समाचार
सामाजिक सुरक्षा कोषद्वारा पाँच करोड दाबी भुक्तानी
काठमाडौं । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै पाँच करोड भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत १ हजार ४ सय ३५ योगदानकर्तालाई ४ करोड ७३ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ...
वायु प्रदूषणका कारण देशभरका शिक्षण संस्था ४ दिन बन्द
काठमाडौं । गत शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बढेको वायु प्रदूषणका कारण नेपाल सरकारले देशैभरको शिक्षण संस्था भोलि देखी ४ दिन बन्द गर्ने निर्णय गरेको छ । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै देशभरका शिक्षण संस्था ४ दिन बन्द...
अब ७७ बटै जिल्लामा स्वास्थ्य बीमा
काठमाडौं । सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बीमा बोर्ड लागू गर्न थालेको छ । विसं २०७२ बाट शुरु भएको बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो । यही चैत २५ गते छ जिल्लामा शुभारम्भ र त्यसपछि काठमाडौँ तथा ललितपुरमा लागू...
स्वेज नहरमा अड्किएको कार्गो पानीजहाजलाई किनारामा सार्न सफलता
स्वेज । स्वेज नहरको एक किनारामा धसिएर अरु जहाजको आवातजावत नै बन्द गराएको एउटा विशाल कार्गो पानीजहाजलाई इन्जिनियरहरुले बल्लतल्ल मूल जलमार्गतर्फ नै आंशिक रुपमा सार्न सफल भएका छन् । नहरको रेखदेख गर्ने निकायले उक्त जहाजलाई कहिले मूल जलमार्गमा छाडिनेछ भन्ने विस्तृत विवरण भने दिएका छैनन् । म्यारिन–ट्राफिक डट कमले...
जङ्गली हात्तीको आतङ्क
झापा । विगत आठ दिनदेखि मकैबारीमा बसेर नोक्सान गरिरहेका सात जङ्गली हात्तीका कारण झापा गाउँपालिका–५ का बासिन्दा आतङ्कित भएका छन् । मकै जोन क्षेत्रका रुपमा रहेको सो ठाउँमा पसेका हात्ती खेदाउन नसक्दा मानिस आतङ्कित भएका हुन् । डिभिजन वन कार्यालयका प्रमुख युवराज मास्केले घना मकैबारी बीचमा सातवटा हात्ती बसेकाले...
खोरमा हुर्किँदै गरेकी १५ महिने पुष्पा
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रबाट उद्धार गरेर ल्याइएको ‘पुष्पा’ मानिसको अभिभावकत्वमा हुर्किँदै आएकी छिन् । पुष्पालाई साढे १४ महिनाअघि चितवन राष्ट्रिय निकुञ्जमा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को तमासपुर क्षेत्रबाट उद्धार गरेर ल्याइएको थियो । माउसँग बिछोडिएकी दुर्लभ एकसिङ्गे गैँडाको बच्चा (केटी) पुष्पालाई गत वर्षको माघ ३ गते उद्धार गरिँदा...
अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । पर्यटन विभागले ठेक्कामार्फत अन्नपूर्ण, नीलगिरि र तिलिचो पिक हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु गरेको हो । विभागका इञ्जीनियर सचिन्द्रदेव यादवले रु दुई करोड ५० लाखमा ठेक्का लिएको थानी–एनबी जेभीले पदमार्ग...
डोल्पामा सडक खन्ने दुई डोजरमा आगजनी
डोल्पा । ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ । नगरपालिकाको केन्द्र जुफालबाट वडा नं ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे१क ४६३६ र भे१क १२९४ नंका दुईवटै डोजरमाथि अज्ञात समूहद्वारा आगजनी गरिएको प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।...
रातो हाब्रे तस्करी: सोलुखुम्बुबाट थप दुई पक्राउ
सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन् । उनीहरुलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान हाब्रेको छालासहित शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी...
ठेहेगाउँमा भेटिएका दुई बम सेनाद्वारा निष्क्रिय
हुम्ला । सिमकोट गाउँपालिका–२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिएलगत्तै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खबर गरेपछि सदरमुकाम सिमकोटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेकोे जिल्ला प्रहरी कार्यालय...










