समाचार

सकियो मउवा संघको चुनाव, एजार ८ सय १६ मत खस्यो

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि आज भएको मतदान सकिएको छ । बिहान ९:३० बजे हेटौंडा २ स्थित पल्पसा हलमा सुरु भएको मतदान दिउँसो ४: २५ बजे सकिएको हो । २ हजार ४६ जना मतदाता रहेको संघमा एक हजार ८ सय १६ जनाले मतदान गरेको निर्वाचन...

मनहरी दुर्घटना अपडेट : एकको मृत्यु, १३ घाइते

हेटौँडा । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। शनिबार दिउँसो १ बजेको समयमा मनहरी ६ डिपार्टस्थित पूर्व पश्चिम सडकखण्डमा स्कारपियो र कार ठोक्किँदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा कार चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ स्कुलरोड...

मनहरीमा स्कारपियो र कार ठोक्कियो, ८ जना गम्भीर घाइते

हेटौंडा । मकवानपुरको मनहरीमा स्कारपियो र कार एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । शनिबार दिउँसो १ बजेको समयमा पुर्बपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ डिपार्ट स्थित बिरगंज बाट चितवन तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नम्बरको स्कारपियो...

हेटौंडामा बाघले खायो बाख्रा

हेटौंडा । मकवानपुरको हेटौंडामा बाघले बाख्रा खाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१३ आलदममारका पुर्णसिंह लोप्चनको गोठमा रहेको बाख्रा बाघले खाएको हो । गएराति हेटौंडाको आलदमार स्थित पुर्ण सिंह लोप्चनको गोठमा जंगली जनावर बाघले बाहिरबाट तानेर आधा खाएको र आधा बाँकी राखेको अवस्थामा बाख्रा फेला परेको मकवानपुर प्रहरीले जनाएको...

आज मकवानपुरमा उद्योग – व्यापारीको चुनाव, २१ पदका लागि ४२ जना उम्मेदवार

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदैछ । कुल २८ पदका लागि बिहीवार साढे १० बजेदेखि १२ बजेभित्रमा ४९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । ७ जना निर्विरोध निर्वाचित भएपछि बाँकी २१ पदमा ४२ जना उम्मेदवारबिच निर्वाचन हुने भएको हो । संघको ३ वर्षे...

हेटौंडाको १८ नम्बर वडा बालमैत्रीवडा घोषणा हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १८ निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि ४ माघमा निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागेको जानकारी गराएको हो । वडा सदस्य योगराज खतिवडाले...

४५ जनाले लिए सिप्रदीको बिएसफोर तालिम

हेटौंडा । नेपालका लागि टाटा मोटर्सको बिक्रेता सिप्रदी ट्रेडिङ्ग चितवन शाखाले मेकानिकलहरुलाई बिएसफोर सम्बन्धि तालिम दिएको छ । बिहिवार चितवन शाखाले जिल्लाका ४५ जनाभन्दा बढी आफ्ना मेकानिकलहरुको क्षमता अभिवृद्धिका निम्ती तालिम दिएको हो । सिप्रदी चितवन शाखाले पहिलो तालिम पर्सा खैरहनीमा बिहान ८ बजेदेखि १२ बजे सम्म भएको थियो...

उद्योग महिला आरक्षण सदस्य पदमा टेलरिङ्ग व्यवसायी श्रेष्ठको उम्मेदवारी

हेटौंडा । बिगत १२ बर्षदेखि मकवानपुरमा रहेर टेलरिङ्ग व्यवसाय गर्दै आउनुभएकी युवा व्यावसायी मेनका श्रेष्ठले मकवानपुर उद्योग बाणिज्य संघको उद्योगतर्फ महिला आरक्षण सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । घरबाटै टेलरिङ्ग व्यावसाय सुरुवात गर्नुएभएकी श्रेष्ठले २०६३ देखि विभिन्न संघ सस्थाको सहकार्यमा टेलरिङ तालिम सञ्चालन गर्दै आउनुभएको छ । उहाँले...

हेटौंडा बसपार्कको होटलमा मृत भेटिए शाह

हेटौंडा । मकवानपुरको हेटौंडा बसपार्कको एक होटलमा एकजना पुरुष मृत फेला परेका छन् । हेटौंडा-१० बसपार्कमा रहेको चण्डीका होटलमा राक्सिराङ गाउँपालिका वडा नम्बर-४ का २८ वर्षीय सरोज शाह मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त होटलको कोठा नम्बर १०२ मा बसेका शाह बिहान अबेरसम्म ढोका नखोलेर...

मकवानपुरमा बढ्यो ट्राफिक उल्लंघनको घटना, ६ महिनामा १६ हजार सवारी कारबाही

हेटौंडा । मकवानपुरमा ट्राफिक नियम उल्लंघनका घटनामा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ६ महिनामा अवधिमा १६ हजार ३ सय २१ वटा सवारी साधनलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि पुस १८ गतेसम्म ट्राफिक नियम उल्लंघनका गर्ने सवारी साधनलाई कारबाही...