समाज/राजनीति

बालकुमारी घटनाको विरोधमा हेटौंडामा प्रर्दशन

मकवानपुर । बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएको घटनाको विरोध गर्दै हेटौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रर्दशन गरेको छ । शुक्रबार काठमाडौंको बालकुमारीमा कोरियन भाषा परिक्षाको आवेदन दिन नपाएका युवाहरुले गरेको विरोध प्रर्दशनको क्रममा प्रहरीको गोलीलागि एक युवको मृत्यु भएको थियो भने अर्का युवकको प्रहरीले हानेको बन्दुकको कुन्जाले छातिमा लागेर...

७ प्रदेशका मुख्यमन्त्रीले गरे ९ बुँदे निर्णय, कार्यान्वयन नगरे दबाबमूलक संघर्षका कार्यक्रम गर्ने चेतावनी

मकवानपुर । हेटौंडामा ७ प्रदेशका मुख्यमन्त्रीले ९ बुँदे निर्णय गरेका छन् । निर्णय कार्यान्वयन नगरे दबाबमूलक संघर्षका कार्यक्रम गरिने चेतावनी समेत दिएका छन् । सात जना मुख्यमन्त्रीहरु, मुख्यन्यायधिबक्ताहरु र प्रमुख सचिबहरु सहितको बैठकले गरेका नौ बुँदे निणयहरु गरेर पत्रकार सम्मेलन गर्दै सार्वजनिक समेत गरेका छन् । यस्तो छ निर्णयको...

हेटौंडा आएर कोशीका मुख्यमन्त्री कार्कीले भने– ‘एमालेसहितको सरकार विस्तारको छलफलमा छौं’

मकवानपुर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार विस्तारको लागि नेकपा एमालेसँग छ्लफल जारी रहेको बताएका छन् । उनले आफू सर्वपक्षीय सरकारको पक्षमा रहेको सुनाए । हेटौंडामा पत्रकारसँग मुख्यमन्त्री कार्कीले एमालेसहितको दलहरूसँग छलफल जारी रहेकाले अहिलेसम्म सरकारले पूर्णता नपाएको बताए । आफू मुख्यमन्त्री भएपछि सहमतिको प्रयास जारी राखेको बताउँदै...

एमाले मकवानपुरकाे ध्यान कार्यकर्ता प्रशिक्षणमा

मकवानपुर । नेकपा एमाले, जिल्ला कमिटी मकवानपुरकाे पूर्ण बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुने भएकाे छ । पुष ११ देखि १३ सम्म हुने बैठक तथा प्रशिक्षण पार्टीका महासचिव शंकर पाेखरेलकाे प्रमुख आथित्यतामा हुने बताईएकाे छ । प्रमुख अतिथि महासचिव पाेखरेलले पुस ११ गते पार्टीकाे दशाैँ महाधिवेशनकाे कार्यदिशनमा जिल्ला कमिटीकाे...

बकैया १ मा रास्वपाको संगठन विस्तार

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी  बकैया गाउँपालिका समितिले वडा नं १  मा संगठन विस्तार गरेको छ । शुक्रबार  पार्टी बकैया गाउँपालिका सभापति अमर दङ्गालको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति र ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । बकैया गाउँपालिका वडा नम्बर १ मा भएको रास्वपा प्रथम वडाभेलाले क्षेत्र...

हेटौंडामा रास्वपाको वनभोज

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले हेटौंडामा वनभोज तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ । शनिवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ तपोवनधाम स्थित समसामयिक राजनीतिक विषयको अन्तक्रियासहितको वनभोज कार्यक्रमको आयोजना गरिएको हो । जिल्लामा पार्टी विस्तार भएपछीको पहिलो पटक आयोजना गरिएको वनभोज तथा परिचयात्मक कार्यक्रममा प्रदेश जिल्ला र वडातहका...

कांग्रेस मकवानपुरको जिल्ला भेला पुस तीन गते

मकवानपुर। नेपाली कांग्रेस मकवानपुरको जिल्ला भेला आउँदो पुस तीन गते हेटौंडामा हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला सभापति बुद्ध लामाले पुस तीन गते हुने जिल्ला भेलाको तयारी तीब्र पारिएको जानकारी दिए । उनले यसपटकको भेला विशेष रहने भन्दै भेलामा राजनीतिक रुपमा बनेका संरचनालाई सामाजिक तथा आर्थिक...

रिद्धिसिद्धिको खानी उत्खननमा रास्वपाको ध्यानाकर्षण

मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा संचालित ऋद्धिसिद्धि सिमेन्ट उद्योग संचालनमा राष्ट्रीय स्वतन्त्र पार्टी राक्सिराङ्गले ध्यानाकर्षण जनाएको छ। सिमेन्ट उद्योग संचालन बाट उक्त क्षेत्रको बातावरणमा परेको असर र उक्त भेगका जनताले भोग्दै आएको समस्या बारे मंगलबार पार्टी समितिले गाउँपालिका अध्यक्ष राजकुमार मल्ललाई ध्यानाकर्षण गराएको हो । यश आर्थिक बर्षमा खानिको...

टिकटक माथिको प्रतिबन्ध लामो समय नजाने प्रधानमन्त्रीको संकेत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले टिकटक बन्द गर्ने निर्णयमा लचकता प्रस्तुत गरेका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सम्पादकहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भने, “यो बन्द गर्नुपर्‍यो भन्ने आवाज धेरैतिरबाट आएको हो । काँग्रेस सभापति, एमाले अध्यक्षले पनि पटक पटक भन्नुभएको हो । मैले त विवाद हुन्छ कि भनेर...

दुर्गा प्रसाईं आफ्नै घरमा ‘नजरबन्द’

काठमाडौं । मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंलाई प्रहरीले घरमै नजरबन्द गरेको छ । उनलाई भक्तपुरस्थित घरबाट बाहिर निस्किन नदिन प्रहरी टोली खटाइएको छ । नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ)को टोलीले अहिले प्रसाईंको घरलाई वरपरबाट घेरेको छ । हिजो बिहीबार बल्खुमा प्रदर्शनपछि प्रसाईंले साँझ पत्रकार सम्मेलन गर्दै आज...