समाज/राजनीति
नुवाकोटका ३० युवा एमालेमा प्रवेश
मकवानपुर- विभिन्न पार्टी परित्याग गरी नुवाकोटका ३० युवा नेकपा एमाले प्रवेश गरेका छन् । नेकपा एमाले नुवाकोटका नेता देवेन्द्र भण्डारीको पहलमा ती युवा एमाले गरेका हुन् । नवप्रवेशी युवालाई नुवाकोट एमाले अध्यक्ष एवम् वागमती प्रदेशका कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले स्वागत गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा एमाले...
जाँदाजाँदै सुमारको आग्रह : एमसीसीलाई राजनीतिकरण नगरौं
काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमारले नेपाली संसदबाट अमेरिकी अनुदान सम्झौता अनुमोदन हुने विश्वास व्यक्त गरेकी छिन् । आइतबार होटल मेरियटमा आयोजित पत्रकार सम्मेलनमा सुमारले एमसीसीलाई राजनीतिकरण नगर्न समेत आग्रह गरिन् । राजनीतिक नेतृत्वले आफूहरूको आग्रहलाई गम्भीररूपमा लिनुपर्ने बताउँदै सुमारले अनुमोदन हुनेमा आफू आशावादी रहेको बताइन् । ‘चाँडै अनुमोदन...
नेकपा (एस) बागमती प्रदेशको संसदीय दलको नेतामा पाण्डे
मकवानपुर , नेकपा (एकीकृत समाजवादी) पार्टी बागमती प्रदेशको संसदीय दलको पहिलो बैठकले संसदीय दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको छ । आइतबार प्रदेशसभा सचिवालयमा आधिकारिक रुपमा निर्वाचन आयोगको दल कायम रहेको पत्र दर्ता भएलगत्तै नेकपा समाजवादीको पहिलो संसदीय बैठक बसेर दलको नेतामा पाण्डेलाई चयन गरेको हो । बागमती प्रदेशसभा...
प्रतिनिधि सभा बैठक २९ गते सम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
दल विभाजन अध्यादेश सत्तापक्षलाई नै घाँडो,
काठमाडौं । केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले राजनीतकि दल विभाजन गर्न सक्नेगरि सरकारले ल्याएको अध्यादेश पारित भएमा वा अहिलेकै अवस्थामा रहेमा सत्तारुढ जनता समाजवादी पार्टी फेरि फुट्ने निश्चित देखिएको छ । जसपा विभाजनपछि हाल २० जना सांसद छन् । ती मध्ये ४ जनाले चाहँदा पार्टी फुट्छ ।...
एमाले सांसदलाई ओलीको निर्देशन- वेल घेर्दा काँधमा नचढ्नू, जथाभावी नबोल्नू
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले संसदमा मर्यादित रुपमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिएका छन् । आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले वेल घेर्दा काँचमा नचढ्न पनि निर्देशन दिए । संसदमा निरन्तर अवरोध गरिरहेका एमाले सांसदहरूले आफ्ना सहकर्मी सांसदको काँधमा चढेर रोष्टमा पुग्ने...
साना दलको समर्थनमा पनि टिक्दैन शाक्य नेतृत्वको वागमती सरकार
मकवानपुर । नेकपा एमाले विभाजन भए सँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार धरापमा परेको छ । एकता जोगाउनको लागि भन्दै डोरमणी पौडेलले राजीनामा दिएर एमालेले शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको थियो । तर, शाक्य मुख्यमन्त्री भएको एक सातापछि नै एमाले विभाजन भएपछि शाक्य अल्पमतमा परेकी हुन् । वागमती प्रदेशसभामा कायम रहेका...
जटिल मोडमा एमसीसी : अनुमोदनमा ढिला भए अमेरिकाले निर्णय लिन सक्ने
काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपालका राजनीतिक दलका सबै नेताहरूलाई भेटघाट गरिसकेकी छन् । नेपालको वस्तुस्थिति बुझ्न आएकी सुमारले नेपालले एमसीसीको विषयमा जे निर्णय गरे पनि अमेरिकालाई स्वीकार्य हुने सन्देश दिएकी छन् । एमसीसी परियोजनाको विषय धेरै समय नेपालमा गिजोलिएकाले...
एमालेको प्रवक्ता प्रदिप ज्ञवाली नै हो : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अहिलेसम्म पार्टीको प्रवक्ता प्रदीप ज्ञवाली नै रहेको प्रष्ट पारेका छन् । शनिबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले अहिले आफू प्रचार विभाग प्रमुख र प्रदीप ज्ञवाली प्रवक्ता रहेको बताए । अर्को बैठकले प्रवक्ता ज्ञवाली नै रहने वा...
एमाले मकवानपुरका अध्यक्ष श्रेष्ठलाई सचिवको जिम्मा,अध्यक्षमा लम्साल
मकवानपुर । नेकपा एमाले मकवानपुरले १० बुदे सहमती कार्यान्वयन गर्दै आज ३२९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको छ । आज भएको जिल्ला बैठकले तत्कालिन उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा एकलाल श्रेष्ठ र सहसचिवमा लालबहादुर थापा चयन गरिएको छ...










