समाचार
मकवानपुरगढीमा सार्वजनिक सुनुवाइ : विपद्का घटनाबाट बचाउन स्थानीयको आग्रह
हेटौंडा । मकवानपुरगढीका स्थानीय बासिन्दाले विपद्बाट जोगाउन बागमती प्रदेशका सांसद, मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिहरुसंग आग्रह गरेका छन् । आज मकवानपुरको मकवानपुरढी वडा नम्बर ६ भालुखोलनमा जनपत्र मिडिया प्रा.लि. हेटौंडाको आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा भएको स्थानीय स्तरमा हुने गरेको आगलागी, चट्याङ्,...
बागमतीमा तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजमा
काठमाडौं । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याइएको छ । यो खुसियालीमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । १२ वैशाखमा बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकले...
डढेलोका कारण मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारको एक लाख
हेटौंडा । वनमा लागेको डढेलोका कारण मृत्यु भएका तीन जनाको परिवारलाई जनही एक लाख राहत दिईने भएको छ । आईतवार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले डढेलोका कारण मृत्यु भएका ललितपुरका दुई जना र रामेछापका एक जनालाई जनही १–१ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो । त्यसैगरी प्रदेश...
शिवम् सिमेन्टको लापरबाही नरोकिएको भन्दै रास्वपाको विरोध
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा १६ स्थित शिवम् सिमेन्ट उद्योगको लापरबाही नरोकिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मकवानपुरले विरोध जनाएको छ । उद्योगले सिमेन्ट उत्पादनका लागि क्लिङ्कर तयार गर्न आगो बाल्ने भट्टीमा कोइलाको सट्टा प्लाष्टिक तथा फोहोर प्रयोग गर्ने गरेको रहस्य बाहिर आएपछि स्थानिय आक्रोसित बनेका थिए । स्थानीयको विरोध...
वन मन्त्री पोखरेलको ७८ बुँदे प्रतिवद्धता
मकवानपुर । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोख्रेलले प्रतिवद्धता सार्वजनिक गरेका छन् । मन्त्री भएर पदभार ग्रहन गरेको एक महिना पछि उनले गरिने कामको प्राथमिकता बनाउँदै ७८ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । शुक्रवार पत्रकार सम्मेलन गर्दै समय सापेक्ष वन ऐन, नियमावली, वातावरण ऐन, वातावरण नियमावली...
तरुणको भवन निर्माण गर्न मकवानपुरका भेटवालले गरे २ लाख ५५ हजार सहयोग
हेटौंडा । नेपाल तरुण दलको भवन निर्माणका लागि तरुण केन्द्रीय सदस्य राजेश भेटवालले २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन् । तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि भेटवालले २ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका हुन् । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको आफ्नै भवन...
राक्सिराङ्ग घुस प्रकरण : कोरली गाई वितरण गरेर लैनाको बिल पास !
हेटौंडा । मकवानपुरको विकट मानिएको राक्सिराङ्ग गाउँपालिकाका किसानलाई वितरण गरिएको गाईको विषयमा थप नयाँ तथ्य फेला परेको छ । पालिकाको पशुपन्छी विकास शाखामा कार्यरत कर्मचारी सूवेक्षा ढकालले काम मिलाए बापद हेटौंडाका एक कृषि व्यवसायीसँग एक लाख रुपैयाँ घुस रकम मागेको विषय ५ बैशाखमा अखबार हवले प्रकासन गरेको थियो । ...
खानेपानी र सिंचाइतर्फका २० सब-इन्जिनियरको पदस्थापन, जनताले महशुस गर्नेगरी सेवा प्रदान गर्न मन्त्री श्रेष्ठको निर्देशन
हेटौंडा । बागमती प्रदेशको खानेपानी उर्जा तथा सिंचाइ मन्त्रालय मातहतका कार्यालयहरुमा २० जना सब-इन्जिनियरको पदस्थापन भएको छ । बागमती प्रदेश लोकसेवा आयोगबाट पास भइ आएका २० जना सहायक स्तर पाँचौ तहका सब-इन्जिनियरलाई आइतबार मन्त्रालय मातहतका खानेपानी डिभिजन कार्यालय र सिंचाइ कार्यालयहरुमा पदस्थापन गरिएको हो । नवनियुक्त सब-इन्जिनियरलाई मन्त्री एका...
विद्यार्थी, शिक्षक र अभिभावकलाई वडा नम्बर ४ को सम्मान
हेटौंडा । आधारभूत तहमा उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावकलाई हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले सम्मान गरेको छ । वडाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयबाट आधारभूत तह (कक्षा–८) को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक र अभिभावकलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । शुक्रबार शैक्षिक गुणस्तर सुधार समिति,...
उद्योग मन्त्रालायको प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी
हेटौंडा । उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालय बागमती प्रदेशको आयोजनामा समिक्षा तथा आगामी आर्थिक वर्षको योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । बुधबार हेटौंडामा चालू आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमासिक प्रगति समिक्षा एवम् आगामी आर्थिक वर्ष २०८१र०८२ को योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।...










