समाज/राजनीति

नेकपा एसको राजनीतिक प्रतिवेदन : नेकपा एमाले मुख्य दुश्मन (पूर्णपाठ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार रहेको भन्दै केपी ओली नेतृत्वको एमालेले दक्षिणपन्थी धारको नेतृत्व गरेको ठम्याएको छ । केन्द्रीय कमिटीको मंगलबार शुरु भएको बैठकमा अध्यक्ष माधव नेपालले पेश गरेको १३ पेज लामो राजनीतिक प्रतिवेदनमा ओली र एमालेलाई प्रमुख दुश्मन किटान गरिएको छ ।...

राजनितीबाट सन्यास लिने सोचमा माधवका हस्ति बिरोध खतिवडा

मकवानपुर ।  नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले राजनीतिबाटै सन्याश लिने योजना अघि बढाएका छन् । एमाले बिभाजन गरी नयाँ पार्टी गठन गरेका माधवकुमार नेपाललाई साथ दिएका खतिवडाले आगामी चुनावमा एमाले भन्दा ठूलो पार्टी बनाउन नसके राजनीतिबाट सन्यास लिने घोषणासहित यस्तो योजना अघि सारेका हुन् । अब आउने चुनावमा...

भारतीय तस्करद्धारा सशस्त्र प्रहरीमाथि आक्रमण,३ प्रहरी घाईते

धनगढी । कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । सोमबार साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका हुन् । आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन...

प्रदेशमा प्रहरी समायोजन ढिला भयो : आन्तरिक मामिला मन्त्री शाक्य

काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यले नेपाल प्रहरी र प्रदेश प्रहरी–कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय– ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ निष्क्रिय पार्न संघीय सरकारसँग आग्रह गरेका छन् । काठमाडौंमा सञ्चारकर्मीहरुसँगको भेटमा उनले ने, ‘त्यसो भयो भने ऐनमा व्यवस्था भए बमोजिम...

विभूषणप्रति ओलीको टिप्पणीः आज बा, श्रीमतीको मुख हेर्ने दिन हो ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा सरकारले नेताका आफ्नो परिवार र नातागोताभित्रका मानिसहरूलाई पदक दिएको भन्दै तिखो आलोचना गरेका छन् । आज आइतवार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले संविधान दिवसको दिन शहीदका आमाबुबा, शहीदका सन्तान,...

मुख्यमन्त्रीद्वय शाक्य र आचार्यलाई एक हप्ताभित्र हटाउँछौंः नेपाल

कास्की । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र वागमती र एक नम्बर प्रदेशका मुख्यमन्त्री हटाउने बताएका छन् । संविधान दिवसका अवसरमा आइतबार पोखरामा पार्टीको विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सातै प्रदेशमा एमालेभन्दा आफ्नो पार्टी बलियो रहेको बताए । ‘सुदूरपश्चिममा एक नम्बर पार्टी भएका...

सत्ताधारी गठबन्दन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै हो फ्रिजबाट निस्केपछि पग्लिन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ताधारी गठबन्धनलाई ‘फ्रिजबाट निकालिएको आइसको डल्ला’को संज्ञा दिएका छन् । उनले सत्ता गठबन्धनप्रति कटाक्ष गर्दै चुनावपछि आइसका डल्ला बिलाएर जाने बताए । ‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्, आफैं बनेका होइनन्,’ शनिबार नेपाल निजामति कार्मचारी संगठनको कार्यक्रममा ओलीले भने, ‘डल्ला...

अनेरास्वीयु अध्यक्षमा सुनिता बराल

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् । शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन् । अध्यक्ष ऐन महरसहित पदाधिकारीले भने विद्यार्थी संगठनबाट विदा लिएका छन् ।  

सत्तारुढ जसपाले संविधान दिवसको दिन देशभर विरोधका कार्यक्रम गर्ने (विज्ञप्ती सहित)

काठमाडौं । सत्ताररुढ जनता समाजवादी पार्टी(जसपा)ले संविधान विभेदकारी र त्रुटिपूर्ण भएको भन्दै सरकारले आयोजना गर्ने संविधान दिवसको कार्यक्रम बहिस्कार गर्ने भएको छ । अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गर्दै संविधानको विरोध गर्न र संशोधनद्वारा सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा अन्तरक्रिया कार्यक्रम गर्न आह्वान गरेका छन् । जसपाबाटै विभाजित...

ओलीको विद्यार्थीलाई आग्रह : माधव प्रचण्ड जस्तो पदलोलुप नहुनु

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पदका लागि विवाद नगर्न विद्यार्थी नेताहरुलाई आग्रह गरेका छन् । शनिबार ललितपुरको च्यासलस्थित पार्टीनिकट अनेरास्ववियूको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले युवा भएकाले अहिले आफ्नो पहिचान स्थापना र क्षमता निर्माणमा लाग्नुपर्ने बताए। एउटै पार्टीमा रहँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले...