स्वास्थ्य
भारतमा कोभिडका थप २४ हजार सङ्क्रमित
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप २४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २४ हजार ३५४ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिन शुक्रबार बिहान सार्वजनिक जानकारी अनुसार पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ सङ्क्रमित थपिएका थिए । शुक्रबारको विवरणमा भन्दा...
२४ घण्टामा ७३४ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार १३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ७३४ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार सात हजार ३०४ जनाको पिअिसार परीक्षण गर्दा ६५६...
हार्टएट्याकको संकेत गर्ने ७ लक्षण
यदि तपाईंको मुटुमा केही समस्या आयो भने के पहिले यसबारे थाहा होला रु सबैलाई थाहा नै हुनुपर्छ भन्ने छैन । तर, केही समस्याहरुबारे चाहिँ पहिले नै थाहा पाउन सकेमा राम्रो हुन्छ । किन पनि भने यसले मुटुलाई कस्तो असर गरिरहेको छ भन्ने जानकारी दिन्छ र हामीले समयमा नै चेकअप...
निपा भाइरस के हो, कसरी जोगिने ?
निपा भाइरस पशुबाट मानिसमा सर्ने नयाँ रोगको रुपमा विकसित हुँदै गरेको एक खतरनाक भाइरस संक्रमण हो। यसले मानिस र पशु दुबैलाई संक्रमण गर्न सक्दछ। यस भाइरस प्राकृतिक रुपमा टेरोपस भन्ने प्रजातिको चमेरोमा रहने गर्दछ। निपा भाइरस पारामिक्जोभाइरिडि परिवारभित्र पर्ने हेप्नीभाइरस भन्ने समूहको एक सदस्य हो जसमा यस बाहेक हेन्ड्रा...
निपाह भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भारतसँग खुला सिमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए।...
२४ घण्टामा १४८६ जनामा कोरोना संक्रमण पुष्टि,१६ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५३९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ५३२...
वाग्मती प्रदेशमा १८ लाखले लगाए कोरोना विरुद्धको पूर्ण खोप
मकवानपुर । वाग्मती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएका छन् । वाग्मतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा खोपको पहिलो मात्रा लगाएका नागरिकको सङ्ख्या छ लाख १५ हजार...
६७ हजारले गराए कोभिड खोप प्रमाणीकरण
१६ भदौँ,काठमाडौं । हालसम्म ६७ हजार व्यक्तिले कोभिड खोप प्रमाणीकरण गराएका छन्। विदेश जाने प्रयोजनका लागि कोभिड खोप कार्ड प्रमाणिकरण आवश्यक भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २१ गतेदेखि खोप कार्ड प्रमाणीकरण गर्न सुरु गरेको थियो। मंगलबारसम्म ७४ हजार व्यक्तिले कार्ड प्रमाणीकरणको लागि अनलाइन फारम भरेको परिवार कल्याण महाशाखाका...
प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन
वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ । लामो समयदेखि निमोनियालगायत समस्याबाट ग्रसित भट्टको काठमाडौंको कालिकास्थानस्थित निवासमा ८५ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो । त्रिभुवन विश्वविद्यालयमा लामो समय अंग्रेजी विषयको प्राध्यापन गरेका भट्ट नेपाली साहित्यका स्रष्टा, समालोचक र चिन्तकका रूपमा परिचित छन् । उनको जन्म जुम्लाको खलङ्गामा वि.सं.१९९३...
पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा प्रधान दोहोरिए, अरु को को ?
काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन् । एशोसिएशनको ४२औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । कोरोना महामारीका कारण गत वर्ष रोकिएको एशोसिएशनको साधारणसभाको औपचारिक उद्घाटन शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरेका थिए । शनिबार...









