समाचार
प्रहरीको छापा बिरुद्ध ताम्राकार कम्प्लेक्सका मोबाइल व्यवसायीहरुको आपत्ति
काठमाडौं । केहिदिन देखी ताम्राकार कम्प्लेक्समा प्रहरीले गरिरहेको छापाको बिरुद्धमा मोबाइल व्यवसायीहरुले आपत्ति जनाएका छन् । प्रहरीले बिल बिजकबेगर चोरी पैठारी गरीएका, चोरीका लगायतका मोबाइल फोनको कारोवार हुनेगरेको सुराकिको आधारमा ताम्राकार कम्प्लेक्समा निगरानी बडाउने, छापामार्ने तथा बिलबिजक बेगरका मोबाइल भेटेमा मानिस तथा मोबाइल नियन्त्रणमा लिने गरेकाले व्यवसायीहरु आतंकित भएको...
सिन्धुपाल्चोकमा सुरुभयो लिफ्टबाट पानी वितरण
सिन्धुपाल्चोक । खानेपानीको चरम अभाव झेलिरहेका सिन्धुपाल्चोकवासीलाई लिफ्ट खानेपानी आयोजनाबाट पानी वितरण गरिने भएको छ । साँगाचोकमा सञ्चालित आयोजनाको पानी आगामी वैशाखदेखि उपभोक्तालाई उपलब्ध गराउने गरी काम भइरहेको जनाइएको छ । कूल रु १८ करोड लागतमा निर्माण भइरहेको आयोजनाबाट गत असारमा सम्पन्न गर्ने गरी दुई वर्षको अवधि तोकी ठेक्का...
सिन्धुली कमलामाई नगरका मेयर खत्रिले भक्ता जम्मा गरेर बनाए ट्रष्ट
सिन्धुली । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले आफ्नो जन्मदिनका अवसरमा ट्रष्ट स्थापना गरेका छन् । आफू प्रमुख पदमा निर्वाचित भएपछि प्राप्त भत्ता खुत्रुकेमा जम्मा गर्दै आएका उनले भत्ताको पैसाले ५५औँ जन्मदिनका अवसरमा ट्रष्ट स्थापना गरेका हुन् । उक्त खुत्रुकेमा आजसम्म चार लाख ५७ हजार ७२० जम्मा भएको प्रमुख खत्रीले...
काठमाडौंका मुख्य सडकमा ११ करोड खर्चेर १७५० सडक बत्ति जडान गरिँदै
काठमाडौं । काठमाडौँ महानगरपालिकाले दुई महिनाभित्र बढी प्रकाश दिनसक्ने बत्ती (हाइमास्ट लाइट) जडान कार्य शुरु हुने जनाएको छ । महानगरपालिकाले शहरका मुख्यमुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ती जडान गर्नका लागि अहिले बोलपत्र आह्वान गरिसकेको छ । आगामी दुई महिनाभित्र प्रक्रियागतरुपमा सबै कार्यसक्ने र बत्ती जडान शुरु...
ओलीले निर्वाचनका नाममा राज्यकोषको ८ करोड फचुल खर्च गराए
काठमाडौं । रोकिएको निर्वाचनका नाममाआठ करोडभन्दा बढी खर्च भएको छ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधी सभा विघटन गरि मध्यावधि निर्वाचन घोषण गरेका थिए । निर्वाचन घोषणा गरे लगत्तै निर्वाचन आयोगले तयारी थालेको थियो । आयोगले निर्वाचन प्रयोजनका लागि सरकारसँग सात अर्ब सात करोड ९० लाख ८० हजार...
नेकपा विवाद छिट्टै टुंगीन्छः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको छ । सर्वोच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयपछि समय चापका हिसाबले निर्णय दिन केही सहजता भए पनि प्राप्त जिम्मेवारीलाई आयोगले छिट्टै निकास दिन...
पेट्रोलियम पदार्थको आयातमा आयल निगमको विकल्पमा निजी क्षेत्र रोज्न सकिन्नः मन्त्री भट्ट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको आयातको जिम्मा निजी क्षेत्रलाई दिन नसकिने प्रस्ट पारेका छन् । ग्यास बिक्रेता महासङ्घ नेपालको सातौँ वार्षिक साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले पेट्रोलियम पदार्थ राष्ट्रिय सुरक्षासँग जोडिएकाले आयातको जिम्मेवारी निजी क्षेत्रलाई दिन नसकिने बताएका हुन् । पेट्रोलियम...
झापामा २० करोड लगानीको रबर उद्योग सञ्चालन हुँदै, गोरखकालीपछिको दोश्रो उद्योग सफल होला ?
झापा । नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि झापामा रबर उद्योग स्थापना भएको छ । कनकाई नगरपालिका–७ मा २० करोडको लगानीमा स्थापित कनकाई रबर इन्डस्ट्रिज सञ्चालनको अन्तिम तयारीमा छ । विसं २०४६ मा गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएसँगै झापाको शनिश्चरेमा पहिलोपल्ट परीक्षणको रुपमा रबरको बिरुवा रोपिएको थियो...
मैले एमसीसी पास हुन्छ भनेको छैन-झलनाथ खनाल
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा बरिष्ठ नेता झलनाथ खनालले आफुले संसद् पुनस्स्थापना भएपछि दिएको कुनैपनि अन्तर्वार्तामा एमसीसी सदनबाट पारित गरिन्छ भनेर नभनेको बताएका छन् । केही अनलाइन तथा छापाहरूमा संसदबाट मिलेनियम च्यालेन्ज कम्प्याम्ट अर्थात् एमसीसी पास हुन्छ स् झलनाथ खनाल भन्ने शीर्षक राखी समाचार समप्रेषण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको...
अब आईपीओको नतिजा हेर्न सिडिएससिको छुट्टै वेभ साइट
काठमाडौं । सार्वजनिक निष्कासन भएका धितोपत्र (आईपीओ)को नतिजा हेर्नका लागि सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि) ले आफ्नै छुट्टै वेभ साइट संचालनमा ल्याएको छ । पहिले पहिले केहि निजि वेभ साइड हरुलाइ समेत नतिजा प्रकासनको अनुमति दिइएकोमा लगानिकर्ताको बिवरण, गोपनियता तथा सुरुक्षामा समेत असर परेको गुनासो आएको थियो । त्यसैले...










