समाचार

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

काठमाडौं । नवरात्रको चौथो दिन दशैंघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको...

बागमतीका मन्त्रीको १५ दिनको तलब विपद् कोषमा

हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले १५ दिनको तलब विपद् कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । हेटौंडामा शनिबार बसेको मन्त्रीहरुको बैठकले विपद् प्रभावित नागरिकहरुका लागि १५ दिनको तलब प्रदेश विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको हो । विपद् प्रभावित नागरिकको उद्धार राहत तथा पुनः स्थापनाको लागि...

हेटौंडाबाट ८ केजी सुन बरामद

हेटौंडा । मकवानपुर प्रहरीले ठुलो परिमाणमा सुन बरामद गरेको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ राटोमाटेबाट मकवानपुर प्रहरीले अवैध ४ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतिय नागरिक पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले...

आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा

काठमाडौं । बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती...

नवरात्रको दोस्रो दिन: ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौँ । नवरात्रको दोस्रो दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी...

हेटौंडाको ११ नंम्बर वडा शनिबार बालमैत्री वडा घोषणा हुने

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ११ निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ । बिहिबार पत्रकार सम्मेलन गरी यही असोज १९ गते शनिबार बालमैत्री वडा घोषणा हुन लागिएको जानकारी गराइएको हो । वडा अध्यक्ष एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल...

राप्ती खोलाले बगाउँदा एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरको राप्ती खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नं.—६ का ५५ वर्षीय भद्रबहादुर राईलाई गोठाला जानेक्रममा सोमबार राप्ती खोलाले बगाएर बेपत्ता पारेको थियो । मनहरी कत्लेखोलास्थित सशस्त्र प्रहरी पोस्टका प्रहरी र स्थानीयवासीले खोजी गर्ने क्रममा मनहरीकै मचाङमा घाइते अवस्थामा राईलाई फेला पारेका...

बडादशैं सुरु, आज घटस्थापना

मकवानपुर । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दशैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री...

बाढीपहिरो पीडितलाई सत्तारुढ सांसदको आधा महिनाको तलब

काठमाडौं । सत्तारूढ कांग्रेस र एमालेका संघीय संसद्का सांसदहरूले बाढीपहिरोपीडितका लागि आधा महिनाको तलब बराबरको रकम दिने भएका छन् । दुवै दलको मंगलबार बसेको संसदीय दलको बैठकले सांसदहरूले मासिक पाउने तलबबाट कट्टा हुने गरी १५ दिनको पारिश्रमिक सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् । सोमबारको मन्त्रिपरिषद्...

सकियो सोह्रश्राद्ध, भोलिदेखि बडा दशैं सुरु

काठमाडौं । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । पितृपक्षको समाप्तिसँगै भोलिदेखि दुर्गापक्ष अर्थात् बडा दशैं सुरु हुन्छ । सोह्रश्राद्धको अन्तिम दिन आजलाई औँसी श्राद्ध पनि गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको...