समाज/राजनीति
मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्दैनः प्रवक्ता पाण्डे
मकवानपुर । वागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री एवं सरकारको प्रवक्त केशवराज पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन नपर्ने बताएका छन्। शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेशमा एमाले विभाजन भएको प्रदेश सभा सचिवालयले जानकारी अहिलेसम्म नदिएकोले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन नपर्ने बताए ।...
काङ्ग्रेस हस्तीलाई चुनाव जित्नै हैरानी
मकवानपुर । २०५४ सालमा भर्भराउँदो नेकपा एमालेसँग चुनावी सामना गर्ने पुराना र इमान्दार काङ्ग्रेस नेता भरत पराजुलीले बुथमै चुनाव हार्लान् भन्ने कुरा काँग्रेसजन र बाहिरसमेत कल्पनाभन्दा निकै बाहिरको मानिन्छ । तर,कल्पनै नगरिएको कुरा यसपटक मकवानपुर काँग्रेसमा हुन पुग्यो, महासमिति सदस्य तथा जिल्ला सल्लाहकार पराजुलीले मनहरी गाउँपालिका ४ स्थित आफ्नै...
एमाले सांसदको विरोधकाबीच तीन अध्यादेश पारित
काठमाडौं । प्रतिनिधिसभा बैठकले तीनवटा अध्यादेश पारित गरेको छ । शुक्रबार दोस्रोपटक बसेको बैठकले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन विधेयक २०७८ पारित गरेको हो । एमाले सांसदहरूको नाराबाजी भइरहँदा यी विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेका थिए । एमाले सांसदहरूको नाराबाजीकाबीच उक्त अध्यादेश...
अर्थमन्त्री शर्माको संसदभित्रै ‘गुरिल्ला शैली’, एकातिर घम्साघम्सी, अर्कातिरबाट दौडिँदै गरे ‘मिसन पूरा
काठमाडौं । नेकपा एमालेले कुनै पनि हालतमा संसद चल्न अवरुद्ध गर्ने रणनीति अख्तियार गरेपछि शुक्रवार फरक दृश्य देखियो। अघिल्लो बैठकमा जस्तै आजको बैठकमा पनि घम्साघम्सी चल्यो भने नाराबाजीकै बिचमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकलाई अगाडि बढाइरहे। त्यही बिचमा अर्थमन्त्री जनार्दन शर्माले ‘गुरिल्ला’ शैलीमा आफूलाई प्रस्तुत गरे। प्रमुख प्रतिपक्षका तर्फबाट...
एमाले सांसद र मर्यादापालकबीचको घम्साघम्सीमा भाँचियो टेबल
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद तथा मर्यादापालकहरुबीच संसद् भवनमा भएको घम्साघम्सीमा सत्ता पक्षको पहिलो लहरको टेबल भाँचिएको छ । एमालेका सांसदहरुको नाराबाजीका कारण पहिलो बैठक १५ मिनेट स्थगित गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठक सुरु हुनासाथ अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश टेबुल गर्न समय...
एमाले र जसपा छाड्ने प्रदेश सांसदको नाम आज सार्वजनिक हुँदै
काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभामा भएको दल विभाजनको विवरण शुक्रबार (आज) सार्वजनिक गर्ने तयारी गरेको छ । एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका प्रदेश सांसदहरुको विवरण आज सार्वजनिक हुने आयोगले जनाएको छ । त्यस्तै, जनता समाजवादी पार्टी(जसपा) छाडेर लोकतान्त्रिक समाजवादी (लोसपा) मा लागेका प्रदेश सांसदहरुको विवरण...
फतिमासँग प्रचण्डले भने– एमसीसीमा राष्ट्रिय सहमति बनाएरमात्र पास गर्छौं
काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीमा राष्ट्रिय सहमति जुटाउने प्रयास भइरहेको बताएका छन् । एमसीसी उपाध्यक्ष फतेमा सुमारसँगको भेटमा प्रचण्डले सत्तारुढ गठबन्धभित्र पनि सहमति हुनुपर्ने बताएका छन् । सुमारले एमसीसबारे नेपालले अब निर्णय लिनुपर्ने भन्दै प्रचण्डलाई यसबारेमा दृष्टिकोण बनाउन सुझाव दिएकी छन् । प्रचण्डलाई भेट्न सुमार शुक्रबार...
राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रिय सभामा पेश गर्दै गृहमन्त्री
काठमाडौं । संघीय संसद्का दुवै सदनका बैठक आज अपराह्न १:०० बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछन्। प्रतिनिधिसभा आजको बैठकमा शपथसम्बन्धी अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक...
एमसीसी उपाध्यक्ष र माधव नेपालबीच भेटवार्ता
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी हुन् । बिहीबार काठमाडौं आएकी सुमारसहितको एमसीसीको टोलीले अध्यक्ष नेपाल, प्रमेश हमाल र गंगालाल तुलाधरसहितका नेतासँग एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भेट गरेको हो । उपाध्यक्ष सुमारको टोलीले...
एमसीसीका प्रतिनिधि र केपी ओलीबीच बालकोटमा भेटवार्ता
काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारसहितको टोली प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेको छ। आजमात्रै काठमाडौँ आइपुगेको उक्त टोलीले सबैभन्दा पहिले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको हो । भेटवार्ता बालकोटमा जारी छ । बालकोटमा भएको...









