समाचार
पत्रकारलाई फोटो र भिडियो खिच्न रोक्नु प्रेस स्वतन्त्रतामाथिको कुठाराघात
हेटौंडा।मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले सञ्चारकर्मीहरुलाई फोटो तथा भिडियो खिच्न रोक लगाएपछि नेपाल पत्रकार महासंघ मकवानपुरले गम्भीर ध्यानाकर्षण जनाएको छ। शुक्रवार जनप्रतिनिधिमाथिको आक्रमणसम्बन्धी छलफल तथा तीन वटा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलन गर्न पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाउँदै कार्यकक्षभित्र दृश्य खिच्न निषेध गरिएको थियो । उक्त...
मकवानपुरको कुन्छालमा देवरले गरे भाउजुको हत्या
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नं. १ कुन्छालमा एक महिलाको हत्या भएको छ । बिहीबार दिउँसो २:२० बजेको समयमा धारिलो हतियारको प्रहारबाट देवरले भाउजुको हत्या गरेको हो । हत्या गर्ने व्यक्ति फरार भए पनि केही घण्टामै प्रहरीको नियन्त्रणमा लिइएको छ। स्थानीय ५० वर्षीया तुलमाया गोपालीको आफ्नै छिमेकी तथा...
हेटौंडाबाट ५ जना जुवाडे पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ गौरीटार रंगशाला स्थित गाईगोठ बाट जुवा खेलिरहेको अवस्थामा पाँच जना जुवाडेलाई नियन्त्रणमा लिएको छ। मंलबार दिउँसो गौरीटार रंगशाला स्थित दामोदर चौलागाईंको गाईगोठमा जुवा तास खेली, खेलाई रहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको प्रहरी टोलीले नगदसहित...
हेटौंडामा होटलको रेलिङबाट लडेर एकको मृत्यु
हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्क स्थित एक होटलको तेस्रो तल्ताको रेलिङबाट लडेर घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार राति हेटौंडा बसपार्कमा अवस्थित रोशन होटल एण्ड लजको तेस्रो तल्लाको रेलिङबाट लडेर घाइते भएका हेटौंडा १२ पदमपोखरीका ३० बर्षिय अमित मोक्तानको चितवन स्थित सरकारी...
राक्सिराङका युवालाई सीपमुलक तालिम
हेटौंडा । मकवानपुरको पश्चिमि भेगका अवस्थित राक्सिराङ गाउँपालिकाका ४० जना युवाहरुलाई सीपमुलक तालिम प्रदान गरिएको छ । राक्सिराङ ३ झिल्किनीमा सञ्चालन भएको ३० दिने केराको सुप्लोबाट स्वदेशी नेपाली कागज उत्पादन गर्न सिकाउने तालिम र वडा नम्बर ५ ठाडेचुरीमा सञ्चालन भएको ३९० घण्टे केयर गिभर तालिमको आज समापन गरिएको हो...
बागमती प्रदेश अन्तर्गतका वोर्डहरु खारेज
हेटौंडा । बागमती प्रदेशमा रहेका प्रदेश अन्तर्गतका वोर्डहरु खारेज हुने भएका छन् । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले प्रदेश युवा परिषद प्रदेश, प्रदेश खेलकुद परिषद, सहकारी वोर्ड, प्रदेश दुग्ध विकास वोर्डलगायत वोर्डहरु खारेज गरिने बताए...
हेटौंडामा सवारी दुर्घटना, १० जना घाइते
हेटौंडा । हेटौंडामा सवारी दुर्घटनामा परेर दश जना घाइते भएका छन् । शनिबार दिउँसो पुर्वपश्चिम सडकखण्ड अन्तर्गत हेटौंडा १५ डाईभरडाँडा स्थित तीन वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । बिरगंजबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ ख २९७० नम्बरको बसको ब्रेक फेल हुँदा विपरीत दिशा तर्फ...
राप्तीरोडको कपडा व्यवसायीलाई आक्रमण गर्ने एकजना पक्राउ
हेटौँडा । हेटौँडाको मुख्य बजार राप्तीरोडमा एक व्यवसायीमाथि सांघातिक आक्रमण गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौँडा-१२ पदमपोखरीका ३५ वर्षीय विजय थिङ रहेका छन् । बिहीबार हेटौंडा-१० राप्तीरोडस्थित दास ईम्पोरियम कपडा पसलका सञ्चालक करिब ६१ वर्षका विन्दल दासलाई सांघातिक आक्रमण गरेको आरोपमा थिङलाई प्रहरीले पक्रिएको हो...
भरुवा बन्दुकसहित इन्द्रसरोवरका साङ्दोर्जे पक्राउ
हेटौँडा । मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित इन्द्रसरोवर गाउँपालिकाबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इन्द्रसरोवर गाउँपालिका ५ का ६० वर्षीय साङ्दोर्जे लामा रहेका छन् । घरमा अवैधानिक रुपमा भरुवा बन्दुक राखेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले लामालाई पक्राउ गरिएको हो ।...
बकैया गाउँपालिका पूर्ण खोप सुनिश्चतता पालिका
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना पालिका घोषणा गरिएको छ । पालिका भित्रका ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै मात्राका खोप लगाएको प्रमाणीकरण अनुसार पूर्ण खोप सुनिश्चतता तथा दिगोपना पालिका घोषणा गरिएको हो । यो सँगै गाउँपालिकाले हरेक वर्ष माघ, फाल्गुन...










