समाचार

भीमफेदीको मान्डु खोलाको पक्की पुल सञ्चालन

हेटौंडा । भीमफेदी गाउँपालिका–६ स्थित मान्डु खोलामा निर्मित पक्की पुल आजदेखि सञ्चालनमा आएको छ। पुलको बुधबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले उद्घाटन गरेका हुन्। पुल निर्माणपछि हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको मार्ग भैँसे–भीमफेदी–कुलेखानीको यात्रा सहज हुने भएको छ। प्रदेश यातायात पूर्वाधार निर्देशनालयको १२ करोड ३० लाख ३९ हजार...

मकवानपुरगढीको डुम्रेकुनामा माघबाट श्रीमद्भागवत महायज्ञ

हेटौंडा । मकवानपुरगढी गाउँपालिका ६ नम्बर वडाको केन्द्र डुम्रेकुनामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव हुने भएको छ । डुम्रेकुना बजारको मध्यभागमा अवस्थित जालपा/जलेश्वर मन्दिर परिसरमा २ माघदेखि १० गतेसम्म महायज्ञ हुने भएको हो । मन्दिरको भौतिक संरचना निर्माणार्थ पण्डित रामचन्द्र तिमल्सिना र १०८ महायज्ञका अभियानकर्ता हरिचन्द्र तिमल्सिनाबाट...

अग्रवाल र रानाभाट प्यानल बनाएर भिड्दै (नामावलीसहित)

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधारणसभा तथा अधिवेशनमा आजदेखि हेटौंडामा सुरु हुँदैछ । २४ देखि २७ पुससम्म हुने साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । संघको ३ वर्षे कार्यकालको नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र वर्तमान उपाध्यक्ष प्रमोद सिंह रानाभाट प्यानल बनाएर चुनावी मैदानमा उत्रिँदै...

चाइनिज कम्पनीले भुक्तानी नदिएपछि मकवानपुरका निर्माण व्यवसायी समस्यामा

हेटौँडा । चाइनिज कम्पनी पोलीछाङ्दाले काम गरेको रकम भुक्तानी नदिएपछि मकवानपुरका निर्माण व्यवसायी समस्यामा परेका छन । काठमाडौँ–तराई–मधेस द्रुतमार्गको प्याकेज नं. २ स्थित चालिसे डाँडामा माटो कटिङ गरेका मकवानपुरका आधा दर्जनबढी निर्माण व्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका हुन । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गको ठेक्का लिएको चाइनिज कम्पनीले नेपाली...

तिब्बत केन्द्रबिन्दु भएर गयो भुकम्प, क्षतिको विवरण आउन बाकी

हेटौंडा । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको...

मउवा संघ निर्वाचन : यस्तो बन्यो अनिल अग्रवालको प्यानल !

हेटौंडा । आसन्न मकवानपुर उद्योग वाणिजय संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रत्यासी अनिल अग्रवालले आफ्नो प्यानल घोषणा गरेका छन् । सोमबार साँझ व्यबसायिहरुको भेलामा उनले आफ्नो प्रतिबद्धतासँगै सिङ्गो टिम घोषणा गरेका हुन् । अग्रवाल मकवानपुर उद्योग वाणिज्य संघको हालका बरिष्ठ उपाध्यक्षसमेत हुन् । प्रत्येक पदमा प्रत्यक्ष निर्वाचन हुने गरी...

कामको स्वमुल्याङ्कन हुनु आवश्यक : प्रदेश प्रमुख देवकोटा

धुलिखेल । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बिगत र चालु बर्षमा गरेका कामहरूको स्वमुल्याङ्कन हुनु आवश्यक रहेको बताउनु भएको छ । उपलब्धी बस्तुगतरूपमा मापन गर्न सकियो भने त्यो उच्चतम हुने बताउनुहुँदै आफूले सम्पादन गरेका कार्यहरू गर्व गर्न लायक होस भनेर लागिपर्न उहाँले प्रेरित गर्नुभयो । सोमबार काभ्रेपलान्चोक जिल्ला...

शैक्षिक गुणस्तर बृद्वि गर्न भुटनदेविको भ्रमणमा ईन्द्रसरोवरका टोली

हेटौंडा । हेटौंडा -४ मा रहेको जिल्लाकै पुरानो सामुदायिक विद्यालयको इन्द्रसरोवर गाउँपालिकाको प्रध्यानध्यापक तथा शिक्षा शाखाको टिमले भ्रमण गरेका छन । इन्द्रसरोवर गाउँपालिका सातवटा सामुदायिक बिद्यालयका प्रअ र शिक्षा शाखाका कर्मचारीले हेटौंडाका चारवटा सामुदायिक बिद्यालयकाे अध्ययन अवलोकन तथा भ्रमण गरेका हुन । यहाँको सामुदायिक बिद्यालयमा भएका असल अभ्यास, शैक्षिक...

लागुऔषध गाँजासहित राक्सिराङका थोक्रा पक्राउ

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ सिम्पानीबाट लागुऔषध गाँजासहित एक जना पक्राउ परेको छ । मकवानपुर प्रहरीले मनहरीको सिम्पानी देवकोट सामुदायिक वन स्थित देवकोटा क्षेत्रबाट शनिबार दिनको ३ बजेको समयमा ५ केजि लागुऔषध गाँजासहित पक्राउ गरेको हो । सिम्पानी देवकोट सामुदायिक वन स्थित देवकोटबाट सिम्पानीतर्फ पैदल हिडिरहेको...

विषादी व्यवसायी संघको प्रथम अधिवेशन सम्पन्न, अग्रज व्यवसायी सम्मान

हेटौंडा । विषादी व्यवसायी संघ नेपाल (PEAN) मकवानपुर शाखाको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पुन: सुबास मल्ल ठकुरीको नेतृत्वमा नयाँ  कार्यसमिति गठन गरेको छ । संघको उपाध्यक्षमा निराजन बर्तौला, सचीव नेत्र ढुङ्गेल र कोषाध्यक्षमा कुशराज अधिकारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा राधाकृष्ण श्रेष्ठ, विश्वराज...