हेटौंडामा जंगली च्याउ खादा एकैपरिवारका ५ जना विरामी

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं।१९ बसामाडीमा जंगली सल्ले च्याउ खादा एकैपरिवारका ५ जना विरामी भएका छन् ।
जंगलीबाट ल्याएको सल्ले च्याउ खादा हेटौंडा–१९ बसामाडी बस्ने ३६ को श्याम बहादुर बल, बर्ष १६ की अनिता बल, बर्ष ११ को रेमन बल, बर्ष ७३ की फुलमायाँ र बर्ष ३४ को तुल बहादुर मोक्तान बिरामी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
उनीहरुको हेटौडा अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ । जिल्लामा पछिल्लो एक महिनाभित्र जंगलबाट ल्याएको च्याउ सेवन गरेर तीन जनाको मृत्यु भइसकेको छ ।