समाचार
मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं । साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ५०र५० हजार रूपैयाँ धरौटी मागेको हो । प्रसाईँले एक लाख रूपैयाँ धरौटी बुझाउनुपर्ने छ । साइबर सम्बन्धी दुईवटा कसुरमा एकसाथ थुनछेक...
बागमती नदीको किनारमा तीन वटा शव फेला
हेटौंडा । मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर–१० मन्थली स्थित बागमती नदीको किनारमा तीन वटा शव फेला परेका छन् । स्थानीय बासिन्दाहरूले बागमतीमा माछा मार्न जाने क्रममा उक्त शव देखेको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताए । एउटा महिला र दुई वटा पुरुषको शव फेला परेको उनले बताए ।...
कैलाश गाउँपालिकामा किशोरी सुरक्षा तथा आत्मरक्षा सीप विकास तालीम
हेटौंडा । कैलाश गाउँपालिकामा तीन दिने किशोरी सुरक्षा तथा आत्मरक्षा सीप विकास तालीम सम्पन्न भएको छ । असोज १० गतेदेखि १२ गतेसम्म सञ्चालन भएको तालिममा पालिका भित्रका ४८ वटा विद्यालयबाट १/१ जना शिक्षकको सहभागिता रहेको थियो । तालिममा विद्यालय उमेरका बालबालिकाहरुको सुरक्षा र आत्मरक्षा सीप विकाससम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण...
चणिकलाललाई डेढलाख नगदसहित सम्मान गर्ने
हेटौंडा। ललितपुर नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले डेढलाख नगदसहित सम्मान गर्ने भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए । काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले...
पहिरोमा परि मृत्यु भएका ३ खेलाडीको शव हेटौंडा ल्याइयो
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकरमा शनिबार आएको पहिरोमा परी मृत्यु भएका मकवानपुरका फुटबलरको शव सोमबार बिहान हेटौंडा ल्याइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को युथ–१४ एकेडेमीमा रहेका ४० जनामध्ये खेलाडीमध्ये ६ जनाको पहिरोले पुरिएर मृत्यु भएको थियो । काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम गरी मृतक खेलाडीको...
स्वास्थ मन्त्री एम्बुलेन्स लिएर विपत्ति स्थलमा, उद्दारमा आफै खटीए
हेटौंडा। बागमती प्रदेशका स्वास्थ मन्त्री किरण थापा एम्बुलेन्स लिएर प्राकृतिक प्रकोपमा परि घाईते भएको घटनास्थल पुग्नुभएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरोमा परेर घाइते भएकाहरुको उपचारका लागि अस्पताल पुर्याउन समस्या भइरहेकाहरुका लागि एम्बुलेन्स लिएर मन्त्री थापा सूर्यविनायक-८ र ९ को सिमाना नैचाल पुगेर घाइतेको उद्वार गर्नुभएको छ।...
कृषि क्षेत्रको क्षतिको विवरण उपलब्ध गराउन कृषि मन्त्रीको निर्देशन
हेटौंडा । बागमती प्रदेशको कृषि तथा पशुपन्छीं विकास मन्त्रालयले अविरल बर्षाका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । आइतबार (आज) प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्रदेशमा भएको कृषि तथा पशुपन्छीको क्षतिको विवरण संकलन गरी राहत एवंम् क्षतिपूर्ति वितरण गर्न क्षतिको...
पहिरोमा पुरिएका एन्फा सिस्नेरी एकेडेमीका ६ बालकको शव भेटियो
हेटौंडा । मकवानपुरको सिस्नेरीमा पहिरोमा परि बेपत्ता भएका सबै ६ जना विद्यार्थीको शव भेटिएको छ । सिस्नेरी नजिकको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना एन्फा सिस्नेरी एकेडेमीका बालकमध्ये शनिबार बिहान पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका थिए । उनीहरु सबैको शव भेटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले...
पहिरोमा परेर एन्फा सिस्नेरी एकेडेमीका पाँच विद्याथी पुरिए, तीनको शव फेला पर्यो, दुई अझै बेपत्ता
मकवानपुर । मकवानपुर सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका पाँच विद्यार्थी पहिरोमा पुरिएका छन । बिहीबार देखि अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी गराए । ‘कुलेखानीको पानी ओभर फ्लो भयो । पाँच विद्यार्थीले छोटो बाटो रोजेर...
सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा
हेटौंडा । अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए । बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण...









