समाचार
अप्टिकल फाइबर काटियो, दुई जिल्लाको सेवा बन्द
बैतडी । अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलामा चार दिनदेखि नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध छ । बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध भएको हो । सोमबार उक्त क्षेत्रमा अप्टिकल फाइबर काटिएको टेलिकम बैतडीले जनाएको छ । तीन दिनदेखि जिएसएम मोबाइल तथा...
मुम्बाईको कोभिड अस्पतालमा आगलागी नौको मृत्युृ
मुम्बाई । भारतको मुम्बाई शहरमा रहेको कोभिड–१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुने व्यक्तिको संख्या नौ पुगेको छ । अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ । बिहीबार राती भएको यस आगलागीमा परेका अन्य छ जनाको शव निकालिएपछि मृतकको संख्या नौ पुगेको प्रहरी उप निरीक्षक प्रशान्त कदमले बताएका छन्...
दुई हजार हेक्टरमा डढेलोः धुवाँले आँखा पोल्ने समस्या
नवलपुर । जिल्लाका विभिन्न सामुदायिक वनमा लागेको आगोले यस क्षेत्रको वायुमण्डल धुवाँले ढाकेको छ । यहाँ रहेका सामुदायिक वनमा लागेको आगोले जिल्लाको सबैजसो क्षेत्रमा अहिले धुवाँमय भएको छ । नवलपुरका अहिले करीब दुई हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी शिव श्रेष्ठले बताए ।...
चीनद्वारा बेलायती नागरिक र संस्थामाथि प्रतिबन्धहरु घोषणा
बेइजिङ । चीन विरोधी अभियानमा संलग्न रहेको आरोपमा केही बेलायती नागरिक एवं संस्थामाथि चीनले शुक्रबार प्रतिबन्धहरु घोषणा गरेको छ । खासगरी चीनको मुस्लिम बहुल जिनजियाङ क्षेत्रमा मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै युरोपेली युनियन र बेलायतले केही चिनियाँ पदाधिकारीमाथि प्रतिबन्धहरु लगाएको विरोधमा चीनले यस्तो कदम चालेको हो । चीनको विदेश...
ज्योति लाइफको आईपीओ बाँडफाँड
काठमाडौं । ज्योति लाइफको आईपीओ बाँडफाँड भएको छ । शुक्रबार आयोजित एक कार्यक्रममाझ कम्पनीको सेयर बाँडफाँड भएको हो । आईपीओको नतीता सीडीएससीको आईपीओ रिजल्ट वेभसाइटबाट हेर्न सकिन्छ । http://iporesult.cdsc.com.np/
मार्सी धानको खेती शुरु, कसरी गरिन्छ त मार्सी खेती
जुम्ला । जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये मार्सी खेती शुरु भएको छ । नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ भएको छ । यहाँका किसानले बिहीबारदेखि मार्सी धानको बीउ राखेका छन् । धानको बीउ बोराको पानीमा भिजाएर...
भारतमा पुन: सुरुभयो कारोना कहर एकै दिनमा ५९ हजार भन्दा बढी सङ्क्रमित
नयाँ दिल्ली । भारतमा ५९ हजार ११८ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख ४६ हजार ६५२ पुगेको मन्त्रालयले बिहीबार जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५७ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ९४९...
नौ सय खाद्य वस्तुको नमूना परीक्षण, ७६ मुद्दा दर्ता
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महीनाको अवधिमा ८८१ वटा वस्तुुको नमूना परीक्षण गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार अनुगमन तथा निरीक्षण गर्दा विभिन्न स्थानबाट दुई हजार बढी वस्तुको नमूना सङ्कलन गरेको थियो । विभाग मातहतका ४३ कार्यालयबाट बजार निरीक्षण तथा...
वन डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट, थप विवरण आउन बाँकी
भोजपुर । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगालागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर...
थारु समुदायको माग सम्बोधन गर्न वार्ता टोली बनाउँछौँ : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले थारु समुदायले राखेका माग सम्बन्धमा छलफल गर्न मन्त्रिपरिषद् बैठकले वार्ता टोली गठन गर्ने जानकारी दिए । माइतीघर मण्डलामा विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट/थारुवान् संयुक्त सङ्घर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले टीकापुर घटनालगायत थारु समुदायले राखेका १९ बुँदे...








