समाचार

एक सय दिनको रोजगारी चाहियो ? फागुनभित्रै जानुस् आफ्नो स्थानीय तहमा

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्ध हुनका लागि फागुन १ गतेदेखि निवेदन सङ्कलन शुरु भएको छ । न्यून आय भएको वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा यही फागुन मसान्तसम्म निवेदन दिन सक्नेछन् । सूचीकृत बेरोजगारले प्रधानमन्त्री...

रिचार्जरको भ्यालेन्टाईन अफर, जाने हैन त ? हेलिकप्टर डेट

  काठमाडाैं ।  नेपाली ईकमर्स मोबाइल एप रिचार्जरले भ्यालेन्टाइन्स डेको अवसर पारेर पोखरा हेलिराइड अफर सञ्चालनमा ल्याएको छ । रिचार्जरबाट पोखरा साइट सिन बुकिङ् गर्नेले ५ हजार ९९९ रुपैयाँमा पोखरासम्मको हेलि राइड पाउने अफर ल्याएको हो । अफरमा सहभागि हुनका लागि शुक्रबारदेखि रिचार्जरको मोबाइल एपमा बुकिङ खुल्ला गरिएको छ...

सरकार र निजी क्षेत्र अलग हुन् भन्ने मानसिकता बदल्नुपर्छः उद्योगमन्त्री भट्ट

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकार र निजी क्षेत्र अलग हो भन्ने प्रवृत्ति बदल्नु पर्ने बताएका छन् । राष्ट्रिय व्यवसायिक पहलको चौधौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई थप गति र नयाँ उचाई दिन सरकार तत्पर रहेको बताए । साथै उनले कृषिमा पूँजीको...

प्यासमा डुबेको काठमाडौंः मेलम्चीको पानी आउन २०७८ असार कुर्नु पर्ने

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने वर्षात्मा १५ करोड लिटर र हिउँदमा आठ करोड लिटरमात्र भइरहेको छ । वीरशम्शेरको पालादेखिको पाइप वितरण प्रणाली भएकाले करीब तीन करोड लिटर खानेपानी चुहावट हुने गरेको राजधानीमा आयोजित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)...

प्रधानमन्त्रीले निजी क्षेत्रलाई भनेः “कर तिर्नुस् नाफा कमाउनुस्”

बुटबल । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताएका छन् । उनले विकास निर्माणको काम सरकारले मात्र एक्लैले गर्न सम्भव नभएकाले निजी क्षेत्रको सहकार्यलाई नै प्राथमिकतामा राखिएको बताए । प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका–३ देखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म पुग्ने लुम्बिनी केवलकारको...

वृद्धाभत्ता मासिक पाँच हजार पुग्छः उपप्रधानमन्त्री पोखरेल

ओखलढुंगा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पुर्याउनेसरकारको लक्ष्य रहेको बताएका छन् । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक रु पाँच हजार दिने बताएका हुन् । गत आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्तामा बढावा दिने तयारी...

फिदिममा एकैसाथ तीन आयोजना सुरु, सम्पन्न भयो शिलान्यास

  पाँचथर। पाँचथर सदरमुकाम फिदिममा आज एकैसाथ तीनवटा आयोजनाको शिलान्यास गरिएको छ । फिदिम बजारभित्र निर्माण हुन लागेको फिदिम रङ्गशाला, बजारभित्रका सडकको कालोपत्र तथा फिदिम माध्यमिक विद्यालयको १२ कोठे भवनको आज आयोजित कार्यक्रममा शिलान्यास गरिएको हो । सङ्घीय सरकारबाट स्वीकृत कार्यक्रमअनुसार निर्माण शुरु भएका आयोजनाको भौतिक पूर्वाधार तथा यातायातमन्त्री...

खाद्यको भन्दा व्यापारीको चामल सस्तो, बिकेन अनुदानको चामल

  डोल्पा । बजारमा पाइने चामलको मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । व्यापार कम्पनीको चामलमा प्रतिकेजी रु १० को फरक परेपछि कम्पनीको चामल नबिकेको हो । मूल्य...

तीन हप्तापछि बन्चरेडाँडामा काठमाडौंको फोहर फाल्ने तयारी, ५० वर्ष ढुक्क

काठमाडौं । यही फागुन अन्तिम सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने भएको छ । शहरी विकास मन्त्रालयल र शहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार गरेको स्थलगत अनुगमनका क्रममा निर्माण कम्पनीले यही फागुन अन्तिम सातासम्ममा निर्माणाधीनस्थलमा फोहर विसर्जन गर्न सकिने जानकारी दिएको हो ।...

अप्रिल १ मा दैलेखको पेट्रोलियम खानी खन्न आउँदैछ चिनियाँ टोली

काठमाडौं । दैलेखको पेट्रोलियम खानीमा ड्रिल गर्न चिनियाँ टोली अप्रिल १ तारिखका दिन नेपाल आउन लागेको छ । चिनियाँ टोलीले अप्रिल १ तारिखमा नेपाल यात्रा गर्न अनुमति माग्दै मिनिष्ट्री अफ नेचुरल रिसोर्सेसमा पत्र अनुरोध गरेको हो । ‘चिनियाँ टोलीले अप्रिल १ तारिखका दिन नेपाल जान अनुमति माग्दै आफ्नो मन्त्रालयमा...