समाचार
मनहरीमा फेरि आयो बाघ, स्थानीय आतंकीत
हेटौंडा । मकवानपुरको मनहरीमा बाघ देखिएको छ । नरभक्षी बाघ नियन्त्रणमा लिएको हप्तादिन नपुग्दै आज राती ८ बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ ज्यामिरे खोलामा अर्को बाघ देखिएको हो । शनिबार रातको ८ बजे ज्यामिरे खोलामा बाघ देखिएको मनहरी १ का वडा अध्यक्ष शिवप्रसाद खनालले जानकारी दिए...
प्रेस युनियन मकवानपुरले गर्यो चार जना युनियनकर्मीलाई पुरस्कृत
हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले चार जना प्रेस युनियनकर्मीहरुलाई सम्मानित एवम् पुरस्कृत गरेको छ । शनिबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियन मकवानपुरको वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रममा संस्थापक अध्यक्ष राममणी दाहाललाई नगद १५ हजारसहित स्वर्गीय सितादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कार-२०८१ प्रदान गरिएको छ । त्यसैगरी जनही १०...
चखेल- मातातिर्थ जोड्ने सडक १५ दिन बन्द
हेटौँडा। मकवानपुर र काठमाडौं जोड्ने चखेल-मातातीर्थ सडक स्तरोन्नतिका लागि १५ दिन बन्द हुने भएको छ । मकवानपुरको महालक्ष्मी खोला–मातातीर्थ सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि उक्त सडक बन्द गरिने भएको हो । बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मकवानपुरबाट मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका...
प्याब्सन मकवानपुरमा सुवेदी
हेटौंडा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरको अध्यक्षमा पुनः विनोद सुवेदी सर्वसम्मत चयन भएका छन् । शुक्रबार हेटौंडामा भएको प्याव्सन मकवानपुरको २० औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले सुवेदीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । वरिष्ठ उपाध्यक्षमा राजकुमार नहर्की, उपाध्यक्षमा नविन केसी र...
हेटौंडाका दुई ठुला विद्यालयको टोली बुटवलको कालिका माविमा
बुटवल । हेटौंडाका दुई पुराना र ठूला सामुदायिक विद्यालयलाई एकीकृत (मर्ज) गर्दै मेघा विध्यालय बनाउने लक्ष्य सहितको टोलीले बुटवलमा रहेको कालिका मानवज्ञान विद्यालयको अवलोकन गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा भुटनदेवी माविका अध्यक्ष नवीन सिग्देल सहित आधुनिक मावीका अध्यक्ष समिम खान, प्रधानाध्यापक रामसागर गुरागाई,...
बाल गायक सचिन परियारको निधन
काठमाडौं । कुनै समयका भाइरल बाल गायक सचिन परियारको निधन भएको छ । उनको आज बिहान १० बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । सचिनको उपचारका लागि ठूलो सहयोग रकम पनि संकलन भएको थियो । तर उनका बुबा तेजेन्द्र परियारले संकलित...
हेटौंडामा मनाइयो टोपी दिवस
हेटौंडा। नेपाली संस्कृति, परम्परा र राष्ट्रिय पहिचानको धरोहरका रुपमा रहेको नेपाली टोपीको महत्व र गरिमालाई उच्च राख्दै १२ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस हेटौंडामा र्याली र विशेष कार्यक्रमसाथ मनाइएको छ । कार्यक्रमको आयोजना लियो क्लब अफ हेटौंडा भुटनदेवी सेन्टिनियल, लियो लाइन्स क्लब अफ हेटौंडा स्वर्णिम भविष्य र लियो जिल्ला...
मकवानपुरमा गैडाको आक्रमणबाट स्याङतान घाइते
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ लोथर खोला स्थित गैडाको आक्रमणबाट एक जना घाइते भएको छ । बुधबार बिहान ८:३० बजेको समयम मनहरी गाउँपालिका वडा नम्बर ६ लोथर खोला नजिक घाँस काट्ने क्रममा चितवन राप्ती नगरपालिका वडा नम्बर १ दुबिचौर घर भएकी ७० वर्षीय दिलमायाँ स्याङतानलाई गैडाले...
मनहरीमा मान्छे मार्ने बाघ नियन्त्रणमा
हेटौंडा । मकवानपुरको मनहरि गाउँपालिका-५, बसन्तपुरमा मान्छे र बाख्रा खाएर जंगलतिर भागेको बाघलाई नियन्त्रण लिइएको छ । आफैंले मारेको सिकार खान फर्केको बाघलाई मंगलबार बेलुका नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । पुस १४ गते साँझ घाँस काट्न निस्केकी कान्छीमाया रुम्बालाई घरछेवैमा मारेको र...
मकवानपुरमा भव्यरुपमा मनाइयो तमु ल्होसार
हेटौंडा । मकवानपुरमा बसोबास गर्ने गुरुङ समुदायले आफ्नो विशेष पर्वको रुपमा तमु ल्होछार मनाएका छन् । सोमवार हेटौंडा उपमहानगरपालिका ११ स्थित सहिद स्मारकमा शुभकामना आदान–प्रदानसँगै नाचगान गरेर तमु अर्थात् गुरुङ समुदायको नयाँ वर्ष ल्होछार मनाएका हुन् । तमु ह्युल छोंज धि (गुरुङ राष्ट्रिय परिषद्) मकवानपुरले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले...










