हेटौंडामा रास्वपाको चाडपर्व विशेष चियापान

अखबार हब
२०८० आश्विन २७, शनिबार १९:०८

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले शनिबार हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

पार्टीले नजिकिदै गरेको नेपालीहरुको विशेष पर्वहरु वडादशैं, तिहार,नेपाल सम्वत तथा छठ लगायतका पर्वहरुको उपलक्ष्यमा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो ।

पार्टीका जिल्ला संयोजक भरत पराजुलीको सभाध्यक्षता तथा बागमती प्रदेश सभाका सांसद प्रेमबहादुर पुलामी(छिन्तु)को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी पुलामीले आफ्नो गक्ष अनुसार सबैलाइ चाडपर्ब मनाउन आग्रह गरेका छन् । यस किसीमको चाडवर्पले नेपालीहरु बिचको सम्मबन्धलाई थप मजबुध बनाउने बताए ।

पार्टीका संयोजक पराजुलीले आउँदै गरेको चाडपर्बले सबैमा सुख, शान्ति र समृद्धीको कामना समेत व्यक्त गर्दै सबैमा शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा जनप्रतिनिधहरू, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पार्टीका जिल्ला उपसंयोजक प्रकाश गौतमले स्वागत मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*