समाचार
बाढीपहिरोमा परी हालसम्म १२० जनाको मृत्यु
काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म १ सय २० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा १५ जना,...
एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान
मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी)भीमफेदी गाउँपालिका समितिले २०८० सालको एसईई परीक्षामा पालिकाको विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा बिद्यार्थीहरुलाई सम्मान गर्दै मन्त्री मोक्तानले बिद्यार्थीहरु भविष्यको...
हरियाली प्रवर्द्धनमा हेटौंडा अगाडि छ : मन्त्री श्रेष्ठ
हेटौंडा । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठले हेटौंडा हरियाली प्रवर्द्धनमा सधै अगाडि रहेको बताउनुभयो । शुक्रबार हेटौंडा ८ स्थित विन्दवासिनी मन्दिर तथा पार्क संरक्षण क्षेत्रमा कर्मचारी मिलन केन्द्रले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा मन्त्री श्रेष्ठले ग्रीन सिटिको रुपमा हेटौंडा सधैं अगाडि रहेको बताउनुभयो । यस्तै...
लेनडाँडामा फास्ट ट्र्याकको अर्को सुरुङ पनि ब्रेक थ्रु
काठमाडौं । काठमाडौं तराई मधेश द्रुतमार्ग अन्तर्गत मकवानपुरको लेनडाँडास्थित एउटा सुरुङ बिहीबार छिचोलिएको (ब्रेक थ्रु) भएको छ । मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने लेनडाँडामा रहेको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६१२ मिटर लामो सुरुङमार्ग बिहीबार छिचोलिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।...
बौद्धिक अपांगता भएकी युवतीलाई बलात्कार गरेको ठहर गर्दै १० वर्ष कैद
हेटौंडा । बौद्धिक अपांगता भएकी एक युवतीलाई बलात्कार गरेको ठहर गर्दै एक अभियुक्तलाई जिल्ला अदालत मकवानपुरले १० वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको मंगलबार बसेको इजलासले मकवानपुरको बकैया गापा—३ का ५० वर्षीय चतुरमान गोलेलाई युवतीलाई बलात्कार गरेकोमा ७ वर्ष र बौद्धिक अपांगता भएकीलाई...
मनहरीमा यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका – ३ मा बालिकालाई यौन दुर्व्यवहार गर्ने एक शिक्षक पक्राउ परेका छन् । आफैले पढाउँदै आएको छात्रालाई यौन दुर्व्यवहार गर्ने महेन्द्र ज्योति माध्यमिक विद्यालयका शिक्षक दिनेश उप्रेतीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका उप्रेतीलाई अदालतमा म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय...
महासंघ मकवानपुरमा प्रेस युनियनको धर्ना
हेटौंडा । नेपाल पत्रकार महासंघको सदस्यता विवादको विषयलाई लिएर आपत्ति जनाउँदै आएको प्रेस युनियन मकवानपुरले महासंघ मकवानपुरको कार्यालय परिसरमा धर्ना दिएको छ । आन्दोलनलाई थप शसक्त बनाउन आज धर्ना दिइएको युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले जानकारी दिए । प्रेस युनियन केन्द्रको निर्णय बमोजिम आज नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयदेखि...
हेटौंडामा जंगली च्याउ खादा एकैपरिवारका ५ जना विरामी
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं।१९ बसामाडीमा जंगली सल्ले च्याउ खादा एकैपरिवारका ५ जना विरामी भएका छन् । जंगलीबाट ल्याएको सल्ले च्याउ खादा हेटौंडा–१९ बसामाडी बस्ने ३६ को श्याम बहादुर बल, बर्ष १६ की अनिता बल, बर्ष ११ को रेमन बल, बर्ष ७३ की फुलमायाँ र बर्ष ३४...
कृषिलाई व्यवसायिक बनाउन तीनै तहको सरकारको ध्यान आवश्यक
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै असार १५ को दिनलाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको प्रतिकका रुपमा मनाउँने गरिएको बताउनुभएको छ । सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको २० वर्ष पुगिरहँदा नेपाली कृषकहरुले यसलाई एउटा उत्सवकै रुपमा लिने...
लागुऔषध गाँजासहित हेटौंडाका रुम्बा पक्राउ
मकवानपुर । गएराति मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.१ सामरी पुल नजिकैबाट एक जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका वडा नं.४ बस्ने ५१ वर्षीय पुर्ण बहादुर रुम्बालाई प्रहरीले पक्राउ गरेको हो । बा.३ ख ४६१ नम्बरको मिनी ट्रकमा गाँजा लुकाई छिपाई ल्याएको छ भन्ने बिशेष सुचनाको...










