रिद्धिसिद्धिको खानी उत्खननमा रास्वपाको ध्यानाकर्षण

अखबार हब
२०८० मंसिर १९, मंगलवार २०:३७

मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा संचालित ऋद्धिसिद्धि सिमेन्ट उद्योग संचालनमा राष्ट्रीय स्वतन्त्र पार्टी राक्सिराङ्गले ध्यानाकर्षण जनाएको छ।

सिमेन्ट उद्योग संचालन बाट उक्त क्षेत्रको बातावरणमा परेको असर र उक्त भेगका जनताले भोग्दै आएको समस्या बारे मंगलबार पार्टी समितिले गाउँपालिका अध्यक्ष राजकुमार मल्ललाई ध्यानाकर्षण गराएको हो ।

यश आर्थिक बर्षमा खानिको कच्चापदार्थ धुवानी गर्दा बिगत बर्षझै त्यस भेगका जनताले धूलोधुवाको सास्ति भोग्नु नपरोस भन्ने उद्देस्यका साथ पार्टीले पालीका अध्यक्षलाई जानकारी गराएको रास्वपा राक्सिराङ्ग गाउँपालिका सभापति राजन मल्लले जानकारी दिए ।

पालीका अध्यक्ष मल्ललाई ध्यानाकर्षण गाराउदै  खानिका कच्चापदार्थ ढुवानीको सम्बन्धमा राष्ट्रीय स्वतन्त्र पार्टीले निम्न सर्तहरू पालना गर्नु पर्ने भन्दै ६ बूदे माग राखेको छ।

मागहरू निम्न बमोजिम रहेका छन् ।

१. खानीको बाटो बनाउदा बगर खोलाबाट नभई पाखाको बाटो निर्माण गरि ढुवानी गरिनु पर्ने ।

२. खानि सन्चालन गर्दा वातावरण प्रदुषण न्युनिकरनको उपाय अपनाउनु पर्ने ।

३. खानि प्रभावित क्षेत्रको स्थानियलाई रोजगारीको पहिलो स्थान उपलब्ध गराइनु पर्ने ।

४. खानि सन्चालन स्थान सम्म बाटो निर्माण गर्दा वातावरणलाइ असर नपर्ने गरि नियम अनुसार IEE गरेर मात्र निर्माण गरिनुपर्ने ।

५. उक्त खानि सन्चालन बाट राक्सिराङ्लाइ हुने दिर्घकालिन उपलब्धिहरु प्रस्ट पारिनु पर्ने ।

६. राजनैतिक र प्रशासनिक आडमा भइरहेको अवैध नदिजन्य उत्खनन् तत्काल बन्द गरि कानुनि दायरामा ल्याइनु पर्ने ।

यसमा तपाइको मत

Your email address will not be published.


*