समाचार

स्रोत नखुलेको ४६ हजार बिदेशी मुद्रासहित ३ जना भारतिय नागरिक पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले स्रोत नखुलेको बिदेशी मुद्रासहित ३ जना भारतिय नागरिक पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक बिश्वराज खड्काको प्रहरी टोलिले हेटौंडा भैंसे सडक खण्ड अन्तर्गत चोकीटोलबाट स्रोत नखुलेको ४६ हजार बिदेशी मुद्रासहित ३ जना भारतिय नागरिकलाई पक्राउ गरेको हो । आइतबार रातको ८:...

सिनामंगलको होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । सिनामंगलस्थित एक होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । प्रकाश सन्यास आश्रम जाने बाटोमा रहेको होटल जन्मभूमिको एउटै कोठामा एक युवक र युवती मृत भेटिएका हुन् । उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ । मृत भेटिएकामा सुनसरी जिल्ला ठेगाना भएका करिव २५-२६ वर्ष उमेरका...

प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना, अवस्था सामान्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओलीले अस्पतालमा बुबालाई भेटेको फोटो फेसबुकमा पोस्ट गर्दै बुबालाई काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीले बुबालाई फोक्सोसम्बन्धी समस्या भएर उपचार भइरहेको र अहिले स्वास्थ्य स्थिति सामान्य...

दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन थुनामै रहने भएका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।...

हेटौंडामा जलवायु वित्त सम्बन्धी जनप्रदर्शनी

हेटौंडा । हेटौंडामा जलवायु वित्त सम्बन्धी जनप्रदर्शनी भएको छ । अजरबैजानको बकुमा भइरहेको सिओपी २९ ग्लोबल डे अफ एक्सन २०२४ को अवसरमा शनिबार हेटौंडामा न्यायपूर्ण जलवायु वित्तको ७ बुँदे माग गर्दै जनप्रदर्शन गरिएको हो । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यता तथा आयोजक कमिटीका अलिशा मुलामीको सभाध्यक्षमा...

शिक्षकलाई गोली हानेको घटनामा एक जना पक्राउ

हेटौंडा । मकवानपुरका शिक्षकमाथि गोली प्रहार गरेको घटनामा संलग्नको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले सोमबार सर्लाहीको बागमती नगरपालिका–७ तुफानपुर घर भएका ३० वर्षका परमानन्द भन्ने विजनन्दन ठाकुरलाई पक्राउ गरेको हो । उनलाई ५ दिन हिरासतमा राख्न सिन्धुली जिल्ला अदालतबाट अनुमति लिएको...

हेटौँडामा पेट्रोल ट्यांकरको टायर पड्किएर एकको मृत्यु, पाँच घाइते

हेटौँडा । हेटौँडामा पेट्रोल ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पेट्रोल बोकेको ट्यांकरको टायर मर्मत गर्ने क्रममा टायर पड्किएको हो । घटनामा परेर मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर-११ थानाभर्‍याङमा टायर मर्मत पसल सञ्चालन गर्दै आएका भारत घर भएका ३४...

तुलसीको दामोदरसँग विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

काठमाडौँ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज...

रवि लामिछानेलाई पोखराबाट रुपन्देही लगिंदै

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देहीको बुटवल लगिंदै छ । बुद्ध एयरको बिहान सात बजेको उडानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लैजाने तयारी छ । तर, विमानस्थलमा कुहिरो लागेकाले उडान ढिला भएको कास्की प्रहरी प्रमुख...

आज मकवानपुरको त्रिखण्डी, गढी र ऋषेश्वरमा मेला

हेटौंडा । हरिबोधनी एकादशीको दिन आज मकवानपुरको विभिन्न स्थानमा रहेको मन्दिरमा मेला तथा जात्रा लागेको छ । कात्तिक शुल्क एकादशीको दिनमा भगवान विष्णुको प्रतिकको रुपमा तुलसीको दामोदरसँग विवाह तथा विशेष पूजा गरी मनाइने हरिबोधनी एकादशी पर्वमा हरेक वर्षझैँ यस बर्ष पनि मकवानपुरको विभिन्न स्थानमा रहेको मन्दिर परिसरमा मेला तथा...