समाचार
बर्दिवासमा भूमाफियाको जगजगी, राजनीतिज्ञ र पूर्व कर्मचारी नै संलग्न
महोत्तरी । महोत्तरीको बर्दिवास नगर क्षेत्रमा सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासी जग्गा व्यवस्थित गर्न थालेसँगै भूमाफियाहरुको जगजगी बढेको छ । सरकारले बर्दिवास नगरपालिकासँगको सहकार्यमा वर्षौँदेखि पर्ति र ऐलानी जग्गामा घर बनाएर बसेका सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरेर जग्गाधनी प्रमाणपुर्जा दिने तयारी थालेसँगै यहाँ भूमाफियाको जगजगी ह्वात्तै बढेको...
सौराहालाई उछिन्दै पश्चिम चितवन, बढ्दै पर्यटक
चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न भनेपछि सौराहामात्रै सम्झने पर्यटक अहिले पश्चिम चितवनतर्फ आकर्षित हुन थालेका छन् । निकुञ्जका जङ्गली जनावर पश्चिमतर्फ केन्द्रित हुन थालेपछि जङ्गल सफारीका लागि आउने पर्यटकको रोजाइ त्यतातिर हुन थालेको हो । झण्डै तीन दशकदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आएका ईश्वर जोशी देशको तेस्रो पर्यटकीय...
गोल्छा समुहको ९० करोड लगानीको नयाँ फलाम उद्योग
बिरगञ्ज । पर्सा जिल्लामा करिब ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको अन्तिम चरणमा छ । मेसिनको सेटिङ र फिनिसिङको काम अन्तिम चरणमा रहेको बताइएको छ । अब १० प्रतिशत काम मात्र बाँकी रहेको छ । गोल्छा समूहद्वारा स्थापना गरिएको हुलास...
नहर भत्किँदा विद्युत् अवरुद्ध
हुम्ला । जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् । कुकुरफाल्ना जलविद्युत्को नहर भत्केर विद्युत् आपूर्ति हुन नसक्दा यहाँका नागरिक यही फागुन २० गतेदेखि अन्धकारमा बस्दै आएका हुन् । रुख ढलेर जलविद्युत्को नहर भत्किँदा मर्मत गर्न समय लाग्ने भएकाले गाउँपालिकाका नागरिक अन्धकारमा बस्दै...
एमालेको माया ओलीलाई भन्दा बढी मलाई नै छः माधव नेपाल
काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेकपा(एमाले) आफुले बनाएको पार्टी भएकाले त्यसको माया ओलीलाई भन्दा बढी आफुलाई भएको बताएका छन् । नेकपा स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टी एकता जोगाउने आफ्नो प्रयास सम्भव नभएको र अब आफैंले निर्माण गरेको एमालेलाई थप शसक्त बनाउने बताए...
प्रधानमन्त्रीको प्रश्नः इनर्जी ड्रिङ्कस्, चुइङ्गम र कोक-फ्यान्टा किन खानु ?
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले इनर्जी ड्रिङ्कस् र चुइङगम र कोक फ्याण्टा नखाए नि हुने बताएका छन् । नेपाल उद्योग परिसंघले सुरु गरेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कोक, फ्याण्टा र चुइङगम नखाए पनि हुने धारणा पनि राखेका हुन । “इनर्जी ड्रिङक र चुइङगम नखाए हुने...
ज्योति लाइफको आईपीओमा करिब तीन अर्बको आवेदन
कठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा करिब तीन अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । सोमबार पाँच बजेसम्ममा ज्योतिको आईपीओमा १३ लाख ७६ हजार ७ सय ६१ ज्ना आवेदकले २ अर्ब ९८ करोड ७७ लाख ५४ हजार रुपैयाँ बराबरको आवेदन गरेका हुन् । २ करोड ९८ लाख ७७...
नेपाल आफ्नै स्याटेलाइट राख्ने तयारीमा अध्ययन गर्न पाँच कम्पनी छनोट
काठमाडौं । नेपालको आफ्नै भू-उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल दूरसञ्चार प्राधिकरणले पाँच कम्पनी छनोट गरेको हो । प्राधिकरणले गत मङ्सिरमा पूरानो प्रस्ताव रद्द गरेर भू-उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र...
बङ्गलादेशको रासायनिक मल बेलुकासम्म नेपाल आइपुग्ने
काठमाडाैं । नेपाल र बङ्गलादेश सरकार (सरकार-सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो । मल खरीदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकातामा ल्याइएको...
पृथ्वीनारायण शाहको पद चाप पछ्यादै नेपाली सेना ‘एकीकरण पदमार्ग’ प्रवर्धनको योजना
काठमाडौं । नेपाली सेनाले नेपाल एकीकरणका दौरान यहाँ अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवर्धन गरी‘ट्रेकिङ ट्रेल’का रुपमा विकसित गर्ने योजना बनाएको छ । यसका लागि छवटा पदमार्ग पहिचान गरिएको छ । धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले विसं १८०३ देखि १८२० सम्म काठमाडौँ...










