समाचार
मोतिपुरमा बन्ने अत्याधुनिक औद्योगिक क्षेत्र, १२ अर्ब लगानी, पाँच वर्षसम्म भाडा निःशुल्क
लुम्बिनी । रुपन्देहीको मोतिपुरमा अत्याधुनिक औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको घोषणाले अब पूर्णता पाउने भएको छ । नेपाल सरकारले २०७२ सालमा प्रत्येक प्रदेशमा कम्तीमा एक/एक हजार विगाहा क्षेत्रफलमा ठूला औद्योगिक क्षेत्र स्थापना गरेर ती औद्योगिक क्षेत्रबाट प्रत्यक्षरुपमा एक लाख र अप्रत्यक्ष पाँच लाख जनालाई रोजगारी दिने नीति बनाएको थियो...
‘नेपाल कम्युनिष्ट पार्टी’ कट्टेलका पक्षमा, ब्युतियो एमाले र माओवादी
काठमाडौं । सर्वोच्च अदालतले ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक राजनीतिक दल ऋषि कट्टेलले नेतृत्व गरेकै दलको भएको फैसला गरेको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आज उक्त दल कट्टेलकै भएको फैसला सुनाएको हो । रिट निवेदकको मागबमोजिम रिट जारी गर्ने अदालतको फैसला भए पनि फैसलाको पूर्ण पाठ...
अमलेखगञ्ज-लोथर पाइपलाइनको अध्ययन सकियो, १३ अर्ब लागत, डेढ अर्ब बचत
काठमाडौं । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पमाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न भएको छ । यसको प्राविधिक प्रतिवेदन समेत आपूर्ति मन्त्रालयमा बुझाइएको छ । दक्षिण एशियाको पहिलो क्रस बोर्डरको रुपमा रहेको मोतिहारी— अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको सफलतापछि सरकारले सो अध्ययन पुरा गरेको हो । अध्ययन टोलीका प्राविधिकले सो...
तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य, अब कति ?
काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आइतबार साताको पहिलो दिन नै तोलामा ५०० रुपैयाँले वृद्धि भएको हाृ । मूल्य उकालो लाग्ने क्रममा आइतबार छापावाला सुन तोलामा ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । छापावाला सुन...
चिलिमे विद्युत् केन्द्र पाँच दिन बन्द हुने, किन भयो यस्तो ?
रसुवा । चिलिमे विद्युत् केन्द्रमा उपकरण परिवर्तन गर्ने काम शुरू भएकाले उत्पादन बन्द भएको छ । २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन गर्न जडान भएका उपकरण पुरानो भएकाले नयाँ उपकरण परिवर्तन गर्नका लागि विद्युत् उत्पादन बन्द गरिएको हो । केन्द्रका प्रमुख मनिष विष्टका अनुसार प्रयोग भइराखेको उपकरण...
स्वार्थ बाझिने काम गर्दिनः अध्यक्ष पाण्डे
काठमाडौं । नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययनगर्न गठित समितिका सदस्य दिप प्रकाश पाण्डेले स्वार्थ बाझिने गरि काम नगर्ने बताएका छन् । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक समिति सदस्य रहेका पाण्डेलाई नयाँ पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने प्रयोजनका लागि गठित समितिमा सदस्य बनाईएको भन्दै आलोचना भएपछि उनले स्वार्थ बाझिने काम नगर्ने बताएका...
नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ
कञ्चनपुर । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा...
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने
चितवन । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द...
बैंक तथा वित्तीय संस्था परिसङ्घको अध्यक्षमा गोल्यान निर्विरोध, यस्तो छ १५ सदस्यिय कार्यसमिति
काठमाडौं । पवनकुमार गोल्यान बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । परिसंघको प्रथम वार्षिक साधारणसभाले एनएमबी बैंकका अध्यक्षसमेत रहेका गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । परिसंघको वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह र विकास बैंकहरूको तर्फबाट उपाध्यक्षमा राजेश उपाध्याय निर्वाचित...
मेलम्चीको पानी : काठमाडौँबासीको दुई दशकको सपना पूरा
काठमाडौं । सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै काठमाडौँ उपत्यकावासीको दुई दशकको सपना पूरा भएको छ । मेलम्ची खानेपानी आयोजनाले यही फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बुबाट परीक्षणका लागि सुरुङमा हालेको मेलम्चीको पानी १२ दिनपछि आज सुन्दरीजलमा आइपुगेको हो । अबको केही समयसम्म सुरुङ पखाल्न लाग्ने बताइएको छ । तीन वटा खण्डबाट...










