समाचार

लायन्सको स्थापना दिवसमा मन्दिर परिसर सरसफाई तथा रङरोगन

हेटौंडा । नेपालमा लायन्स क्लब स्थापना भएको दिनको अवसरमा लायन्स क्लब अफ थाहा पिस र लियो क्लब अफ पिस थाहानगरको आयोजना एवम् पाथीभरा क्षेत्र संरक्षण समितिसँगको समन्वयमा थाहा नगरपालिका वडा नं‍ २ स्थित पाथीभरा मन्दिर परिसरमा सरसफाई तथा रङरोगन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार लियो क्लब अफ पिस...

आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट...

ट्राफिक नियमन उपकरण हस्तान्तरण

हेटौंडा । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमन उपकरण हस्तान्तरण गरेको छ । बिहीवार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनलाई करिव १५ लाख बराबरको ट्राफिक नियमन उपकरण हस्तान्तरण गरिएको हो । जसमा डिजिटल लिडार स्पीड गन...

आज देशका यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने...

अनलाईन मार्फत ठगी गरेको आरोपमा ९ जना भारतीय नागरिक पक्राउ

हेटौंडा। हेटौंडामा अनलाईन मार्फत ठगि गरेको आरोपमा ९ जनालाई पक्राउ गरी मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिकहरु २८ वर्षीय नवनीत कुमार,२७ वर्षीय शाहरुख खान, २९ वर्षीय कुन्दन कुमार, २६ वर्षीय आशिष कब्डौला, ३४ वर्षीय विशाल कक्कड, ३८ वर्षीय लोकेश कुमार दवे, २९ वर्षीय विकास कुमार...

हेटौंडा आँखा अस्पताललाई सांसद सिंहको १० लाख

हेटौंडा । मकवानपुरका संघीय सांसद दीपकबहादुर सिंहले आफ्नो तलबबाट प्राप्त भएको रकममा थप गरी १० लाख रुपैयाँ हेटौंडा सामुदायिक आँखा अस्पताललाई सहयोग गरेका छन् । मकवानपुर निर्वाचन १ का सांसद एवं पूर्वाधार विकास समितिका सभापति सिंहले सांसद तलबबाट प्राप्त भएको रकममा केही थप गरी ९ लाख ९९ हजार ९...

सिटी कलेजका कानून संकायका विद्यार्थी  जिल्लामै उत्कृष्ट

हेटौंडा । प्रविणतातह अन्तर्गत कानून संकायको परिक्षामा हेटौंडाको सिटी कलेजका विद्यार्थीले जिल्लामा उत्कृष्ट नतिजा ल्याएका छन् । कलेजमा अध्ययनरत विद्यार्थी मधुमित्ता यादवले ३.६६ जिपिए अंक ल्याएर जिल्लामै उत्कृष्ट भएकी छिन् । कलेजले शतप्रतिशत विद्यार्थी उर्तिण गराउन सफल भएको खुसियालीमा सोमबार हेटौंडाबजार परिक्रमा गरेको छ । कलेजबाट निस्किएको प्रभातफेरी बजारका...

सिस्नेरीमा सुमो दुर्घटना हुँदा १० जना घाइते, ३ को अवस्था गम्भीर

हेटौंडा। मकवानपुरको सिस्नेरीमा यात्रुबाहक सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । शनिबार बिहान काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०३६२ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । कार्यालयका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीकाअनुसार सुमो आफै अनियन्त्रित भई सडकको...

मनहरीका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा उत्तीर्ण

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नं १ का वडाध्यक्ष शिवप्रसाद खनाल कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका छन् । ५२ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिएका वडाअध्यक्ष खनाल  पनि उत्तीर्ण भएका हुन् । पढाइलाई उमेरले छेक्दैन भन्ने उदाहरणलाई स्थापित गर्दै उनले जीवनको यो उमेरमा पढाइलाई निरन्तरता दिएका...

बागमतीका नवनियुक्त प्रदेश प्रमुख देवकोटाद्वारा पदभार ग्रहण

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले पदभार ग्रहण गरेका छन् । आज पदभार ग्रहण गर्दै प्रदेश प्रमुख देवकोटाले संघीय सरकारले आफूलाई विश्वास गरेर प्रदेश प्रमुखको जिम्मेवारी दिएको बताउँदै उनले संवैधानिक दायराअनुसार इमान्दारीपूर्वक काम गर्ने बताए । उनले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय, सहकार्य गरेर कार्यसम्पादन...