समाज/राजनीति
शंकर पोखरेलविरुद्ध बुटवलमा दर्ता भएको अपहरण मुद्दा दाङ प्रहरीलाई रिफर हुँदै
काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद बिमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध शरिर बन्धक तथा अपहरण मुद्दा दर्ता गरेकी छन्। पोखरेलसहित चार जनाले आफूलाई दाङबाट अपहरण गरेर बुटवल पुर्याई बन्धक बनाएर राखेको बुटवल प्रहरीमा दर्ता गराएको मुद्दामा उल्लेख गरेकी छिन् । उनले पोखरेलसंगै एमाले लुम्बिनी प्रदेश प्रमुख सचेतक मुमिश्वर...
प्रचण्ड धोकेबाज नेता हुन्, माधव नेपाल कमरेड होइनन् : ओली
झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापा पुगेर पूर्व सहयोद्धाको चर्को आलोचना गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष धोकेबाज नेताको संज्ञा दिएका उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कमरेड नभन्न आग्रह गरे । मंगलार गृह जिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले फुटेको नभई...
कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली गृहजिल्ला पुगे
झापा । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आएका छन् । झापा जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली झापा आएका हुन् । उनी पार्टी विभाजन र प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक गृहजिल्ला पुगेका हुन् । उनी भदौ २७ गते झापा आउने...
महिलाको अधिकारको लागि लड्ने एउटै पार्टी माओबादी : मोक्तान
मकवानपुर । महिलाको अधिकारका लागि लड्ने एउटै पार्टी माओवादी भएको नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले बताउनुभयो । मोक्तानले अखिल नेपाल महिला संघ क्रान्तिकारी थाहा नगर कमिटिको दोस्रो सम्मेलन उद्घाटन कार्यक्रममा मोक्तानले महिलाको सक्रियताले नै पार्टी मजबुत हुने बताउनु भएको हो । मोक्तानले सामन्तबादी संस्कार...
एमालेको अवरोधबीच राष्ट्रियसभाबाट लोक सेवा आयोग विधेयक पारित
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको अवरोधबीच राष्ट्रियसभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक–२०७८ पारित गरेको छ । राष्ट्रियसभाको दोस्रो बैठक पनि एमालेका सांसदहरुले अवरुद्ध पारेका थिए । तर अवरोधकाबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक(२०७८ निर्णयार्थ पेश गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको...
एमाले अध्यक्ष ओलीको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले निर्वाचन आयोग, सभामुखलगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनको आज ९सोमबार० पेसी तोकिएको थियो। तर इजलासले सो रिट निवेदनलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको...
फातिमा उडे पनि एमसीसीको बिरोध जारी
अमेरिकी सहयोग परियोजना एमसीसीको चर्को विरोधका बाबजुद चार दिने नेपाल भ्रमण सकेर एमसीसी उपाध्यक्ष फातिमा सुमार हिजो राति स्वदेश फर्केकी छन् । कतार एअरवेजको उडानबाट हिजो राति ९ बजेर ३५ मीनेटमा उनी दोहा हुँदै वासिङ्ग्टन फर्केकी हुन् । पछिल्लो चार दिन काठमाडौं लगायत मुलुकभर एमसीसीको बिरुद्धमा नाराबाजी,प्रदर्शन र सभाहरु...
संवैधानिक इजलास गठन विवाद : बार र बेञ्चबीच आज छलफल
काठमाडौँ- संवैधानिक इजलास गठनमा देखिएको विवाद समाधानका लागि आज सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीबीच छलफल हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दिउँसो २ बजे बार-बेञ्च समन्वय समितिको बैठक आह्वान गरेका हुन् । बार(बेञ्च समन्वय समितिले न्याय प्रशासन र कानुन व्यवसायीबीचको समन्वय र समस्या समाधान गर्ने काम गर्छ ।...
अष्टलक्ष्मीलाई समर्थन नदिने नेकपा एसको निर्णय
मकवानपुर । नेकपा (एकीकृत समाजवादी)ले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको नेकपा (एमाले)को सरकारलाई समर्थन नरहेको जानकारी संसद् सचिवालयलाई गराउने भएको छ। आज बसेको संसदीय दलको बैठकले शाक्य नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गर्दै यसबारे सचिवालयलाई जानकारी गराउने निर्णय गरेको सांसद वसन्त मानन्धरले जानकारी दिए। उनका अनुसार बैठकले संसदीय दलको...
प्रतिस्थापन बजेट वक्तव्यबाट अनुसूची नै गायब
काठमाडौं- बजेट अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन बजेट वक्तव्यबाट अनुसूची गायब पारिएको छ। बजेटको अनुमानित अङ्कमात्र होइन राजस्वका दरसमेत व्यापक हेरफेर गरेका अर्थमन्त्रीले वक्तव्यबाट अनुसूची गायब बनाएका छन्। थोरै पनि संसोधन गर्दा शीर्षकअनुसार विनियोजन पनि फरक हुनुपर्ने भएकाले वक्तव्यसँगै अनुसूची पनि सार्वजनिक गर्नुपर्ने हो। तर अर्थमन्त्रीले अनुसूची सार्वजनिक गरेका छैनन्। प्रतिस्थापन वक्तव्य तयार...










