समाचार
प्रेस चौतारी बागमती प्रदेशको अधिवेशन चितवनमा
चितवन । प्रेस चौतारी नेपाल बागमती प्रदेशको अधिवेशन चितवनमा हुने भएको छ । प्रदेश कमिटिको दोश्रो अधिवेशन फागुन ७ गते चितवनमा गर्ने तय भएको बागमती प्रदेश कमिटिका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिनुभयो । अधिवेशनका लागि विभिन्न समिति गठन गरी समिति मार्फत काम भइरहेको उहाँले जानकारी दिनुभयो । अधिवेशनमा बागमती...
प्रेस सेन्टर मकवानपुरको अध्यक्षमा शर्मा, सचीवमा पराजुली
हेटौंडा। प्रेस सेन्टर नेपाल मकवानपुरको अध्यक्षमा यमप्रसाद शर्मा (एमपी) सर्वसम्मत चयन भएका छन् । शनिबार हेटौंडामा भएको छैठौं अधिवेशनले शर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । प्रेस सेन्टर मकवानपुरको उपाध्यक्षमा अशोकसुजन श्रेष्ठ र नवराज वाईबा, सचिवमा अनिल पराजुली, सहसचिवमा जमुना थिङ र सुरेश बल, कोषाध्यक्षमा...
प्रेस स्वतन्त्रता माथिको आक्रमण रोकिएको छैनः शर्मा
हेटौंडा । नेपाल पत्रकार महासंघकी केन्द्रिय अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि अझै पनि आक्रमण भइरहेको बताएका छन् । महासंघ मकवानपुर शाखाको कार्यसमिति बैठकमा बोल्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि आक्रमण हुँदा लोकतन्त्र नै संकटमा पर्ने अवस्था सिर्जना भएको उनले बताए । पत्रकारहरु व्यवसायिक र जिम्मेवार...
शिक्षक संगठन मकवानपुरको अध्यक्षमा न्यौपाने
हेटौंडा । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा मुकुन्द न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । संगठनको हेटौंडामा सम्पन्न १४ औं जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्माण गरेको हो । अधिवेशनले उपाध्यक्षमा रुपचन्द्र गोपाली र चन्द्रादेवी लामा चयन हुँदा सचिवमा गोपीरमण प्याकुरेल निर्वाचित भएका छन् । संगठनको कोषाध्यक्षमा...
सहिद दिवसको अवसरमा सहिद स्मारकमा सप्ताहव्यापी कार्यक्रम
हेटौडा । सहिद दिवसको अवसरमा हेटौंडा–११ मा रहेको सहिद स्मारक विकास समितिले सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर स्मारक विकास समितिले प्रदेश सरकारसंगको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम गर्न लागेको जानकारी दिएको हो । स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले माघ १० गते बिहीबार स्मारक...
हेटौंडाको ३ नम्बर वडा बालमैत्री वडा घोषणा गरिदैँ
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ३ लाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । आगामी माघ १३ गते वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको हो । शुक्रबार वडा कार्यालयमा पत्रकार...
हेटौंडाको लामसुरेमा मृत भेटिए बल
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर-९ लामसुरेमा एक जना पुरुष मृत अवस्थामा फेला परेको छ । हेटौंडा- १३ बस्ने अन्दाजी ६०/६२ बर्षिय मिनबहादुर बल हेटौंडा सिमेन्ट उद्योगको मोडको नालामा मृत अवस्थामा फेला परेको हो । बुधबार साँझ ६ बजेको समयमा बल हेटौंडा सिमेन्ट उद्योगको मोडको नालामा घोप्टो परि...
बन्दुक बोकेर हिडेका राक्सिराङका थिङ प्रहरी फन्दामा
हेटौंडा । मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर – ९ हरियाली सामुदायिक वन क्षेत्रबाट बन्दुक बोकेर हिडिरहेका राक्सिराङ गाउँपालिका वडा नम्बर -१ गडुवानका जितबहादुर थिङलाई पक्राउ गरेको हो । थिङको साथबाट फलामको बेरिङ ९ थान, फलाम जस्तो देखिने लाम्चो...
दोस्रो वडा खेल महोत्सव सुरु, हाजिर जवाफमा ब्रम्हदिक प्रथम
हेटौंडा । हेटौंडामा दोस्रो वडा खेल महोत्सव सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको दोस्रो वडा खेल महोत्सव सुरु भएको हो । महोत्सव अन्तर्गत आज भएको हाजिर जवाफ प्रतियोगितामा ब्रम्हदिक एकेडेमी प्रथम भएको छ । यस्तै प्रतियोगितमा दित्तीय नवोदय शिशु सदन माद्यामिक विद्यालय भएको...
लागुऔषध गाँजासहित कैलाशका थिङ पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले ८१ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले मनहरी- ८ सिम्पानी स्थित पुर्वपश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँज गर्ने क्रममा कैलाश- ४ बस्ने २२ बर्षिय छेटुप थिङलाई ८१ किलो लागुऔषध गाँजासहित पक्राउ परेको हो । मकवानपुरको राक्सिराङ चैनपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ च...










