समाचार

हेटौंडामा “हाम्रो घर बालगृह”को अक्षयकोष स्थापनार्थ महायज्ञ सुरु

हेटौंडा। ग्रामिण जीवनस्तर मञ्चले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ मा संचालन गर्दै आईरहेको “हाम्रो घर बालगृह”को अक्षयकोष स्थापनार्थ आजबाट हेटौंडामा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको सुरुवात भएको छ । २०६५ सालबाट संचालनमा आईरहेको बालगृहलाई थप व्यवस्थित र दिगोपन बनाउनको लागि अक्षयकोष स्थापनार्थ सुरु भएको महायज्ञको उद्घाटन गर्दै बागमती प्रदेशका संस्कृती तथा पर्यन...

मकवानपुरको बागमतीमा बिहिवार सार्वजनिक बिदा

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा भोली अर्थात् फागुन १ गते सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा भोलि (बिहिवार) फाल्गुन १ गते सार्वजनिक विदा दिएको हो । गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बुधबार एक सूचना जारी गर्दै  जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिएको जानकारी गराएका हुन्। बुधबार बसेको...

क्युपेक मकवानपुरको आठौं जिल्ला अधिवेशन फागुन २ गते

हेटौंडा । नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल मकवानपुर शाखाको आठौं जिल्ला अधिवेशन फागुन २ र ३ गते हुने भएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मकवानपुर क्युपेकका अध्यक्ष प्रल्हाद राईले अधिवेशनबारे जानकारी गराएको हो । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को शसक्त घटक...

भोलि हेटौंडाका सबै शैक्षिक संस्था बन्द

हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका शैक्षिक संस्था भोलि बन्द हुने भएका छन् । बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा कार्यक्रम हुने भएकाले उपमहानगर भित्रका सम्पूर्ण निजी तथा सामुदायिक शैक्षिक सस्था बन्द हुने जनाएको छ । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै भोलि फागुन १ गते  बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा कार्यक्रम...

लागूऔषध अफिमसहित राक्सिराङबाट दुई जना पक्राउ

हेटौंडा । लागूऔषध अफिमसहित मकवानपुरको राक्सिराङबाट दुई जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुर प्रहरीले दुई किलो १४० ग्राम लागूऔषध अफिमसहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । मंगलबार साँझ राक्सिराङ गाउँपालिका वडा ५ बोटबारी स्थित पैदल हिडिरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा लागूऔषध अफिमसहित नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ...

लागूऔषध खैरो हेरोईनसहित हेटौंडाबाट तीन जना पक्राउ

हेटौंडा । लागूऔषध खैरो हेरोईनसहित हेटौंडाबाट तीन जना पक्राउ परेको छ । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर- १ झोलुङ्गे पुल नजिकको चिया पसलबाट लागुऔषध खैरो हिरोईनसहित तीन जना युवकलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले मंगलबार साझ हेटौंडा-१ झोलुङ्गे पुल...

उठ्नथाल्यो हेटौंडा बजार क्षेत्रको फोहोर

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रको फोहोर उठ्न थालेको छ । हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापनसम्बन्धमा दायर रिट निवेदन उच्च अदालत पाटन हेटौंडा इजलाशले खारेज गरिदिए सगै फोहोर उठ्न थालेको हो । मंगलबार न्यायाधीश यमुना भट्टराई र सानुमाया डंगोलको संयुक्त इजलासले रिट निवेदन खारेज गरिदिए पछि तत्काल बजार क्षेत्रको फोहोर व्यवस्थापनमा...

मकवानपुरमा ग्यास बुलेट पल्टियो

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ त्रिखण्डिमा ग्यास बुलेट पल्टिएको छ । आइतबार बेलुका ८ बजेको समयमा त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गत भिमफेदी १ त्रिखण्डि नजिक ग्यास बुलेट पल्टिएको हो । हेटौंडा बजार तर्फबाट भैसे तर्फ जादैँ गरेको NL01K1197 नं.को १२ चक्के ईन्डियन ग्यास लोड बुलेट गाडी सडकको...

स्थलगत अवलोकनमा वन मन्त्री सिलवाल

हेटौंडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले मन्त्रालय अन्तरगर्तका कार्यालयले गरेको कामहरुको स्थलगत अवलोकन गरेका छन् । आईतवार मन्त्री सिलवालले भू तथा जलाधार ब्यवस्थापन कार्यालय मकवानपुरले बागमती गाउँपालिकाको विभिन्न वडाहरुमा आफ्ना कार्यालयहरुले गरेको काम तथा योजनाको कार्यन्ययनको स्थितीबारे बुझ्न स्थलगत अवलोकन गरेका हुन् । अवलोकनको...

कविता प्रतियोगितामा ब्रम्हदिककी कुस्मा प्रथम

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-४ को आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको संयोजनमा सुरु भएको दोस्रो वडा खेल महोत्सव अन्तर्गत आज भएको कविता प्रतियोगितामा कुस्मा लौडारी प्रथम भएकी छिन् । हेटौंडा- ४ स्थित ब्रम्हदिक एकेडेमीको व्यवस्थापनमा भएको कविता प्रतियोगितामा ब्रम्हदिक एकेडमीकि लौडारी प्रथम भएको हो । प्रतियोगितामा भुटनदेवी...