समाचार
कुटपिटबाट घाईते मकवानपुरका गोपालीको उपचारको क्रममा मृत्यु
हेटौंडा । कुटपिटबाट घाइते मकवानपुरका हिराकाजी गोपालीको उपचारको क्रममा मृत्यु भएको छ । गत पुस ८ गते मकवानपुरको थाहा नगरपालिका वडा नम्बर- १० मा भएको घटनामा परि घाईते भएका मुलगाउँ बस्ने ५३ वर्षिय गोपालिको मृत्यु भएको हो । गोपालीलाई सोही स्थान बस्ने ४७ वर्षिय जयराम गोपालिले कुटपिट गरेर घाइते...
हेटौंडामा सडक खाना महोत्सव
हेटौंडा । हेटौंडामा आजबाट सडक खाना महोत्सव सुरु भएको छ । “सडकमा जाऔं,सडकमा खाऔं, सडकमै रमाऔं” भन्ने मूल नाराका साथ मकवानपुर होटल एशोसिएसनले सडक खाना महोत्सवको आयोजना गरेको हो । हेटौंडा–४ स्थित हुप्रचौरको पूर्व तर्फको सडकमा आजबाट चार दिन सम्म सडक खाना महोत्सव हुने मकवानपुर होटल एसोसिएसनका अध्यक्ष दिलिस गोबिन्द...
मुवाँथाई संघ मकवानपुरको अध्यक्षमा मैनाली
हेटौंडा । नेपाल राष्ट्रिय मुवाँथाई संघ मकवानपुरको अध्यक्षमा प्रविण मैनाली चयन भएका छन् । शुक्रबार हेटौंडाको क्वीक ट्वान्टी होटलमा भएको संघको प्रथम मकवानपुर जिल्ला भेलाले मैनालीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षहरुमा ध्रुबराज ढकाल र बिबेक बजगाई चयन भएका छन् भने सचिवमा रन्जिता विष्ट...
खैरो हेरोइनसहित हेटौंडाबाट ७ जना पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाबाट ७ जनालाई पक्राउ गरेको छ। हेटौंडाको विभिन्न स्थानबाट मकवानपुर प्रहरीले उनीहरुलाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो । बिहीबार राति ९ बजे हेटौंडा–१७ हटिया दाविलेस्थित विदन कुमार भुजेलको घरमा विशेष सूचनाको आधारमा छापा मार्दा २.५४ ग्राम खैरो हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।...
वडाध्यक्ष सिग्देलले मागे सामाजिक संजाल मार्फत सुझाव
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले वडा कार्यालयले सेवा दिने बिषयमा भएका गुनासो टिपाउन अनुरोध गरेका छन् । शुक्रबार सामाजिक संजाल फेसबुक मार्फत अध्यक्ष सिग्देलले वडा कार्यालयकाे तर्फबाट सेवा दिने क्रममा भएका कमजोरी, विकासमा भएका कमिकमजाेरी तथा अनियमिताकाे बारे आवश्यक सुझावकाे लागि अनुराेध गरेका...
मकवानपुरगढी पत्रकार समाजकाे अध्यक्षमा तिमल्सिना
हेटाैंडा । पत्रकारहरूकाे साझा संस्था मकवानपुरगढी पत्रकार समाजकाे अध्यक्षमा रेवतिप्रसाद तिमल्सिना (नवीन) अध्यक्षमा चयन भएका छन् । समाजकाे आज बिहीवार गाउँपालिका केन्द्र मक्राञ्चुलीमा भएकाे प्रथम अधिवेशनले तिमल्सिनाकाे नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे । तिमल्सिना मकवानपुरमा रहेर एक दशक भन्दा लामाे समयदेखि पत्रकारितामा सक्रिय छन् । मकवानपुरगढीमा...
हेटौंडामा चल्यो गोली, एक जना पक्राउ
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित कालिकाटोलमा गोली चलेको छ । मकवानपुर प्रहरीका अनुसार बिहीवार चितवन राष्ट्रिय निकुञ्जबाट आएको नेपाली सेनाको टोलीले गैंडा तस्करीको आशंकामा एकजनालाई पक्राउ गर्ने क्रममा हवाई फायर गरेको हो । पक्राउ गरिएका व्यक्तिलाई नेपाली सेनाको टोलिले लिएर गएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी...
आज ‘क्रिसमस डे’
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाउँदैछन् । यस दिनका अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । उनले मुक्ति, प्रेम र शान्ति दिएको...
तिरतिरे धारामा कारले दियो स्कुटरलाई ठक्कर, एक जनाको मृत्यु
हेटौँडा । हेटौँडा- १ तिरतिरे धारा क्षेत्रमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ । भैसेबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो भने पछाडी बस्ने एकजना महिला घाइते भएकी छिन् । भैसेबाट हेटौँडा आउँदै गरेको बा.प्र ०३–००२ प ७२६७ नंबरको...
ख्रिस्टमसको अवसरमा राक्सिराङमा दुई दिन बिदा
हेटौंडा । इसाई धर्मावलम्बीहरूको महान् पर्व ख्रिस्टमसको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ख्रिस्टमसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । इसाई धर्मावलबीहरूको उल्लेख्य बसोबास रहेकाले गाउँपालिकामा पुस ९ र १० गते दुई दिन सार्वजनिक बिदा दिने...










