी निवारणमा चीनको नमूना रेकर्ड

बेइजिङ । गरिबी निवारणमा चिनियाँ नमूनाले विश्वको गरिबी निवारणका लागि उदाहरणीय योगदान पुर्याएकाे चीनले बताएको छ । चीनमा पूर्ण गरिबी उन्मूलन गरी पूर्वनिर्धारित समय भन्दा दश वर्षअगाडी नै ‘संयुक्त राष्ट्र संघको दिगो विकास सम्बन्धी कार्यसूचि’ मा तोकिएको गरिबी निवारणको लक्ष्य पूरा गरेको चिनियाँ अधिकारीले दावी गरेका छन् । चिनियाँ...

कोरोना पोजिटिभ रिपोर्ट बोकेर यात्रु दिल्ली पुगेपछि बायुसेवा निगमलाई आपत

काठमाडौं । नेपाल बायुसेवा निगमको जहाजबाट एक जना महिला कोरोना संक्रमित रिपोर्ट नै बोकेर दिल्ली पुगेकी छिन् । निगमको ए ३२० जहाजबाट शुक्रबार बिहान ११ः३० बजेको २०५१ नम्बर फ्लाइटबाट दिल्ली उडेको जहाजमा १४१ जना यात्रु थिए । सोही जहाजमा उडान भरेकी एक जना महिला यात्रु कोरोना संक्रमणको रिपोर्ट बोकेरै...

भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही हुन्छः प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियार दुरुपयोग गर्ने जो सुकैलाई पनि तथ्य र प्रमाणका आधारमा कारबाही गरिने बताएका छन् । उनले कुनै प्रतिशोध र पूर्वाग्रहका आधारमा निदोषर्लाई फसाउने गरी कुनै निर्णय नगरिने पनि स्पष्ट गरे । प्रमुख आयुक्तमा नियुक्त भएकामा आफूलाई बधाई दिन आयोग...

प्रधानमन्त्री एमसीसीका पक्षमा हुनुहुन्छ, अब संसदबाट पास हुन्छः भट्टराई

काठमाडौं । नेकपा ओली समुह संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी ओली एमसीसीकै पक्षमा रहेको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लबमा शनिबार आयोजीत कार्यक्रममा उनले प्रधानमन्त्री एमसीसीकै पक्षमा दृढ रहेको बताएका हुन् । ‘प्रधानमन्त्री एमसीसीकै पक्षमा हुनुहुन्छ, केहि नेताहरुले आफुलाई एमसीसी बिरोधी हौं भनेर जनमत भ्रमित पार्ने...