समाचार
पहिरोमा परेर एन्फा सिस्नेरी एकेडेमीका पाँच विद्याथी पुरिए, तीनको शव फेला पर्यो, दुई अझै बेपत्ता
मकवानपुर । मकवानपुर सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका पाँच विद्यार्थी पहिरोमा पुरिएका छन । बिहीबार देखि अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी गराए । ‘कुलेखानीको पानी ओभर फ्लो भयो । पाँच विद्यार्थीले छोटो बाटो रोजेर...
सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा
हेटौंडा । अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए । बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण...
सप्तकोशीमा पानीको बहाव उच्च, सबै ढोका खोलियो
काठमाडौं । निरन्तरको वर्षाका कारण सप्तकोशी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको छ । शनिबारको बिहानको मापनअनुसार कोसी ब्यारेजमा भएर ४ लाख १९ हजार क्युसेक पानी छ । निरन्तरको वर्षाका कारण सप्तकोशी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको छ । शनिबारको बिहानको मापन अनुसार कोशी ब्यारेजमा भएर ४ लाख...
इन्द्रसरोवरको दुबै ढोका खोलेपछि घट्न थाल्यो पानीको सतह
हेटौंडा । लगातारको वर्षाका कारण खतराको चिन्ह पार गरेको इन्द्रसरोवरको दुइवटा ढोका खोलेपछि सरोवरको जलसतह घटन थालेको छ। भरिएर १ हजार ५३१ मिटर पुगेको जलसतह १ हजार पाँच सय ३०.६९ मिटर आइपुगेको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए । जलासयको दुबै ढोका आम्सिक रुपमा खुला गरेपछि...
भरिन लाग्यो मकवानपुरको इन्द्रसरोवर ताल, सतर्कता अपनाउन आग्रह
हेटौंडा। लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्रसरोबर ताल) भरिने चरणमा पुगेको छ । कुलेखानी जलविद्युत् आयोजना (पहिलो) का प्रमुख तारादत्त भट्टका अनुसार अबको ७–८ घण्टामै कुलेखानी जलाशय भरिने सम्भावना देखिएको छ । कुलेखानी जलविद्युत आयोजना समुद्री सतहबाट १ हजार ५३० मिटरको तहमा भरिन्छ । अहिले १...
हेटौंडाको नकौलीमा निःशुल्क आँखा शिविर
हेटौंडा । हेटौंडा उपमहानगरपालिका– १ नकौलिमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । हेटौंडा सामुदायीक आँखा अस्पतालको प्रबिधीक सहयोग तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को आयोजनामा शिविर सञ्चालन भएको हो । शिविरमा अस्पतालले क्योर व्लाइडनेस परियोजना अन्तरगत नकौली शहरी स्वास्थ्य केन्द्र बाझोडाँडामा सञ्चालन गरेको शिबिरमा १ सय ४०...
थाहा नगरपालिकाद्वारा खोलामा माछा मार्न रोक
हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका खोलामा माछालगायत जलचर मार्ने कार्यलाई रोक लगाएको छ । थाहाले खोलामा करेन्ट लगाएर माछा मार्ने ५ जनाको समूहलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । पालिकाबाट खटिएको नगर प्रहरीले सोमबार माछा मार्ने उक्त समूहको २ वटा बाल्टिन र ५० मिटर विद्युत् जडान...
बागमतीको खेल विज्ञमा श्रेष्ठ मनोनित
हेटौंडा । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले दीपक श्रेष्ठलाई खेल विज्ञ मनोनित गरेको छ । मन्त्री मीनकृष्ण महर्जनले ललितपुरको गोदावरी ११ निवासी श्रेष्ठलाई आज खेल विज्ञ मनोनित गरेका हुन् । श्रेष्ठलाई बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुक्राव दिन र आवश्यक विभिन्न खेलकुदसँग सम्बन्धित गतिविधि संचालन...
दसैँमा बसको टिकट काट्न काउन्टरमा लाइन बस्नु नपर्ने
काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ । अहिले काठमाडौँबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्यमा र पोखराबाट नेपालका सबै प्रमुख सहरहरूमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको जानकारी बससेवाले...
हेटौंडा ९ बालमैत्री वडा घोषणा गरिने
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ बालमैत्री वडा घोषणा हुने भएको छ । यहि असोज ११ गते वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विबाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारीसँगै गरेको हो । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारीसँगै नगरको बालमैत्री वडामध्य सातौं वडा हेटौंडा–९...










