समाचार

हेटौंडाको विद्युत प्राधिकरणबाट सात करोडको सामान गायब

हेटौंडा । हेटौंडामा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट सात करोड रुपैयाँ बराबरका सामान गायब भएको छ । सामान हराएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिशसमेत गरेको छ । विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौंडामा रहेको केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय...

बागमती प्रदेशको ८० प्रतिशत जमिनको माटोमा अम्लीयपना

हेटौँडा। बागमती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिनको माटोमा अम्लीयपनाको समस्या देखिएको छ । हेटौँडाको औद्योगिक क्षेत्रमा रहेको माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश, हेटौँडाले माटो परीक्षणका क्रममा माटोमा उच्च अम्लीयपनको समस्या पाएको हो । प्रदेशमा माटो परीक्षणमा करिब ८० प्रतिशत माटोमा अम्लीयपनाको समस्या देखिएको माटो तथा मल...

लागुऔषध गाँजासहित हेटौंडाबाट १ जना भारतीय पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गएराती प्रहरी चौकी लेवत मकवानपुर बाट खटेको प्रहरी टोलिले १ सय ११ केजि लागुऔषध गाँजासहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । प्रहरीले पुर्वपश्चिम सडकखण्ड अन्तर्गत मनहरीबाट बिरगंज तर्फ जादैँ गरेको बा १० च...

हेटौंडा १२ उपनिर्वाचनको मतपेटिका मतगणना स्थल ल्याईयो

हेटौंडा । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा अध्यक्ष पदका लागि भएको मतदानको मतपेटिका मतगणना स्थलमा ल्याईएको छ । आज भएको उपनिर्वानको मतदान सकिएसंगै सबै मतपेटिका हेटौंडा २ स्थित सिदार्थ माविमा ल्याईएको हो। ७ बजे सर्वदलीय बैठक बस्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको...

सकियो हेटौंडा १२ उपनिर्वाचनको मतदान, ६८ प्रतिशत मत खस्यो

हेटौंडा । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा अध्यक्ष पदको लागि जारी मतदान सकिएको छ । बिहान ७ बजे बाट सुरुभएको मतदान साँझ ५ बजे सकिएको हो । दुई वटा मतदान स्थलको ९ वटा मतदान केन्द्रमा ५ हजार ४ सय ८३ जनाले अर्थात ६८ प्रतिशातले...

हेटौंडा १२ उपनिर्वाचन अपडेट : १ बजे सम्म ४ हजार भन्दा बढि मत खस्यो

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा १२ मा अध्यक्ष पदको लागि जारी उपनिर्वाचनमा दिउँसो १ बजेसम्ममा ४ हजार २ सय २३ जनाले मतदान गरेका छन् । दुई वटा मतदान स्थल र ९ वटा मतदान केन्द्रमा हाल मतदान जारी छ । प्रतिभा आधारभुत माध्यामिक विद्यालयीस्थत मतदान केन्द्रमा पुरुष १०६९ र महिला...

हेटौंडा १२ मा वडाध्यक्ष पदका लागि मतदान जारी

हेटौंडा । स्थानीय तह अन्तर्गत हेटौंडा उपमहानगरपालिका १२ मा वडा अध्यक्ष पदको लागि मतदान जारी रहेको छ । मतदान स्थल वरपर नेपाली सेनाको गस्ती, सशस्त्र प्रहरी र जनपथ प्रहरीको सुरक्षाका बिचमा बिहान ७ बजेबाट मतदान भइरहेको छ । गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा विजयी ललितबहादुर घलान...

प्रदेश प्रमुख देवकोटालाई उद्बुद्ध माविको सम्मान

हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई  पाल्पा जिल्लाको पुर्वखोला गाउँपालिका ३  स्थित उद्बुद्ध   माविले सम्मान गरेको छ । बाल्यकालमा सोही बिद्यालय पढ्नु भएका उहाँलाई बागमतीको प्रदेश प्रमुख हुनुभएपछी सम्मान गरिएको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम बहादुर थापाले बताउनु भयो । विद्यालयको ७४ औं बार्षिकोत्सव समारोहमा शनिबार  प्रमुख...

मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

हेटौंडा । मकवानपुरमा आज बिहान भएको दुईवटा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । भुईंमा लत्रिएको तारबाट करेन्ट लागेर र अटो रिक्साको ठक्करबाट एक–एक जनाको मृत्यु भएको हो । मनहरी गाउँपालिका–८ दारिमबास घर भएका ३८ वर्षीय मंगल सिङ प्रजाको बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

हेटौंडा १२ उपनिर्वाचनको मतगणना सिद्धार्थ माविमा गरिने

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१२ को स्थानीय तह उपनिर्वाचनको मतगणना बजार क्षेत्रस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा गरिने भएको छ । १६ मंसिरमा मतदान सकिएपछि मतगणनाका लागि मतपेटिका हेटौंडा–२, स्थित सिद्धार्थ माविमा ल्याइने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । मकवानपुर जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत...