स्वास्थ्य
वाग्मती प्रदेशमा १८ लाखले लगाए कोरोना विरुद्धको पूर्ण खोप
मकवानपुर । वाग्मती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएका छन् । वाग्मतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा खोपको पहिलो मात्रा लगाएका नागरिकको सङ्ख्या छ लाख १५ हजार...
६७ हजारले गराए कोभिड खोप प्रमाणीकरण
१६ भदौँ,काठमाडौं । हालसम्म ६७ हजार व्यक्तिले कोभिड खोप प्रमाणीकरण गराएका छन्। विदेश जाने प्रयोजनका लागि कोभिड खोप कार्ड प्रमाणिकरण आवश्यक भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २१ गतेदेखि खोप कार्ड प्रमाणीकरण गर्न सुरु गरेको थियो। मंगलबारसम्म ७४ हजार व्यक्तिले कार्ड प्रमाणीकरणको लागि अनलाइन फारम भरेको परिवार कल्याण महाशाखाका...
प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन
वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ । लामो समयदेखि निमोनियालगायत समस्याबाट ग्रसित भट्टको काठमाडौंको कालिकास्थानस्थित निवासमा ८५ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो । त्रिभुवन विश्वविद्यालयमा लामो समय अंग्रेजी विषयको प्राध्यापन गरेका भट्ट नेपाली साहित्यका स्रष्टा, समालोचक र चिन्तकका रूपमा परिचित छन् । उनको जन्म जुम्लाको खलङ्गामा वि.सं.१९९३...
पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा प्रधान दोहोरिए, अरु को को ?
काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन् । एशोसिएशनको ४२औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । कोरोना महामारीका कारण गत वर्ष रोकिएको एशोसिएशनको साधारणसभाको औपचारिक उद्घाटन शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरेका थिए । शनिबार...
रारा आउने पर्यटक बढे, व्यवसायी खुशी
सुर्खेत । कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो । नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ । नयाँ वर्ष लाग्न केही...
कञ्चनपुरमा पनि सुरुभयो व्यावसायिक ड्रागनखेती
कञ्चनपुर । जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ । पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती गरिएको हो । “प्रतिबिघा प्रतिवर्ष ३५ हजार तिर्ने सम्झौता गरी १०...
नयाँ थप पेट्रोल पम्पलाई लाइसेन्स दिइन्छः मन्त्री भट्ट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यवसायको आवश्यकता हेरेर पेट्रोल पम्प सञ्चालनको इजाजत दिइने बताएका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा उनले आवश्यकता भए थप इजाजत दिने बताएका हुन् । आफूले कतिपय पेट्रोल पम्पले विचारधाराका आधारमा तेल वितरण गर्ने गरेको...
वसन्तपुर क्षेत्रका अनधिकृ पसल हटाउन तात्यो महानगर, पुरातत्वलाई पुनः पत्र
काठमाडौं । काठमाडौँ महानगरपालिकाले वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन पुरातत्व विभागलाई पुनः ताकेता गरेको छ । गत फागुन १४ गते नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात दिनभित्र हटाउनका लागि कामपाले विभागलाई पत्राचार गरेको थियो । पत्राचार गरेको एक महिना बितिसक्दासम्म उक्त पसलहरु सञ्चालनमै रहेकाले कामपाले माइकिङ गर्दै...
पञ्चकन्या फाउन्डेसन र अजिसबीच सम्झौता
काठमाडौं । पञ्चकन्या ग्रुपअन्तर्गतको पञ्चकन्या फाउन्डेसन र अजिसबीच सम्झौता भएको छ । वृद्धवृद्धाहरुको असाधारण जीवनगाथा र अनुभव उजागर गर्न उपयुक्त स्थान उपलब्ध गराउने उद्देश्यले यी दुई संस्थाबीच सम्झौता भएको बताइएको छ । साझेदारीको मुख्य उद्देश्य युवापुस्ता र वृद्धवृद्धाबीचको पुस्तागत तथा सांस्कृतिक दूरी कम गर्नु र भविष्यमा समेत प्राचीन परम्परालाई...
कोदोको रक्सीलाई ब्राण्ड बनाउँछुः मन्त्री राई
बिराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताएकी छिन् । स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवद्र्धनमा लागेकी मन्त्री राईले शुक्रबार शपथ तथा पदभार ग्रहण गरेलत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्दै साना उद्योगका रूपमा रहेको...










