समाचार
अवैध ४९ लाखसहित भारतीय पक्राउ
कलैया । बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटी गएको प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई नगदसहित पक्राउ...
हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी, जलविद्युत् आयोजनाका एक सय ५० मजदुर वेपत्ता
काठमाडौं । भारतको उत्तराखण्डमा हिमताल फुटेर ठूलो बाढी गएको छ । चमोली जिल्लाको जोशीमठमा हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको बीबीसी हिन्दीले जनाएको छ । हिमताल फुटेपछिको नदीमा आएको बाढी विभिन्न गाउँमा पसेको र घरहरूमा क्षति गरेको खबरमा उल्लेख छ । हिमताल फुटेको सूचना पाएपछि प्रहरीसहित जिल्ला प्रशासन कार्यालयको...
बिराटनगरमा पनि आकाशे पुल, २ करोड ३९ लाख लागत
विराटनगर । विराटनगर महानगरपालिकाले दुई करोड ३९ लाख लागतमा एकैसाथ तीन आकाशे पुल निर्माण गर्ने भएको छ । विराटनगर महानगरपालिकामा सवारी साधनको चाप बढ्न थालेपछि यातायता सुगमताका लागि आकाशे पुल निर्माण गर्ने अवधारणा ल्याएको हो । नगर क्षेत्रको धरान–विराटनगर सडकखण्डको कञ्चनबारी चोक, बरगाछी चोक र भट्टी मोड ९घाँसचोक० गरी...
नेपाल टेलिकमः ५३.६५ प्रतिशत बजार हिस्सा, आक्रामक विस्तारको रणनीति
काठमाडौं । ‘७७ जिल्लामा फोरजी, ४२ जिल्लामा एफटिटिएच सेवा, कोरोना कालमा पनि ३२ अर्ब ९८ करोडको व्यापार, ९ अर्ब ७४ करोड खुद नाफा आर्जन । राज्यलाई ३५ अर्ब ५ करोड रुपैयाँ कर तिर्ने कम्पनी ।’, अर्थात राष्ट्रको सञ्चार नेपाल टेलिकम । २०६० साल माघ २२ गते कम्पनीमा रुपान्तरण भएको...
भागरथी भट्टको हत्यारालाई तुरुन्त कारवाही गरः माधव-प्रचण्ड
काठमाडौं । नेकपा अध्यक्षद्धय माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले बैतडीकी किशोरी भागरथी भट्टका हत्यारालाई तुरुन्त पक्राउ गरि कारवाही गर्न सरकारसँग माग गरेका छन् । अध्यक्षद्धयले शनिबार विज्ञप्ति निकाल्दै किशोरीको विभत्स हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरि कडा भन्दा कडा कानुनी कारवाही गर्न सरकारसँग अनुरोध गरेका हुन् । कञ्चनपुरकी...
रुरु जलविद्युत परियोजनाले १२० रुपैयाँ कित्ताको आइपीओ निष्काशन गर्न अनुमति पायो
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । आयोजनालाई नेपाल धितोपत्र बोर्डले प्रति कित्ता १२० रुपैयाँमा आइपीओ निष्काशन गर्ने अनुमति पाएको हो । रुरुले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि प्रति कित्ता एक सय रुपैयाँ दरका ४ लाख ७ हजार ७ सय ५ कित्ता...
उद्यमशिलताको बाटोमा महिलाहरु, बढाउँदै ठूला व्यवसायीक क्षेत्रमा लगानी
भक्तपुर । भक्तपुरको पर्यटन तथा होटल व्यवसायमा महिलाहरुको लगानी बढ्न थालेको छ । महिलाहरुले संयुक्त लगानीमा ठूला व्यवसाय शुरु गर्न थालेका छन् । यसको नमूनाको रुपमा आजदेखि मध्यपुरथिमि नगरपालिका–४ राधेराधेमा दुई करोड रुपैयाँको संयुक्त लगानीमा ‘मिल मि’ रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ । ‘मिल मि’ को शनिबार पूर्वमन्त्री...
एक वर्षदेखि तलब नपाएपछि भेरि बबई आयोजनाका कर्मचारी आन्दोलनमा, काम रोकियो
काठमाडौं । भेरी बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको परामर्शदाता कम्पनीमा कार्यरत कर्मचारीले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । विगत एक वर्षदेखि पटकपटक कम्पनीको ध्यानाकर्षण गराउँदासमेत पारिश्रमिक नपाएको भन्दै कर्मचारी आयोजनास्थलमा हडतालमा उत्रेका छन् । पारिश्रमिक नपाउने कर्मचारीमा कम्पनीका डेपुटी टिम लिडरदेखि सहयोगी कर्मचारी र चालकसमेत गरी १९ जना छन् ।...
भारतपछि चीनले पाँच लाख डोज कोरोना खोप अनुदानमा दिँदै
काठमाडौं । चीनले नेपाललाई पाँच लाख डोज कोरोना खोप उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र चिनियाँ विदेश मन्त्रीबीच भएको टेलिफोन वार्तामा चिनियाँ विदेश मन्त्रीले नेपाललाई पाँच लाख डोज कोरोना खोप उपलब्ध गराउने सहमति बनेको हो । चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाललाई पाँच लाख डोज...
पोखराबासीको प्यास मेटाउने मदीखोला खानेपानी आयोजनाको काम, पाँच अर्ब लगानी
पोखरा। कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीबाट प्रभावित पोखरा खानेपानी सुधार आयोजनाको काम अहिले पूर्ण क्षमतामा भइरहेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को पाँच अर्ब रूपैयाँ अनुदान सहयोगमा पोखराका लागि निर्माणाधीन खानेपानी आयोजना लगानीका हिसाबले देशकै दोस्रो ठूलो हो। बन्दाबन्दीपछि ठप्प कामले यतिबेला पुनः तीव्रता पाएको छ। कोरोनापछिको दुई...









