समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ शुक्रबारदेखि
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारबाट मतपत्र छाप्ने भएको छ । पहिलो चरणमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छापिने आयोगले जनाएको छ । समानुपातिकतर्फ चुनावी प्रतिस्पर्धामा भाग लिने दलको संख्या टुंगिइसकेको छ । ५८ दलले आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् । तीनै ५८ दलको...
जुरिखेत दुर्घटनामा मृत्यु हुने मध्य ४ को पहिचान खुल्यो
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा आइतबार भएको सुमो दुर्घटनामा परि मृत्यु भएका ६ मध्य ४ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारत बिहार राज्य पटना बस्ने बर्ष ४२ को रजनिस कुमार, हेटौडा ४ कमलडाँडा बस्ने बर्ष ४० की सबिता लम्साल, हेटौडा २ कान्तिराजपथ बस्ने बर्ष २९ को...
काठमाडौं-हेटौंडा सडकको जुरीखेतमा जिप दुर्घटना, ६ जनाको मृत्यु
हेटौंडा । काठमाडौं-हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा जिप दुर्घटनाहुँदा ६ जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका– ६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका थिए। घाइतेमध्ये ६ जनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आइतबार साँझ...
हेटौंडाको पशुपति पोल्ट्री फर्ममा आगलागी हुँदा १५ हजार बढी चल्ला जले
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१७ गौरिगाउँस्थित एक पोल्ट्री फर्ममा आगलागी हुँदा १५ हजार भन्दाबढी कुखराका चल्ला जलेका छन्। हेटौंडा–८ कमानेका राजु अधिकारीले सञ्चालन गरेको पशुपति पोल्ट्री फर्ममा चल्ला ब्रुडिङ गर्ने क्रममा प्रयोग गरिएको ग्यास बुडरको तापक्रम अत्यधिक भएर भूइमा ओछ्याइएको भुसमा आगो सल्किएर आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले...
मालपोत कार्यालय मकवानपुरमा प्रशासनको छड्के, १४ कर्मचारी अनुपस्थित
हेटौंडा । जिल्ला मालपोत कार्यालय मकवानपुरमा बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले आकस्मिक रुपमा अनुगमन गरेको छ । कर्मचारी नहुँदा सेवाग्राहीहरुले समस्या बेहोर्नु परेको जनगुनासो आएपछी प्रशासनले अनुगमन गरेको हो । अनुगमनका क्रममा १४ जना कर्मचारीहरु कार्यालयमा अनुपस्थित रहेको र उनीहरुलाई नियम अनुसार कार्बाही गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त...
स्वच्छ पानी नागरिकको मौलिक हक: मन्त्री पौडेल
हेटौंडा। बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले स्वच्छ र सुरक्षित पिउने पानी पाउनु नागरिकको मौलिक अधिकार भएको बताउनुभएको छ। ललितपुरको गोदावरीमा सम्पन्न नेपाल पानी उद्योग महासंघको प्रथम साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री पौडेलले पानी उद्योगलाई व्यवस्थित र गुणस्तरीय बनाउन सरकारले पूर्ण सहयोग...
प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको हो...
हेटौँडामा एकसय रुपैयाँमा खाना
हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा सुलभ मुल्यमा खान खुवाउने उद्देश्यका साथ बुधबारदेखि भट्टी चुल्हो सञ्चालनमा आएको छ । एकसय रुपैयाँमा साकाहारी खाना दाल भात तरकारी अचार खुवाउने उदेश्यले समाजसेवी सिद्दीलाल श्रेष्ठले हेटौंडा ४ मा यो ब्यवसाय सञ्चालन गर्ने सोच बनाउनुभयो । श्रेष्ठको यो सामाजिक भावनालाई युवा ब्यवसायी प्रबिण...
सामाजिक सुरक्षा कोषमा जोडिए भुटनदेवी माविका निजी स्रोतका शिक्षक र कर्मचारी
हेटौँडा । हेटौंडा उपमहानगरपालिका-४ स्थित भुटनदेवी माध्यमिक विद्यालय ९प्राविधिक शिक्षालय० ले निजी स्रोतमा कार्यरत् १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । दुई शैक्षिकसत्र पुरा गरेका शिक्षक तथा कर्मचारीहरुलाई विद्यालयले सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको हो । बुधबार एक औपचारिक कार्यक्रम गरी जिफण्ट केन्द्रीय अध्यक्ष...
अदालतबाट दोषी ठहर भएका फरार पाँच अभियुक्त मकवानपुरबाट पक्राउ
हेटौंडा । विभिन्न आपराधिक घटनामा अदालतद्वारा दोषी ठहर भई फरार भएका पाँच जनालाई प्रहरीले विभिन्न स्थानबाट बुधबार पक्राउ गरेको छ । कुटपिट मुद्दामा १ वर्ष ६ महिना कैद तोकिएका हेटौंडा उपमहानगरपालिका–९ का ३५ वर्षीय प्रदीप उपाध्यायलाई प्रहरीले घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । यसैगरी मकवानपुरको बाग्मती गाउँपालिका–७...









