समाचार
नेप्सेमा दोहोरो अङ्कको गिरावट, चन्द्रागिरिको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । शेयर कारोवार हुने साताको अन्तिम दिन नेप्से २१.२९ अङ्कले घटेर दुई हजार ५४८।९६ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.६४ बिन्दुले घटेर ४५०.३१ मा ओर्लेको छ ।...
पानीको सतह घटेको भए पनि विद्युत् उत्पादनमा कुनै अवरोध नआउने
मकवानपुर । इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको इन्द्रसरोवर जलाशयमा वर्षात्को समयमा पर्याप्त पानी नपर्नका कारणबाट ग्याप भरिन नसकेको भए पनि नियमित विद्युत् उत्पादन गर्ने कार्यमा कुनै अवरोध नहुने कुलेखानी जलविद्युत् आयोजनाले जनाएको छ । कुलेखानी जलविद्युत् प्रथम आयोजनाका प्रमुख धीरेन्द्रप्रसाद चौधरीले आज रासससँग सङ्क्षिप्त कुराकानी गर्दै इन्द्रसरोवर जलाशयमा आज अपराह्नसम्ममा...
बैंकका कर्मचारीलाई २०७८ सालामा ३४ दिन सरकारी बिदा, कुन महिना कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीले २०७८ सालमा पाउने बिदाको सुची सार्वजनिक गरेको छ । जसअनुसार २०७८ सालमा बैंकका कर्मचारीले ३४ दिन सरकारी बिदा पाउने भएका छन् । बिहीबार राष्ट्र बैंक जन शक्ति व्यवस्थापन विगागले सुचना जारी गर्दै २०७८ सालमा बैंक तथा वित्तीय संस्था र...
आन्तरिक पर्यटकलाई पोखरामा छुटैछुटका अफर, ‘पासपोर्ट टु पोखरा’ले गुल्जार हुने अपेक्षा
पोखरा । आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटिआरसी) गण्डकीले कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन ‘स्क्राच एण्ड वीन’ मार्फत ‘पासपोर्ट टु पोखरा’ अफर ल्याउने तयारी गरेको छ । पोखरामा आन्तरिक पर्यटकको आगमन दर बढाउन र पर्यटकलाई आकर्षित गर्नका लागि ‘स्क्राच एण्ड वीन’ मार्फत सो अफर ल्याउन लागिएको समितिका संयोजक अग्नि...
अनेरास्ववियुको अध्यक्ष बने सुदेश पराजुली, अरु को को आए नेतृत्वमा ?
काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुह निकट अनेरास्ववियुको अध्यक्षमा सुदेश पराजुली चयन भएका छन् । चैत १० गते आयोजीत राष्ट्रिय कार्यकर्ता भेलाले पराजुलीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । अनेरास्ववियुको सह अध्यक्षमा वसिम आलम चयन भएका छन् । महासचिवमा आरती लामा चयन भएकी छिन् । उपाध्यक्षहरुमा...
पूर्वतयारी गरेपछि मात्र ठेक्का लगाउन समितिले पहिल्यै भनेको होइन ?
काठमाडौं । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले आयोजनाको पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउन यस अघि दिइएको निर्देशनलाई कडाईका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकमा हनुमन्ते कोरिडोरको हालसम्मको कार्यप्रगतिको सम्बन्धमा छलफल गरेपछि समितिले मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । समितिका निर्णयहरु सुनाउँदै...
बीमा विधेयकमा संसदीय अर्थ समितिमा छलफल
काठमाडौ । बीमा प्रणाली र बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय तुल्याई बीमितको हकहित संरक्षण गर्ने उद्देश्यले सङ्घीय संसद्ले बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरी बनाएको विधेयकमाथि शृङ्खलाबद्ध छलफल भइरहेको छ । संसद् विघटन बदरपछि बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि अर्थ समितिमा पुनः छलफल प्रारम्भ...
सम्झौता अवधिभन्दा दुई महिनाअघि नै निर्माण सम्पन्न
खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको भवन निर्माण कम्पनीले सम्झौता अवधिभन्दा अगाडि नै निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गरेको छ । सम्झौताअनुसार आगामी जेठ १६ गते सक्नुपर्ने भवनको काम निर्माण कम्पनी प्रतिष्ठा कन्स्ट्रक्सन प्रालि काठमाडौँले यही चैत पहिलो हप्ता सम्पन्न गरेर मङ्गलबार औपचारिकरूपमा स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको...
पठाओको ज्याकेट लगाए ‘कारबाही’
काठमाडौं । पठाओ नेपालले आफ्ना राइडरलाई पठाओ लेखेको ज्याकेट नलगाउन उर्दी गरेको छ । अफलाइन राइडलाई निरुत्साहित गर्न भन्दै पठाओले ज्याकेट नलगाउन भनेको हो । पठाओले अर्को सूचना नआएसम्म पठाओको लोगो झल्कने कुनै पनि कपडा नलगाउन भनेको छ । सूचना बेवास्ता गरी अनलाइन राइडरले ज्याकेट लगाएमा कम्पनीले कारवाही गर्ने...
‘डिजाइन काठमाडौंँ कन्टेष्ट’ हुँदै, उत्कृष्ठलेले १० हजार पुरस्कार पाउने
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)सँगको सहकार्यमा रिभोसाइन्स मिडियाले कक्षा १०, ११ र १२ का विद्यार्थीका लागि ‘डिजाइन काठमाडौंँ कन्टेष्ट’ आयोजना गर्ने भएको छ । नेपालभरबाट अनलाइन माध्यमबाट सहभागी हुन पाइने बौद्धिक क्षमता प्रतिस्पर्धामा आगामी वैशाख २० गतेसम्म सहभागीले निःशुल्क रुपमा आवदेन दिन सक्नेछन् । प्रतिस्पर्धीले ‘डिजाइन...










