समाचार

नहुने भयाे कान्ति लोकपथकाे पाँच किमी सडक कालोपत्र

काठमाडाैं । राष्ट्रिय राजमार्गका रुपमा रहेको कान्ति लोकपथकाे झण्डै पाँच किमी सडक अझै केही वर्ष कालोपत्र नहुने भएको छ । वर्षेनी वर्षाका कारण सडक अवरुद्ध हुने गरेकाले तत्कालका लागि कालोपत्र नगरिने कान्ति राजमार्ग योजना कार्यालयले जनाएको छ । अहिले तत्काल कालोपत्र नगरिने सडकमध्ये धेरै भाग ललितपुर र थोरै भाग...

तीनकुने पुल निर्माण अझौ अन्योलमा, साँघुरो पुलका कारण चालक र यात्रु हैरान

काठमाडौं । तीनकुनेस्थित वाग्मती पुल नयाँ ठेक्कामार्फत निर्माण गरिने भने पनि प्रक्रिया अझै अघि बढेको छैन । निर्माण शुरु भएको लामो समयसम्म पनि निर्माण कम्पनी पप्पु कन्सट्रक्सन प्रालीले काम अघि नबढाएपछि गत वर्ष सडक विभागले ठेक्का तोड्ने निर्णय गरेको थियो । पुरानो ठेक्का तोडिए पनि नयाँ ठेक्कामा जान बाँकी...

कोरियामा श्रम कानुन परिवर्तन, अब नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज

सोल । दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्रवासी कामदारले आफूखुशी आफ्नो काम गर्ने ठाउँ परिवर्तन गर्न पाउने नियम यहाँको श्रम...

‘रिचार्ज काठमाडौँ ’ अब काठमाडौंमा भूमिगत जल रिचार्ज गरिने

काठमाडौं । महानगरपालिकाले ‘रिचार्ज काठमाडौँ, सञ्चालन कार्यविधि–२०७७’ स्वीकृत गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आइतबार बसेको ५८ औँ कार्यपालिका बैठकले सो कार्यविधि स्वीकृत गरेको हो । यसैगरी बैठकले ‘व्यावसायिक कार्ययोजना बनाउने सहयोग गर्नेसम्बन्धी अवधारणा पत्र’ पनि स्वीकृत गरेको छ । रिचार्ज काठमाडौँ कार्यक्रमअन्तर्गत भूमिगत जल सतहको व्यवस्थापनका...

बागलुङ–पर्वतः २० झोलुङ्गे पुलले जोडिएको बहुआयामिक सम्बन्ध

बागलुङ । बागलुङ झोलुङ्गे पुलको जिल्ला भनेर स्थापित छ तर, यस्तो परिचय पछिल्लो समय छिमेकी जिल्ला पर्वतले पनि बनाइरहेको छ । पर्वतले पुलको नयाँ परिचयमात्रै होइन, पुलकै सहारामा जिल्लाको पर्यटन, व्यावसाय र समृद्विको अभियानमा पनि उल्लेख्य उभार ल्याएको छ । यी दुई जिल्लालाई दर्जनौँ झोलुङ्गे पुलले जोडेको छ ।...

फेरी बढ्यो सुनको भाउ, अब कति ?

काठमाडौैं । सोमबार पनि सुन चाँदीको मूल्य वृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार छापावाला सुनको मूल्य प्रतितोला एक सयले बढेर ८६ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार त्यस्तो मूल्य प्रतितोला ८६ हजार एक सय रुपैयाँ थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार तेजावी सुनको मूल्य...

भैरहवा विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण लागत १२५ प्रतिशत बढाइँदै, अख्तियारमा उजुरी

काठमाडौं । राज्यलाई ठूलो भार पर्ने गरी भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणको लागत १२५ प्रतिशतले वृद्धि गर्न चलखेल सुरु भएको छ । यसअघि भैरहवाको दोस्रो टर्मिनल भवन निर्माणको लागि जम्मा आठ करोड अमेरिकी डलर (करिब ९ अर्ब रुपैयाँ) लाग्ने अनुमान गरिएको थियो । अहिले भवनकोे डिजाइन परिवर्तन...

मलेसिया जान लिएको एक लाख ऋणले बनायो ११ होटलको मालिक, जोडियो करोडौंको सम्पति

चितवन । आफन्तसँग ढाँटेर एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका छन् । नेपालमै व्यवसाय गर्छुभन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै ऋण लिनुभएका गुल्मीका शङ्कर भण्डारीको नेतृत्वमा अहिले ११ होटल र रेष्टुराँ छन् । विसं २०३९ मा गुल्मीको तत्कालीन रुपकोटमा...

अफ्रिकी महादेशमा निर्यात व्यापारको सम्भाव्यता खोजिने

काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्मा र नेपाल उद्योग परिसंघका पदाधिकारी बीच आज परिसंघको कार्यालयमा भेटघाट एवं छलफल भएको छ । छलफलमा राजदूत विश्वकर्माले नेपाल र अफ्रिकी मूलुकहरु बीचमा हुने व्यापार सम्बन्धका बारेमा चासो देखाएका थिए । उनले आफ्नो कार्यक्षेत्रभित्र पर्ने बाह्र वटा मूलुकहरुमा व्यापार तथा...

कीर्तेको हदः मान्छे बेल्जियममा, जग्गा अर्कैका नाममा

काठमाडौं । तपाइँले भविश्यका लागि भनेर जग्गा खरीद गरी राख्नुभएको छ ?  यदि छ भने बेलाबेलामा जग्गाको अवस्थाबारे अध्यावधिक गर्नु भएन भने तपाइँको जग्गा अर्कैको नाममा पुगिसकेको हुन सक्छ । त्यसप्रति विशेष ध्यान पुर्याउनु होला । हालै काठमाडौँमा यस्तै घटना सार्वजनिक भएको छ । वेल्जियममा रहेको व्यक्तिका नामको जग्गा...