समाचार
मनहरीमा बस र ट्रक ठोक्किदा ३० जना घाईते( नामावलीसहित)
हेटौंडा । मकवानपुरमा बस दुर्घटना हुँदा ३० जना घाईते भएका छन् । आज मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ चौकीटोलमा बस र ट्रक ठोकिदा ३० जना घाइते भएका हुन् । घाइते मध्य २६ जनाको भरतपुरमा उपचार भइरहेको छ भने ४ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । पुर्व पश्चिम सडकखण्ड...
आज एकादशीका दिन पनि दशैंको टीका लगाइँदै
काठमाडौं । दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका...
मनहरीमा लोप हुँदै गएको रोटेपिङको जगेर्ना
हेटौंडा । लोप हुँदै गएको रोटेपिङको पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित मनकामना मन्दिर परिसरमा दसैँको अवसर पारेर सञ्चालन गरिएको छ । मनकामना सनातन धर्म संरक्षण संस्थाले दस दिन लगाएर बनाएको काठको रोटेपिङको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बुधबार पूजापाठ गरेर शुभारम्भ गरेको हो । रोटेपिङ शुभारम्भ कार्यक्रममा पालिका अध्यक्ष कालाखेती, पालिका उपाध्यक्ष सीता...
बडादशैंको महाअष्टमी र नवमी आज एकैदिन
काठमाडौं । बडादशैंको महाअष्टमी र नवमी आज एकैदिन परेको छ । विशेषगरी महाअष्टमीको दिन महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ । अष्टमी र नवमी एकै दिन परेकाले आज आज अष्टमीको पूजा गरेर केहीबेर विश्राम लिई नवमीको पूजा गर्नुपर्ने ज्योतिष पण्डित नारायणप्रसाद दुलाल बताउँछन् । यसैगरी नवमीको दिन नवदूर्गाहरुको पूजा गरी...
आज घरघरमा फूलपाती भित्र्याइँदै
काठमाडौं। आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैं घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैं...
भीमफेदीमा सवारीसाधन ठोक्किँदा २८ यात्रु घाइते, ६ को अवस्था गम्भीर
हेटौंडा । मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा २८ यात्रु घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ। मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्याम अर्यालका अनुसार भीमफेदी गाउँपालिका वडा नम्बर ४ स्थित गोल्फिनबेसीमा काठमाडौंबाट जनकपुर जाँदै गरेको बा. ३ख २७२३ नम्बरको मिनीबस दुर्घटना भएको हो।...
हेटाैंडाकाे संगमचाेकमा आज शिव ताण्डब देखाइने
हेटाैंडा । हेटाैंडा उपमहानगरपालिका-२ स्थित संगमचाेकमा आज शिव ताण्डव नृत्य देखाइने भएकाे छ । संगमचाेकमा दुर्गा भवानीकाे पूजाआजा चलिरहेकाे छ । विजया दशमीकाे अबसरमा दुर्गा पूजा समाराेह समिति, हेटाैंडा-२ संगमचाेकले यहाँ हरेक वर्ष दुर्गा पूजा सम्बन्धि कार्यक्रम गर्दै आएकाे आयाेजक समितिका चन्द्र शाहीले जानकारी दिए । आज साँझ ६...
नवरात्रको छैटौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै
काठमाडौं। आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाउनुभएको हो । नवरात्रका...
आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ०६ः १६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यसैले आज पनि दुर्गा...
बाढी, पहिरो प्रभावितलाई राप्रपा मकवानपुरको राहत
मकवानपुर । राप्रपा मकवानपुर जिल्ला कार्यसमितिले बकैया गाउँपालिका वडा नम्बर १० मन्थलीमा बाढी र पहिरोबाट प्रभावित ८० घरपरिवारलाई राहत वितरण गरेको छ। शनिबार बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने सहितका जनप्रतिनिधिहरुको रोहोवरमा राहत सामाग्री वितरण गरिएको हो । राप्रपा मकवानपुरले बाढी पहिरोबाट प्रभावित ८० घर परिवारलाई चामल , चिउरा,नुन, तेल...










