समाचार
छठ पर्व आजदेखि विधिपूर्वक सुरु
महोत्तरी । मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो । पहिलापहिला तराई मधेसका जिल्लामा मात्रै मनाइने छठ...
नेवार समुदायले आज म्हःपूजा गर्दै
काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम...
आज यमपञ्चक चौथो दिनः गाई,गोरु र गोवर्द्धन पूजा गरिंदै
काठमाडौं । आज कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात तिहारको चौंथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।...
आजदेखि नेपाल संवत् ११४५ सुरु
काठमाडौं । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका हुन् । पृथ्वीनारायण शाहको शासनकालसम्म...
मकवानपुरमा ९ बजे पछि देउसी, भैलो खेल्न नपाईने
हेटौंडा । मकवानपुरमा बेलुका ९ बजे पछि देउसी, भैलो खेल्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले तिहारमा देउसी, भैलो र मनोरन्जन गर्न बेलुका ९ बजेसम्म मात्रै समयसीमा तोकेको हो । जिल्ला सुरक्षा समिति मकवानपुरको मंगलबार बसेको बैठकले देउसी भैलो खेल्दा होस् वा अन्य मनोरन्जनका कार्यक्रम गर्न समय...
मनहरीका गौतमको साथबाट ५१ हजार रुपैँया चोरी, ३ जना पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले गएराति चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । गएराति अन्दाजि ११ बजेको समयमा हेटौंडाबाट लोथर जाँदै गरेको ना ५ ख ८१०१ नम्बरको बसमा सवार रहेका मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर– ६ बस्ने ४९ वर्षीय भरत गौतमको साथमा रहेको ५१ हजार रुपैँया चोरी गरेको अभियोगमा...
हेटौंडाबाट २ किलो १९६ ग्राम अबैध चाँदीसहित भारतीय पक्राउ
हेटौंडा । प्रहरीले २ किलो १९६ ग्राम अबैध चाँदीसहित एकजनालाई नियन्त्रणमा लिएको छ । गएराति बेलुकि अन्दाजि ११ बजेको समयमा बिशेष सुचनाको आधारमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलिले हेटौंडा –१५ रातोमाटे स्थित पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ७२६२ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा...
हेटौंडाबाट खुकुरी देखाई लुटपाट गर्ने २ जना पक्राउ
हेटौंडा । खुकुरी देखाई सुनको सिक्री लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् । हेटौंडाको राप्ति खोलाको बगरमा धारिलो हतियार खुकुरी देखाई १ तोलाको सिक्री लुटेको आरोपमा हेटौंडा ११ बस्ने वर्ष २० को असमिन चौलगाई र सोही स्थान बस्ने वर्ष २० को अनिस चौलगाईलाई प्रहरी नियन्त्रणमा लिएको हो ।...
विपद्बाट तीन महिनामा बागमती प्रदेशका १० जिल्लामा ३ अर्ब ४४ करोडको क्षति
हेटौंडा। बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१|८२ को तीन महिनाको अवधिमा बागमती प्रदेशको उपत्यकाबाहेक १० जिल्लामा १९१ जनाको मृत्यु भएको छ । बैभन्दा बढी यही असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी एक सय ७७ जनाको मृत्यु भएको बागमती प्रदेश...
देशभर चक्रवात ‘दाना’को प्रभावः कस्तो रहला आजको मौसम ?
काठमाडौं । हाल कोशी र लुम्बिनी प्रदेशका पूर्वी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भेगको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति कोशीलगायत कर्णाली र...










