समाचार
वन भित्र अनावश्यक संरचना निर्माण नगर्न वन मत्री पोखरेलको निर्देशन
हेटौँडा । बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलले वन भित्र अनावश्यक संरचना निर्माण नगर्न निर्देशन दिएका छन् । हेटौँडा–२ स्थित वनस्खण्डी मन्दिर परिसरमा निर्माण गरिएको खुल्ला व्यायमशालाको शनिबार समुद्घाटन गर्दै वन भित्र अनावश्यक रुपमा सिमेन्टबाट बनेका संरचना निर्माण नगर्न आग्रह गरेका हुन । प्राकृतिक सम्पदाको...
बागमतीमा ६ जना संसदीय सभापतिले लिए शपथ
हेटौंडा । बागमती प्रदेश संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशमा विषयगत समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सोमवार उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । प्रदेशसभाको प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामा,...
विद्यार्थीलाई निःशुल्क लेखापाल तालिम
हेटौंडा । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटीको आयोजनामा निशुल्क लेखापाल तालिमको शुभारम्भ गरेको छ । क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष अभ्युदय खनालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका क्यामपस प्रमुख डा. याम सिलवालको प्रमुख आतिथ्यता रहेको थियो । आईतबारदेखि १० दिनसम्म...
उद्योग मन्त्री श्रेष्ठद्वारा नापी कार्यालय हेटौंडाको निरीक्षण
मकवानपुर । बागमती प्रदेशका उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले नापी कार्यालय हेटौंडाको निरीक्षण गरेका छन् । सोमबार मन्त्री श्रेष्ठले नापी कार्यालयको निरीक्षण गरेका हुन् । सो क्रममा मन्त्री श्रेष्ठले नापी कार्यालयमा आएका जनगुनासो र कार्यालयमा देखिएको समस्याको समाधानमा लागि पर्न निर्देशन समेत दिएका छन् । मन्त्री...
विपन्न विद्यार्थीलाई पाेशाक वितरण
हेटाैँडा । हेटाैँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयद्वारा श्रमिक मावि, हेटाैँडा-४ का बालविकासदेखि ५ कक्षासम्मका ६२ जना विध्यार्थीलाई विध्यालय पाेषाक टिसर्ट, ट्राउजर, ज्याकेट, जुत्ता प्रदान गरकाे छ । विद्यालयका विपन्न विध्यार्थी छनाैट गरि अध्ययनलाई निरन्तरताकाे लागि पाेशाक प्रदान गरिएकाे ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताए । उनले सामुदायिक...
हेटौंडा अस्पताललाई पुरानै दुरावस्थामा ल्याउन दलदेखि माफियासम्मको चलखेलः सिग्देल
हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत्को हेटौंडा अस्पताललाई पुरानै दुरावस्थामा फर्काउन केही राजनीतिक दल, मेडिकल माफिया र स्वार्थपरक तत्वहरुले चलखेल गरिरहेको आरोप लागेको छ । नेकपा एमाले मकवानपुरका सचिव तथा हेटौंडा उपमहानगरपालिका–४ वडा वडाध्यक्ष नवीन सिग्देलले अस्पतालमाथि राजनीति भइरहेको बताए । हेटौंडा अस्पताललाई विगतमा जस्तै रिफर सेन्टर बनाउने...
मकवानपुरगढीको – १ नम्बर वडा अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको वडा घोषणा
हेटौडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर – १ आजबाट अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको वडा घोषणा गरिएको छ । आज बिहिबार एक कार्यक्रम बीच सो वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको वडा घोषणा गरिएको हो । गाउँपालिकाकी उपाध्यक्ष मान कुमारी पाख्रिन (नेपाली) ले सो वडालाई अनिवार्य तथा...
मकवानपुरगढीमा सार्वजनिक सुनुवाइ : विपद्का घटनाबाट बचाउन स्थानीयको आग्रह
हेटौंडा । मकवानपुरगढीका स्थानीय बासिन्दाले विपद्बाट जोगाउन बागमती प्रदेशका सांसद, मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिहरुसंग आग्रह गरेका छन् । आज मकवानपुरको मकवानपुरढी वडा नम्बर ६ भालुखोलनमा जनपत्र मिडिया प्रा.लि. हेटौंडाको आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा भएको स्थानीय स्तरमा हुने गरेको आगलागी, चट्याङ्,...
बागमतीमा तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजमा
काठमाडौं । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याइएको छ । यो खुसियालीमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । १२ वैशाखमा बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकले...
डढेलोका कारण मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारको एक लाख
हेटौंडा । वनमा लागेको डढेलोका कारण मृत्यु भएका तीन जनाको परिवारलाई जनही एक लाख राहत दिईने भएको छ । आईतवार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले डढेलोका कारण मृत्यु भएका ललितपुरका दुई जना र रामेछापका एक जनालाई जनही १–१ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो । त्यसैगरी प्रदेश...










