समाचार

बकैयामा रोकिएन अवैध उत्खनन्, टिपर र एक्स्काभेटर स्थानीयले समाते

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाको सिमात खोला (धेत्रे) क्षेत्रमा अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् गर्ने क्रम रोकिएको छैन् । विगत लामो समयदेखि बकैयाको वडा नम्बर ११ र १२ को सिमानास्थित सिमात खोलाबाट नियमित रुपमा नदीजन्य पदार्थको चोरी निकासी भइरहेको स्थानीयले बताएका छन् । बकैया–१२ का पूर्ववडाध्यक्ष समेत रहेका स्थानीय...

बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा

हेटौंडा । बागमती प्रदेश सरकारले २४ वैशाख (बुधबार)को दिन सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रबिता कार्कीले सोमबार सूचना प्रकाशित गरी आगामी बुधबार सार्वजनिक बिदा दिइएको जनाएकी छन् । सूचनामा प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा २०८२ वैशाख...

हेटौंडामा एक दिने लोक भजन प्रतियोगिता

हेटौंडा । हेटौंडामा एक दिने लोक भजन प्रतियोगिता हुने भएको छ । लोक कला सँस्कृतिको संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले आगामी वैशाख २६ गते हेटौंडामा लोक भजन प्रतियोगिता हुने भएको हो । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान मकवानपुरको आयोजनामा बागमती प्रदेश स्तरीय लोक भजन प्रतियोगिता हुने भएको आइतबार...

हेटौंडामा प्राविधिक तालिम सुरु, पूर्वमन्त्री श्रेष्ठ भन्छन् – सीपयुक्त जनशक्ति निर्माण आवश्यक

हेटौंडा । बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले उद्योग क्षेत्रको विकासका लागि सीपयुक्त जनशक्ति निर्माण आवश्यक भएको बताएका छन्। हेटौँडा गार्मेन्ट उद्यमी समूह, सूर्यमणि प्राविधिक शिक्षालय र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रको आयोजनामा सुरु भएको ३० दिने विशेष प्राविधिक तालिमको उद्घाटन गर्दै श्रेष्ठले उद्योगहरूमा दक्ष जनशक्ति अभाव...

उत्पादनसँग जोडिएका योजना ल्याउँदै बागमतीको वन मन्त्रालय

हेटौंडा । बागमती प्रदेशको वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले आगामी वर्षका लागि मन्त्रालयले आफ्ना योजनाहरु ल्याउँदा आम जनतालाई उत्पादनसँग जोड्ने विषेश योजनाहरु ल्याउने तयारी गरेको बताएका छन् । प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा सोमबारबाट सुरु भएको २ दिने योजना तर्जुमा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री सिलवालले अन्य...

डाइभर्सन बगाउँदा कान्तिलोकपथ अवरुद्ध

हेटौंडा । वर्षाका कारण मकवानपुर र ललितपुरको सिमानामा पर्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ। मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ सिमानामा रहेको बागमती खोलामा सवारी आवागमनका लागि बनाइएको डाइभर्सन मार्ग आज बिहान करिब ६:१५ बजे आएको बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो। डाइभर्सन बगाएपछि सडक पूर्णरूपमा अवरुद्ध...

प्रचण्ड बुढाथोकी अध्ययन केन्द्रद्वारा नगर स्तरीय सांस्कृतिक कार्यक्रम

नवलपरासी । मौलिक कला, संस्कृति तथा साहित्यको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको प्रचण्ड बुढाथोकी अध्ययन केन्द्र नेपाल, बर्दघाट–२, चिसापानीले नगरस्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । बर्दघाट नगरपालिकाको संरक्षकत्वमा आयोजित उक्त कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठले दिवंगत प्रचण्ड बुढाथोकीप्रति श्रद्धाञ्जली अर्पण गर्दै, उहाँले गीत–संगीत र कलामार्फत जनचेतना...

मदन भण्डारी फाउण्डेसन मकवानपुरको अध्यक्षमा पुनः खुलाल

हेटौंडा । मदन भण्डारी फाउन्डेसन मकवानपुरको अध्यक्षमा पुनः रघुनाथ खुलाल चयन भएका छन् । शनिबार हेटौंडामा भएको फाउन्डेसनको चौथो साधारणसभाले पुनः खुलालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा धर्म बस्नेत, सचिवमा कुमार केसी, सहसचिवमा चन्द्रावती पनेरु र कोषाध्यक्षमा गोकर्ण तीवारीलाई चयन...

प्रेस चौतारी मकवानपुरको नयाँ योजना सार्वजनिक

हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुरले संघठनको केन्द्र तथा प्रदेश कमिटीमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने चौतारीकर्मीहरुलाई बधाई तथा वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । बिहिवार नेकपा एमालेका केन्द्रिय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बधाई पत्रसहित शुभकामना प्रदान गर्नुका साथै वार्षिक कार्ययोजना सार्वजनिक गरिएको हो । प्रेस चौतारी...

हेटौंडामा मनाइयो अन्तर्राष्ट्रिय श्रमिक दिवस

हेटौंडा । हेटौंडामा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । आज मे १ तारिख, एक सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस, हेटौंडामा पनि कार्यक्रम गरी मनाइँएको छ । नेपाल ट्रेडयुनियन महाँसंघ (जिफन्ट) को आयोजनामा हेटौंडामा र्याली निकालेर यो दिवस मनाइएको हो । हेटौंडाको फरेष्टिगेटबाट निकालिएको र्यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो...