समाज/राजनीति
एमालेको ‘अन्तिम’ मत परिणाम : पदाधिकारीमा कसले कति पाए भोट ? (सूचीसहित)
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत मतगणना सकिएको छ । बिहीबार (पुस २) बिहान करिब पौने १० बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा थालिएको मतगणना दिउँसो सकिएको हो । ११औँ महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकालका निम्ति विजयी भएका छन् । ओलीले एक हजार ६६३ मत प्राप्त गरे । उनका...
तेस्रो पटक एमालेको नेतृत्वमा ओली
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । औपचारिक घोषणा हुन बाँकी छ...
सकियो एमालेको मतदान
काठमाडौं । नेकपा एमालेको एघारऔं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो । नयाँ नेतृत्व चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधि चयन भएका थिए...
एमाले महाधिवेशन- मतदान स्थगित
काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ । भोलि बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि मतदान स्थगित गरिएको निवर्तमान महासचिव शंकर पोखरेलले बताए । प्रतिनिधिहरू भोट हाल्न २ घण्टाअघिदेखि लाइन बसेका थिए । ९ बजेलाई...
एमाले नेता पोखरेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
हेटौंडा । नेकपा(एमाले) नेता केशव प्रसाद पोखरेलले केन्द्रिय सदस्य(खुला) पदमा उम्मेदवारी दिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी एमालेको एघारौं महाधिवेशनमा पोखरेलले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् । लामो समयदेखि राजनीति र सामाजिक कार्यमा सक्रिय रहँदै आएका पोखरेल एक आदर्शवान् र वैचारिक नेता हुन् । पोखरेलको राजनीतिक जीवन...
अस्पतालको ‘बेड’बाटै श्रीधर पोख्रेल महाधिवेशन प्रतिनिधि उम्मेदवार
हेटौंडा । नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले पार्टीको ११औं केन्द्रीय महाधिवेशनको लागि प्रतिनिधि बन्न उम्मेदवारी दर्ता गराएका छन् । सवारी दुर्घटनामा परेर विगत सात महिनादेखि उपचाररत् पोख्रेलले बुधवार पार्टी कार्यालय मकवानपुरमा वारेसनामामार्फत आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । काठमाडौंमा उपचाररत् पोख्रेलले टेलिफोनमा कुरा गर्दै भने, ‘आउँदो ११औं महाधिवेशनमा...
महाधिवेशन विवादमा कांग्रेस मकवानपुरको धारणा सार्वजनिक
हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअघि पार्टीभित्र जारी बहसलाई लिएर कांग्रेस मकवानपुरले आधिकारिक धारणा सार्वजनिक गरेको छ । शनिबार हेटौँडा–२ स्थित जिल्ला पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै मकवानपुर सभापति बुद्ध लामाले महाधिवेशन समसामयिक परिवर्तनलाई सम्बोधन गर्ने खालको हुनुपर्ने बताउँदै नेतृत्वलाई स्पष्ट सन्देश दिएका हुन् । सभापति लामाले महाधिवेशन ‘नियमित...
निर्वाचनका बेला भ्रम छर्नेहरु आउँछन्, काम गर्नेलाई रोज्नुहोस्ः मुख्यमन्त्री बानियाँ
हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले निर्वाचनका बेला भ्रम छर्नेहरुदेखि सचेत रहन आम मतदातालाई आग्रह गरेका छन् । अन्तरीम सरकाले आगामी फागुनमा गर्ने भनिएको निर्वाचनमा पनि भ्रमको खेती गर्ने र मीठा भाषण गर्ने धेरै आउने भएकाले काम गर्ने उम्मेदवारलाई चिनेर जिताउनुपर्ने बताए । मंगलबार मकवानपुरको मनहरी गाउँपालिका–१ स्थित तल्लो...
मकवानपुरमा पनि बालेन र सुदनविरुद्ध अनेरास्ववियुको जाहेरी
हेटाैंडा । मकवानपुरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्विवयु)ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएकाे छ । अनेरास्ववियु मकवानपुरका संयाेजक नवराज शर्मा पाैडेलले मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बाेहरालाई आज बुधवार बालेन र सुदनविरुद्ध अपराधिक उपद्राे मुद्दामा जाहेरी दिएका छन् ।...
तोडफोड, आजगनी एवं लुटपाटको घटना प्रति एमालेको भर्त्सना
हेटौंडा । बागमती प्रदेशको नेकपा एमाले संसदीय दलको बैठकले भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनमा भएको तोडफोड, आजगनी एवं लुटपाटको घटनाको भत्सर्ना गर्दै सरकारसँग दोषी उपर कारबाहीको माग गर्ने निर्णय गरेको छ । आन्दोलनपश्चात पहिलोपटक बिहिबार हेटौंडामा बसेको नेकपा एमाले बागमती संसदीय दलको बैठकले आन्दोलनमा घुसपैठको...










