समाज/राजनीति

एमाले मकवानपुरको अधिवेशन माघ महिनाभित्र

मकवानपुर । नेकपा (एमाले) मकवानपुरको जिल्ला र पालिका तहको अधिवेशन माघ महिनाभित्र गरिसक्नुपर्ने भएको छ । एमालेले माघ महिनाभित्र सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेसँगै मकवानपुरमा अधिवेशन हुने निश्चित भएको छ । पार्टीको संगठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय...

मनहरीमा नेकपा(एस)को वडा कमिटीनै एमाले प्रवेश

मकवानपुर। मकवानपुरको मनहरी –९ को नेकपा (एकिकृत समाजवादी)को वडा कमिटीनै नेकपा (एमाले) प्रवेश गरेको छ । आज एमाले मनहरी गाउँपालिका कमिटीको आयोजनामा दशै, तिहार, नेपाल सम्वत र छट पर्बका अवसरमा आज आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम र पार्टी पुनर मिलन कार्यक्रमका अवसरमा वडा कमिटीका सबै पदाधिकारी र...

दसैंअघि नै विश्वासको मत लिने तयारीमा कोशीका मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दसैंअघि नै विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिनकै लागि कात्तिक १ मा प्रदेश सभा बैठक बस्ने भएको छ। यसअघि असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ। प्रदेश सभा सचिवालयले आज एक सूचना जारी गर्दै...

कोशीमा मन्त्रिपरिषद् गठन, एमाले पनि सरकारमा

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। आइतबार आयोजित विशेष समारोहमा प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्रीको शपथ लिएसँगै कार्कीले मन्त्रिपरिषद् पनि विस्तार...

हेटौंडामा रास्वपाको चाडपर्व विशेष चियापान

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले शनिबार हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । पार्टीले नजिकिदै गरेको नेपालीहरुको विशेष पर्वहरु वडादशैं, तिहार,नेपाल सम्वत तथा छठ लगायतका पर्वहरुको उपलक्ष्यमा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो । पार्टीका जिल्ला संयोजक भरत पराजुलीको सभाध्यक्षता तथा बागमती...

सरकार खोज्ने बेला आएको छ – पौडेल

मकवानपुर । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले अहिलेको अवस्थामा सरकार कहाँ छ भनेर खोज्ने बेला भएको बताएका छन् । मदन भण्डारी फाउण्डेसन मकवानपुरले शनिवार हेटौंडामा आउँदै गरेको चार्डपर्बका अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले संघीय सरकार र प्रदेश सरकारले केही काम पनि नगरेको र...

नेकपा एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट घनश्याम खतिवडा अध्यक्ष निर्वाचित भएका छन् । प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतको अन्तरले पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत प्राप्त गरे भने ढकालले ४३० मत पाए । खतिवडा मोरङको लेटाङ र ढकाल विराटनगर निवासी हुन् । प्रदेश...

एमाले बागमतीमा सर्वसम्मतिको प्रयास असफल,आज मतदान हुँदै

काठमाडौं । नेकपा (एमाले) बागमतीको जारी अधिवेशनअन्तर्गत मतदान आज हुँदै छ । असोज ९ गते नै नेतृत्व चयनको तयारी गरेको एमालेले सर्वसम्मतिको प्रयास लम्बिँदा निर्वाचन धकेलिएको हो । शुक्रबार बिहान ८ बजेबाट मतदान सुरू हुने छ । बागमती प्रदेशको आगामी नेतृत्वका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलकाबीच प्रतिष्पर्धा हुँदै...

यस्तो छ एमाले बागमती प्रदेश अधिवेशनको चुनावी प्रकृया

काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको चुनावी प्रकृया आजदेखि सुरु हुँदै छ । अधिवेशन अन्तर्गत आजका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको तालिका अनुसार निर्वाचन समितिले आज देखि निर्वाचन कार्यक्रम सुरु गर्नेछ । तालिकाअनुसार बिहान ९ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ भने ९ देखि ११ बजेसम्म उम्मेदवारी मनोनयन...

देशको अवस्था सिटामोल खाएर ठिक हुने खाले छैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको अवस्था सिटामोल खाएर ठिक हुने खालको नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित निजी क्षेत्रसँग नेकपा एमाले विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । जरामा रोग लागेको छ भने माथि पातमा औषधी राखेर केही नहुने भन्दै ओलीले अहिलेको अवस्थामा...