लागुऔषध गाँजासहित हेटौंडाबाट १ जना भारतीय पक्राउ

अखबार हब
२०८१ मंसिर १८, मंगलवार १०:२६

हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

गएराती प्रहरी चौकी लेवत मकवानपुर बाट खटेको प्रहरी टोलिले १ सय ११ केजि लागुऔषध गाँजासहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

प्रहरीले पुर्वपश्चिम सडकखण्ड अन्तर्गत मनहरीबाट बिरगंज तर्फ जादैँ गरेको बा १० च ५३३ नम्बरको पिकअप गाडिमा लुकाई छिपाई ल्याएको अवस्थामा हेटौंडा- ३ तिनताप्के बाट उक्त लागुऔषध गाँजासहित चालक भारतीय नागरिक पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

पक्राउ पर्नेमा चालक देश भारत जिल्ला मोतिहारी चैनपुर ढाका थाना बस्ने बर्ष ३० को महोमद समिर रहेको प्रहरी प्रवक्ता अर्यालले बताए । नियन्त्रणमा लिइएको गाडी र पक्राउ परेको समिमको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*