एमालेको ‘अन्तिम’ मत परिणाम : पदाधिकारीमा कसले कति पाए भोट ? (सूचीसहित)
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत मतगणना सकिएको छ । बिहीबार (पुस २) बिहान करिब पौने १० बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा थालिएको मतगणना दिउँसो सकिएको हो ।
११औँ महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकालका निम्ति विजयी भएका छन् । ओलीले एक हजार ६६३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका एमालेको निर्वाचन आयोगले जानकारी गराएको छ ।
मत परिणाम पढ्नोस–
अध्यक्ष (१)
केपी शर्मा ओली : १६६३
ईश्वर पोखरेल : ५६४
उपाध्यक्ष (५)
अरुण नेपाल : ४३९
गुरुप्रसाद बराल : ११३७
गोकर्णराज विष्ट : १३६८
टकंप्रसाद कार्की ः ३५८
परशुराममेघी गुरुङ : ४६१
पृथ्वीसुब्बा गुरुङ : १७३७
भीमप्रसाद आचार्य : २६५
रघुजी पन्त : १२५८
रामबहादुर थापा बादल : १५१६
बिन्दा पाण्डे : ९२१
विष्णुप्रसाद पौडेल : १६७५
महासचिव (१)
शंकर पोख्रेल : १२२८
सुरेन्द्रप्रसाद पाण्डे : ९९९
उपमहासचिव (३)
आनन्दप्रसाद पोख्रेल : ६३५
योगेस भट्टराई : १३४८
रघुवीर महासेठ : १३६८
राजेन्द्रप्रसाद गौतम : २७०
लेखराज भट्ट : १४५२
विष्णुप्रसाद रिमाल : १०९१
वैजनाथ चौधरी : ५१७
सचिव (९)
अग्निप्रसाद खरेल : ७१६
ईन्द्रलाल साप्कोटा : ४०५
कर्णबहादुर थापा : ८४७
कृष्णगोपाल श्रेष्ठ : ६२५
खगराज अधिकारी : १२३१
गोकुलप्रसाद बास्कोटा : १०३०
छविलाल विश्वकर्मा : १५०६
ठाकुरप्रसाद गैरे : ८८३
पद्माकुमारी अर्याल : १५३०
पुरुषोत्तम पौडेल : ४६२
पेम्बा लामा : ४९३
भानुभक्त ढकाल : ११०८
महेश बस्नेत : १५४४
यामलाल कँडेल : ११८५
रचना खड्का : ८७७
राजन भट्टराई : ११८१
लालबाबु पण्डित : ४९६
विनोदप्रसाद ढकाल ः ६८४
शेरधन राई : १५०३
हिक्मतकुमार कार्की : १३३७







