समाचार
प्रदेश जुडो संघको अध्यक्षमा मकवानपुरका उप्रेती
मकवानपुर । बागमती प्रदेश जुडो संघको अध्यक्षमा मकवानपुरका मदन कृष्ण उप्रेती सर्वसम्मत चयन भएका छन् । शनिबार हेटौंडामा भएको बागमती प्रदेश जुडो संघको प्रथम साधारणसभाले उप्रेततीको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नुवाकोटकी राधिका देबी पौडेल, रामेछापका लाल बहादुर थापा मगर चयन भएका छन्...
निर्माण व्यवसायी महासंघको साधारणसभा हेटौंडामा, प्रधानमन्त्रीले उद्घाटन गर्ने
मकवानपुर । निर्माण व्यवसायी महासंघको साधारणसभा हेटौंडामा हुने भएको छ । हेटौंडामा शुक्रबार र शनिबार सञ्चालन हुने महासंघको २५ औं वार्षिक साधारणसभाको तयारी पूरा भएको आयोजकले जनाएको छ । निर्माण व्यवसायी संघ मकवानपुरका आतिथ्यतामा हुन लागेको वार्षिक साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यतालिका रहेको छ । कार्यक्रममा...
मेची महाकाली दौडको टोलीलाई हेटौंडामा स्वागत सम्मान
हेटाैंडा । मेची महाकाली सचेतना दौड अभियानको टोलीलाई हेटौंडामा स्वागत गरिएको छ । बुधवारे जेसिजसँगको समन्वयमा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित सुरु भएको सचेतना दौडमा सहभागी टोलीलाई नगर खेलकुद विकास समिति हेटौंडाले स्वागत गरेको हो । दौड अभियानको टोली आठौं दिनमा हेटौंडा आइपुगेको हो । बुद्धशान्ति...
मकवानपुरगढीमा एम्बुलेन्स दुर्घटना, चालक गम्भीर घाईते
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको सुकौरा स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । मंगलबार साँझ मकवानपुरगढी गाउँपालिका-७ नर्सिङ डाँडास्थित भित्रि सडकखण्डमा सुकौराबाट नर्सिङ डाँडातर्फ बिरामी पुर्याइ फर्कने क्रममा बा.प्र.०१-००३ झ ५८०६ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भइ सडकबाट अन्दाजी २०० मिटर तल खसेको प्रहरीले जनाएको...
विद्युतको लाइन सर्ट भएर नारायणी कलेजमा आगलागी
मकवानपुर । विद्युतको लाइन सर्ट भएर हेटौंडाको नारायणी कलेजमा आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका- १०, स्थित तुलसी मेहर बोर्डिङ तथा नारायणी कलेजमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगो हेटौंडा उपमहानगरपालिकाको दमक, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ । आज साँझ ५ बजेर २५...
मनहरीमा सालनालसहितको शिशु मृत फेला
मकवानपुर । मकवानपुरको मनहरी खोला नजिकै सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ । मंगलबार बिहान जिल्लाको मनहरी गाउँपालिका-७ रमौली बांगेटोलस्थित मनहरी खोला नजिकै सालनालसहितको नवजात शिशु मृत फेला परेको हो । २/३ दिन अघि जन्मिएको जस्तो देखिने सालनाल सहितको नवजात शिशु (छोरा) मृत अवस्थामा फेला परेको जिल्ला...
बकैयामा कारको ठक्करबाट साइकलयात्रीको मृत्यु
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ गोठखोला स्थित धरान९चतरा सडक खण्डमा कारको ठक्करबाट घाइते भएका साइकल यात्रीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । हात्तिसुडेबाट गरगरे तर्फ आउदै गरेको प्रदेश ३–०१–०२४ च १७९६ नंबरको कारले गरगरेबाट हात्तिसुडे तर्फ जादै गरेको साइकललाई ठक्कर दिदा साईकल यात्री स्थानीय ११...
अछाम ट्रयाक्टर दुर्घटनामा मृत्यु हुने ५ जना एकै वडाका
अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१...
हेटौंडामा थपियो दैनिक ६० लाख लिटर पानी
मकवानपुर । हेटौंडा बजार क्षेत्रमा खानेपानीको उपलब्धता पर्याप्त बन्दै गएको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले शुक्रबारदेखि हेटौंडा बजार क्षेत्रमा वितरणका लागि दैनिक करिब ६० लाख लिटर खानेपानी थपिएको जनाएको छ । विश्व पानी दिवसको सन्दर्भ पारेर बोर्डले हेटौंडा उपमहानगरपालिका र गढीगाउँपालिकाको संगमस्थल सामरी खोला नजिकै समवेल निर्माण गरी...
प्रकृतिको भण्डार शिखरकोट -सिमभन्ज्याङ : गुराँस पदमार्ग
मकवानपुर । थाहा नगरपालिकाको शिखरकोट–धारापानी–ऋषेश्वर–सिमभन्ज्याङ–दामन पदयात्रामा सहभागी यात्रुहरुले यो पदमार्गलाई प्रकृतिको भण्डारको रुपमा ब्याख्या गरेका छन् । नेपालको राष्ट्रिय फूल लालीगुराँसका बिभिन्न प्रजाति दामन सिमभञ्ज्याङक्षेत्रमा पाईने हुनाले यस पदमार्गलाई गुराँस पदमार्ग नामांकरण गर्नपनि सकिने यात्रामा सहभागीहरुले बताए । राजधानीबाट नजिक रहेको थाहा नगरपालिकाको वडा नं. ३ र ४ मा...










