भारतीय तस्करद्धारा सशस्त्र प्रहरीमाथि आक्रमण,३ प्रहरी घाईते

अखबार हब
२०७८ आश्विन ५, मंगलवार ०९:२६

धनगढी । कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

सोमबार साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका हुन् । आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । घाइतेहरुको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

नेपालतर्फ विभिन्न समान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट हुँदा एक्कासी उनीहरुले ढुङ्गामुढा गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० वीरेन्द्र ऐरले जानकारी दिए ।

तस्करको समूहलाई नियन्त्रणमा लिने प्रयास गरे पनि ३०÷४० मिटर नजिकै भारतीय भूमि भएकाले उनीहरु भाग्न सफल भएको एसपी ऐर बताउँछन् । ‘हामीले नियन्त्रणमा लिने कोसिस गर्दा उनीहरु भागेर भारतीय भूमिमै प्रवेश गरेपछि एसएसबी र भारतीय प्रहरीलाई जानकारी गराएका थियौं,’ ऐरले भने, ‘तत्कालै एसएसबी र भारतीय प्रहरी घटनास्थल पुगेको थियो । उनलेले हामी उक्त समूहको पहिचान गरेर कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ’

उनका अनुसार भारतीय तस्करको समूहको पहिचान भइसकेको छ र मंगलबार तस्करको समूहलाई नियन्त्रणमा लिएर कानून बमोजिम कारवाही गर्ने आश्वासन भारतीय पक्षले दिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा बेलाबखत गस्तीमा खटिएका सुरक्षाकर्मीमाथि तस्करको समूहबाट आक्रमण हुँदै आएको छ । पर्याप्त पूर्वतयारीको अभाव र दुवै देशका सुरक्षा अधिकारीबीचको कमजोर समन्वयका कारण यस्ता घटना दोहोरिदै गएको अधिकारीहरु बताउँछन् ।

source : onlinekhabar.com

यसमा तपाइको मत

Your email address will not be published.


*